काठमाडौं । २५ वर्षअघिसम्म गायन क्षेत्रमा क्रियाशील भीमसेन टि लामा २५ वर्षको अन्तरालपछि फेरी गायनमा क्रियाशीलताका साथ लागेका छन्।
‘मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ बोलको गीतबाट स्थापित बनेका लामाले केहि महिना अघि मात्र सोहि गीतको रिमेक भर्सन निकालेका थिए। २०४७ सालमा रेकर्ड भएको गीतलाई उनले पुनः एरेन्ज गरी सार्वजनिक गरेका हुन्। जसमा विश्व बल्लभको शब्द तथा शम्भुजित बास्कोटाको संगीत छ। २५ वर्षसम्म जागिर अनि फिल्म खेल्न तिर लागेका कारण लामाले गायनलाई निरन्तरता दिन सकेका थिएनन् ।
https://www.youtube.com/watch?v=4rL_17PPCcw
तर अन्ततः उनलाई गायनको नसाले तानिहाल्यो । नेपाली संगीत क्षेत्रमा अब निरन्तरता दिने उनको प्रतिवद्धतालाई उनले पूरा गर्दै थोरै समयको अन्तरालमै अर्को नयाँ गीत ‘हे कान्छी’ सार्वजनिक गरेका हुन् ।
गीतमा भीमसेन टि लामाको स्वर छ भने विकास सिलवालले शब्द तथा संगीत सिर्जना गरेका हुन्। गीतलाई विकास भुजेलले एरेन्ज गरेका छन् । गीतको भिडियोमा दोर्जे लामा, पुर्णिमा लामा र अलिना गुरुङका साथै गायक लामा स्वयं पनि फिचरिङ छन् । सेलो बिटमा रहेको गीतको भिडियोमा कृष्ण रसालले कोरियोग्राफी गरेका छन् भने सञ्जय पाण्डेले भिडियोको निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=4rL_17PPCcw
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी म्यूजिक भिडियो सहित गीत सार्वजनिक गरेका हुन् । नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यिक व्यक्तित्व लक्ष्मी शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वरिष्ठ लोक गायक कुमार वस्नेत, वरिष्ठ कलाकार उत्तम केसी, भकारी एमडीसीका प्रमुख तथा गीतकार बसन्त वित्यासी थापा, मिलाप मासिक पत्रिकाका कृष्ण भुसाल, निर्देशक संजय पाण्डे, काठमाडौं महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दीपक केसी लगायतको उपस्थिति रहेको थियो ।
मिलाप मासिकको आयोजनामा भएको कार्यक्रमको सहजिकरण मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन् ।
https://www.youtube.com/watch?v=4rL_17PPCcw