खेम बम काठमाडौं । ‘कति राम्रो दमाईको छोरो’....‘कतिराम्री मगरकी छोरी’.....यो शब्द संयोजन आफैमा उत्कृष्ट छ । सालिन, नम्र र शिष्ट भाषामा लेखिएको यो शब्दले एकपटक फेरी पर्दा पछाडी फर्किन मन लाग्यो र भन्न मन लाग्यो हाम्रो ‘लोक संस्कृति’ अझै जिवितै छ ।
नेपाली समाज परिवर्तन हुने क्रममा छ । निक्कै लामो समयसम्म अन्याय र अत्याचारले जरा गाढेको हाम्रो मुलुक विभिन्न आन्दोलनहरुले स्थापित गरेका मान्यताहरुको अनुभुत गराउने मार्गमा छ । जसलाई कलाकारहरुले विभिन्न शैलिमा ढालेर पुनः यादगार बनाउने प्रयत्न गर्छन् ।
लोकदोहोरीमा उत्कृष्ट चर्चा कमाएका गायक राजु परियार र टिका पुनले स्वर दिएको यस लोकदोहोरी गीतलाई मन पराउदैन् भन्ने कमै भेटिन्छन् । त्यसैैले त युटुबमा पनि ट्रेनिङमा परेको थियो ।
केही दिन अघि बजारमा आएको यो लोक तथा दोहोरी गीतले समाजको वास्तविकतालाई नियालेको छ। काठमाडौंको अनामनगरस्थित आलाप रेकर्डिङ स्टुडियोले नयाँ कामको थालनि समेत गरेको छ ।
नेपाली लोक तथा दोहोरी गीतको संरक्षण एवम् विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्य लाईभ दोहोरी प्रस्तुत गर्दै आएको छ । प्रस्तुतिको पाँचौ भागमा आलाप स्टुडियो र स्टुडियो सञ्चालक, गायक, संगीतकार झलक संगीतमको परिकल्पनामा ‘कतिराम्रो दमाईको छोरो’ बोलको गीतमा लोकप्रिय गायक राजु परियार र टिका पुनलाई अतिथि कलाकारको रुपमा उतारेको थियो ।
सन्देश मुकलक कामको बारेमा नेपाली समाज जान्न आतुर देखिदैन जति रोईकराई, पुराना विषयहरुको बारेमा जति जान्न ईच्छुक हुन्छ ।
नेपाली समाज परिवर्तनको मार्गमा विस्तारै हिड्दैछ । आज पनि केही जातिगत विभेद र अत्याचारका समाचारहरु सुनिदैछन् । विस्तारै कम हुन्छन्, यसमा दुइमत छैन् । समाजवादी राज्य व्यबस्थामा एउटा दलितको छोरो अन्य जातकी छोरीको हात माग्न सकोस् ।यी र यस्तै लोकसंस्कृति बोकेका गीतहरुको संरक्षण गर्न अहिलेको आवश्यकता पनि हो ।
बाँकी हेर्नुहोस्यो लिंकमा क्लिक गर्नुहोला । https://www.youtube.com/watch?v=LIy6YZYOhKs&list=RDLIy6YZYOhKs&t=142