अमरराज पुन
रुकुम । उद्योग वाणिज्य संघको निर्वाचनमा र्२ प्यानलबीच कडा प्रर्तिस्पर्धा हुने भएको छ । शुक्रबारदेखि शुरु हुने संघको १२ औं साधारण सभा तथा अघिवेशनका लागि २ प्यानलले प्रर्तिस्पर्धा गर्न लागेका हुन् । चुनावमा प्रगतिशील उद्योगी व्यवसायी र संयुक्त व्यवसायिक प्यानलबीच प्रर्तिस्पधा हुने भएको छ ।
चुनावमा प्रगतिशील उद्योगी व्यवसायीबाट अध्यक्ष पदका लागि राजन पुन र संयुक्त व्यवसायिक प्यानलबाट नवराज गिरी प्रर्तिस्पर्धामा छन् । चुनाव नजिकिंदै गर्दा दुईवटै प्यानलले चुनाव प्रचार प्रसार तथा व्यवसायीहरुसंगको भेटघाटलाई तीब्र पारेका छन् ।
संघमा आवद्ध उद्योगी व्यवसायीको अधिकार, पेशागत हकहित तथा व्यवसायिक सुरक्षाका लागि प्रतिबद्ध रहने भन्दै दुईवटै प्यानल चुनाव प्रचार प्रसारमा लागि परेका छन् । चुनावी मैदानमा होमिएका दुईवटै प्यानलले आफ्ना घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । संयुक्त व्यवसायिक प्यानलले आफ्नो घोषणपत्रमा जिल्लाको कृषि, पर्यटन, संस्कृति, तथा उद्योग र व्यापारलाई विशेष जाड दिने कुरा उल्लेख गरेको छ ।
प्रगतिशील उद्योगी व्यवसायी प्यानलले वजार क्षेत्रमा डिजिटल मूल्यसुची सूचना केन्द्रको स्थापना, कृषि उपज संकलन केन्द्र, लघु तथा साना उद्योग निर्माणमा पहल लगायतका घोषणा सर्वाजनिक गरेको छ । यसैबीच संयुक्त व्यवसायिक प्यानलबाट प्रथम उपाध्यक्षका लागि चुनावमा होमिएका भाने विष्टले आफ्नो प्यानलबाट विहिवार उम्मेद्धारी फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले उम्मेद्धारी फिर्ताको घोषणा गरेसंगै संघको चुनावमा प्रगतिशील उद्योगी व्यवसायी प्यानललाई सहयोग गर्ने बताएका छन् । विष्टको उम्मेद्धारी फिर्ताको घोषणाले संयुक्त व्यवसायिक प्यानललाई ठूलो धक्का लागेको छ ।