काठमाडौं । संजय दत्तको जीवनमा अधारित चलचित्र “संजु”लाई संजय दत्तको सुभेछुकहरुको मात्र हैन , सबैको मन जित्न सफल भएको छ, र तीन दिन मात्र त्यो चलचित्रले बक्स अँफिसमा १०० करोड भन्दा बढी नै कमाएको छ ।
चलचित्रमा, संजय दत्तको जीवनको हरेक क्षणलाई समेटेर बनाएको छ , जसमा संजय दत्तको जीवन आएको सम्पूर्ण उतारचढावलाई प्रस्तुत गरिएको छ । जसबाट मुख्य चरित्र प्रतिको सहानुभतिको भावनालाई बढाउँछ । यद्यपी यस चलचित्रलाई अहिले मिडियाले निकै नै प्रमोट गरेको छ, तर जुन हिसावले यस चलचित्रमा प्रस्तुत गरिएको छ त्यो हिसावले मिडियाले नै बनाएको रिपोर्टको कारण कारणले गर्दा संजय दत्तलाई कानुनी समस्या परेको थियो जसकारण दत्तको जीवनमा धेरै नै समस्याको सुरुवात भएको थियो ।
चलचित्रमा, संजय दत्तको पादरीको भुमिका होस चाहे साथी गुजरातीको, दुइटैको सम्बन्ध एउटै पत्तिको दुईटा कटिङ जस्तै थियोे जसलाई ट्रकमा च्म्ह् शीर्षक संग देखाएको छ । तर जुन समाचारबाट संजय दत्तको सम्बन्ध मुम्बइ बिस्फोटन सँग छ त्यो समाचार पहिलो पटक सन् १९९३ अप्रिल १६ गते मुम्बइको स्थानिय पत्रिका ट्याबलोइड डेलीले छापिएको थियो, जुन यर्थात् थिएन ।
पहिलो पृष्ठमा “संजय ह्याज एके ५६” शीर्षक दिएर समाचार छापेको थियोे । जुन समाचारका लेखक समाचारदाता मुम्बइको अपराधका सवांददाता बलजीत परमार थिए भन्ने सम्पादक रजत शर्मा थिए । यो समाचार काँहाबाट फेला परियो भन्ने विषयमा सवांवदाता बलजीतले “१२ अप्रिलको दिन मुम्बई विस्फोटको एक महिना पूरा भएको थियो, र म, माहिम प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ बम धामाकाको अनुसन्धान चलिरहेको थियो त्यहाँ मलाई पनि प्रहरीबाट केहि मिल्छ कि भन्ने आश थियो । म बाहिर पुगे त्यहाँ एउटा प्रहरी अधिकारी भेटियो । मैले प्रहरी अधिकारीसँग अहिलेसम्म मुम्बई विस्फोटनको काण्डमा के थाहा भएको सोध्दा उहाँले जवाफ र्फकाउँदै तपाँईकै सांसदको छोराको नाम आइरहेको छ त ? ” भन्नुभयो ।
बलजीतले फेरी आफ्नो दिमाग लगाउन सुरु गर्नुभयो । तर नेताको छोरा भनेर बलजीतलाई कसैले वास्ता गरेन । हुनत जुन ठाँउमा बलजीतको बसाई त्यो ठाँउको सांसद सुनील दत्त हुनुहुन्थ्यो ।
बलजीतले भन्नुभयो कि “दत्तको छवि राम्रो भएको कारणले गर्दा म उँहाको बारेमा यस्तो नकारात्मक कुरा सोच्न पनि सक्दैन्, मैले उँहालाई नजिकबाट नियालेको छु र चिनेको पनि छु , उँहाको पदयात्रामा म पुरै महाराष्ट्र घुमिसकेको थिए र म पनि पंजावी भएकै कारणले गर्दा उहाँ सँगको नजिकता पनि स्वभाविक नै थियो । जसकारण उँहाको र मेरो आत्मीयता पनि राम्र्रै थियो ।”
यस्तोमा को हुन सक्छन सासंद र को हुन सक्छन सांसदका छोरा । यहि कुरा जान्नका लागि त्यँही रातीमा बलजतिले घटनासँग सम्बन्धित प्रहरी कार्यालयका प्रहरी आधिकारीसँग कुराकानी गर्नुभयो । बलजत परमार भन्छन् कि उनी जानकारी प्राप्त गर्नका लागि पुलिस अधिकारीको सामने एक गलत बयान दिए । बलजत परमारले बताएका छन कि, “म यस विषयमा अनुसन्धान गर्ने एक वरिष्ठ अधिकारीलाई सोधे कि तपाईंले सांसदका छोरालाई उठाउनुभएको छ र उहाँलाई सोधपुछ गर्दै हुन्ुहुन्छ त्यसपछि प्रहरी अधिकारीले भने,“ “अहिले हामिले समातेका छैनौं, अहिले उहाँ छायाँकनको लागि बाहिर, छायाँकनबाट फर्केपछि समात्ने बताउनु भयो ।”
बलजीत जसरी नै छायाँकनको नाम सुन्नियो,सुन्ने बित्तिकै उँहाले शंकाकै अधारमा सुनिल दत्तकै छोरा हुन्न सक्छन् भन्ने सजिलै अनुमान लगायो कि सुनिल दत्तकै छोरा बलिउडका स्टार छन र दत्त आफैँ सांसद ।
संजय दत्तको साथीले नै खोलेका थिए राज
बलजीतले यो कुरा थाहा पाइ सकेका थिए कि संजय दत्त “आतिश”चलचित्रको छायाँकनको लागि मरीशसमा रहेका छन । यसपछि, बलजीत परमरले सम्पूर्ण कथा सुरू गरे । प्रहरीको स्रोतले , जुन मान्छे माथि उहाँलाई विश्वास भईरहेको थिएन त्यो मान्छे सँग एके ५६ हतियार रहेका यो सबै कुरा यो सबै कुरा हिंगोरा र यूसुफ नलवालाले मुम्बई पुलिसलाई प्रहरीको सोधपुछका क्रममा बताइ सकेका थिए । र ती दुबैजना संजय दत्तको छायाँकन भइरहेको चलचित्र“सनम”को निर्माता थिए ।
ती दुबैलाई सोधपुछ पछि मुम्बई प्रहरी आयुक्त अमरजीत सिंह समरालाई पत्रकार सम्मेलनमा १२ अप्रिलको दिन “के मुम्बाई विस्फोटनमा संजय दत्तको पनि भुमिका रहेको छ ” भन्ने प्रश्न सोधिएको थियो, तर प्रहरी आयुक्तले अहिले अनुसन्धान चलिरहेको छ भनेका थिए । शंका र अन्दाजाको भरमा बलजीतले सहि जानकारी पाइरहेका थिए ।
जगरनाँट प्रकाशनबाट भरखरै प्रकाशित संजय दत्तको जीवनीमा अधारित “द के्रजी अनटोल्ड स्टोरी बैड ब्वाइ”मा बलजीत परमार र उँहाको रिपोर्टको बारेमा चर्चा गरेका थिए । र यो जीवनीमा यासिर उस्मानले लेखेका थिए कि १४ अप्रिलको दिन डेली टैबलयाडको अपराधका सवांवदाता बलजीत परमारलाई संजय दत्तले मरिशसबाट फोन गरेका थिए ।
संजय दत्तको फोन बारेमा बलजीत परमारले भनेका थिए कि ““मेरो कथा पूर्ण तयार भयो, तर प्रशिक्षण यस्तो थियो कि जब तपाईं कसै माथि कुनै आरोप लगाउनु हुनुहुन्छ तब तपाईले उसकोे पक्षको कुरा पनि समावेश गर्नु पर्छ । म १३ अप्रिल दत्तको घरमा मैले फोन गरे, तब तिनीहरूले घरमा दत्त नभएको कुरा बताउनु भयो । त्यसपछि मैले तिनीहरूलाई आग्रह गरे कि मलाई दत्त सँग कुरा गर्न एकदमै जरुरी रहेको छ भन्ने ”
त्यो फोन संजय दत्तको
“मैले थाहा पाइसकेका थिए कि संजय दत्त जर्मनीमा हुनुहुन्छ र मलाई यो कुरा पनि थाहा थियो कि जर्मनीमा संजय दत्तको एउटा साथी रहेको छ जसको नाम जय उलाल थियो, र उँहा एउटा फोटोग्राफर हुनुहुन्थियो । मैलै उँहालाई फोन गरेर दत्तको बारेमा सोध्दा उहाँले मलाई बताउनु भयो कि संजय दत्त लंडनको लागि निसकिसक्नु भयो ।
मलाई लाग्दै थियो कि संजय दत्त म सँग कुरा गर्न गाह्रो मान्दै छन,.अर्कौ तर्फ मलाई डर पनि थियो कि यो कथा अरुले न लेखोस । त्यस्तै १४ अप्रिल बिहान आठ बजेको आसपासमा संजय दत्तको घरको ल्याण्डलाइनमा फो्न आयो ,त्यो समय मोबाइलको त्यती चलनचल्ति थिएन ।“संजय दत्तले मलाई सोध्नु भयो कि तपाई केहि अनुसन्धान गर्दै हुनुहुन्छ तर दत्त सर आँफै बाहिर जानु भएको छ, भन्नुस् के काम छ ? मैले उहाँलाई भने कि हिंगोरा र यूसूफ नलवालाले सबै करा प्रहरी समक्ष बताइ सकेका छन् कि कसरी तपाईलाई एके ५६ हैंड ग्रेनेड दिएका थिए । अब छिट्टै तपार्ई प्रहरीका फन्दामा पर्नु हुनुहुन्छ । पछि संजय दत्तले भन्नु भयो कि यस्तो हुन्न सक्दैनन् ।
फेरी पनि संजय दत्तले बलजीत परमार सँग कुरा गर्नु भयो । कुराकानी गर्दै बलजीतले बताउनु भयो कि “संजयले मलाई सबैभन्दा पहिला भने कि तपाई सँग गलत जानकारी रहेको छ ,तपाई मलाई ब्लेकमेल गर्दै हुनुहुन्छ भन्नु भयो तर मैले दोहोराए कि हैन तपाई हथियहर दिएको मान्छेले प्रहरी समक्ष सबै कुरा भनि सकेका छन्, प्रहरीको सामु नै तपाईको नाम लिएका छन् म तपाई लाई किन ब्लेकमेल गर्छु सर ”“पछि उहाँले मलाई सोध्नु भयो कि अब के हुन्न सक्छ ? पछि मैले भने कि तपाई सँग हथियार रहेको छ भने तपाई प्रहरी समक्ष आत्मसमर्पण गर्जु भयो भन्ने तपाईलाइ केहि सहुलियत पाउनु हुनुहुन्छ नत्र पछि तपाई सँगे हतियार समातिए भने तपाई निकै नराम्ररी तरिकाले फस्नु हुनुहुन्छ ।
बलजीतले १५ अप्रिलको दिन मुम्बई प्रहरी आयुक्त समरालाई कुराकानी गर्नको लागि आग्रह गरियो,पछि समराले भने कि मलाई संजय दत्तसँग कुरा भयो र उहाँले अनुसन्धानमा प्रहरीलाई पुरै सहयोग गर्ने आश्वासन दियो ।
संजय दत्त पक्राउ
बलजीतको सबै प्रयासपछि अप्रिल १५ को दिन संजय दत्तको सबै कुरा बलजीत परमारले “संजय दत्त सँग एके ५६ ” छ भन्ने यसरी लेखे र त्यो कुरा विश्वभरि नै सनसनी भयो र पूरै विश्वभरिले नै यो कुरा थाहा पाइ सकियो कि मुम्बइ विस्फोटनमा संजय दत्तको संग्लता रहेको छ । तर पनि मुम्बईको प्रहरीले यसको बारेमा केहि कोल्न मानेन ।
अन्तह १९ अप्रिलको दिन संजय दत्त मरिशसबाट र्फकिरहेको समय उँहालाई अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरियो । तरपनि संजय दत्तले बलजीतको सल्लाहमा हैंन् उहाँले आफ्नो साथीको सहयोगमा हथियार नष्ट गर्न लागेको थियो । संजयको दत्तको जीवनीमा यासिर उस्मानले लेखेका थिएका कि “म आफ्नै साथीको सहयोगमा यूसूफ नलवालालाई १४ अप्रिलको दिन फोन गरी आफ्नो कोठामा रहेको हथियार नष्ट गर्न भनेका थिए ।
यूसूफ नलवालाले प्रहरी समक्ष बयान दिएका थिए कि म “संजयको कोठाबाट एके ५६ लिएर त्यसलाई टुक्रा टुक्रामा बिभाजन गरी आफ्नो चिनेको साथी स्टील व्यपारी रहेको साथीलाई गलाउन प्रयास गरेका थिए ।” कथा न बने पनि संजय जेल जाने निश्चित थियोतरपनि संजय दत्तले यस अपराधलाई गम्भिरताले लिएका थिएन ।
बलजीतले भन्छ कि “विश्वलाई एहि लागियो कि मेरै समाचारका कारण संजय दत्तलाई जेल जानु परेका थिए तर यो यर्थात छैनन् ,मैलृ समाचार नलेखे पनि संजय दत्त जेल जाने निश्चित नै थियो ,किनकी संजय दत्तको दुवै साथीले संजय दत्त सँग हथियार छ भन्ने प्रहरी समक्ष भनि सकेका थिए । ”
हुन्नत बलजीत परमारको समाचार लिएर प्रहरीलाई पनि दबाव बढेका थिए । बलजीत परमारले भन्नछन कि “१६ अप्रिलको समाचार पछि न त सुनिल दत्तले नै कुरा गर्नु न त संजय दत्तले नै ”
अनुवादक शिव अधिकारी साभारः बीबिसी हिन्दी