सुनिल कार्कीपाल्पा । असार २२ गतेको लागि तोकिएको नगरसभा बैठक स्थगित गरेर तानसेन नगरपालिका मनोमानी बजेट ल्याउने तयारीमा जुटेको छ । तानसेन नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गते नै नीति तथा कार्यक्रमको योजना पेस गरी १५ दिनभित्र नगरसभामा छलफल गरी बजेट पास गर्ने वा चित्त नबुझे संशोधन गर्न कार्यपालिकामा फर्काउन सकिने प्रावधानको ठाडै उल्लंघन गरेको छ ।
यही असार १० गते नीति तथा कार्यक्रम ल्याएको तानसेन नगरपालिकाले वडा भेला, विषयगत समितिको बैठक, राजस्व परामर्श, वडाको बजेट सिलिङ तयारी सम्पूर्ण काम सकेर नगरसभामा छलफल गर्नुपर्ने भएता पनि छलफलको शुक्रबारको मितिलाई स्थगन गरेर एकलौटी बजेट ल्याउने षड्यन्त्र रचेको पाइएको छ । तानसेन नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रियालाई अगाडि बढाएपछि बजेटमाथि बृहत छलफल विर्मश हुने सम्भावना टारेर नगरसभाको असार २२ गते बस्ने भनिएको बैठकलाई स्थिगित गरेर असार २७ गतेलाई तोकिएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले जानकारी दिनुभयो ।
‘नगरसभाको बैठक असार २२ गते राखेर कार्यपालिका सदस्यसँग बजेटको बारेमा छफफल गर्ने कार्यक्रम थियो तर समय अभावका कारण बैठक सारेर असार २७ गतेलाई पु्याएका छौँ नगर प्रमुख शाहीले भन्नुभयो । आगामी आर्थिक वर्षका लागि अनुमानित ८० करोड १३ लाख रुपैयाँको अनुमानित सारांश बजेट पनि पेस गरेको बताउर्दै बजेटले महिला स्वारोजगार, स्वास्थ्य स्वयमसेविकाको लागि स्वास्थ्य वीमा लगायतका नयाँ कार्यक्रमलाई थप गरेको र नगरका पुराना प्राथमिकतालाई निरन्तरता दिने प्रमख शाहीले बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किर्तनराज पौडेलले तानसेन नागरपालिकाले आगामी आर्थिक वर्षको लागि कर तथा शुल्कको विवरण संकलन गरी आर्थिक विद्येयक पनि पारित गरिसेको बताउनुभयो । ‘तानसेन नगरपालिकाको आयका स्रोत पहिचान गरी आगामी आर्थिक वर्षको लागि तानसेन नगरले करिब ५ करोड बराबरको रजस्व उठाउने लक्ष्य लिएको छ प्रमुख पौडेलले भन्नुभयो ।’ नगरपालिकाको नगरसभाको दोस्रो बैठक असार २७ गते बसेर आर्थिक वर्ष २०७५÷७६ को तानसेन नगरको बजेट सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको बजेटले तानसेनलाई पर्यटन पुर्वाधारमा बलियो बनाउने खालको बजेट ल्याउन लागेको तानसेन नगरपालिकाका सुचना अधिकारी एवम योजना तथा प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले बताउनुभयो । ‘अवको ४ वर्षमा तानसेन नगरपालिकालाई नेपाल कै प्रमखु १० पर्यटकीय नगरीको रुपमा विकसित गर्ने लक्ष्य तानसेन नगरपालिकाको भएकोले तानसेनको कला संस्कृतिको संरक्षण गरी तानसेनलाई पर्यटनको हबको रुपमा विकास गरिने सूचना अधिकारी पौडेलले भन्नुभयो ।
८ गाउँपालिका र दुई नगरपालिका सहित १० वटा स्थानिय तह रहेको पाल्पामा स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षको बजेट बनाउन व्यस्त रहेका छन् । उनीहरुले पनि नगरसभा र गाउँसभा अन्तम आएर हतार हतारमा बजेट सार्वजनिक गरेर आफुखुसी बजेट ल्याउने सम्भावना छ ।