सुनिल कार्की
पाल्पा । माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ को नीति बजेट तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ ।
गाउँपालिकाले दोस्रो गाउँसभाबाट आर्थि वर्षको लागि ३९ करोड ४१ लाख सात हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले पुँजीगत खर्च तर्फ १३ करोड ८९ लाख २१ हजार जसमा कुल आयको ३५.२५ प्रतिशत र चालु खर्च तर्फ २५ करोड ५१ लाख ८६ हजार जसमा कुल आयको ७५ प्रतिशको बजेट प्रस्तुत गर्नुभएको छ ।
यस्तै गाउँपालिकाको आन्तरिक तर्फको आम्दानी ५३ लाख २० हजार, संघीय सरकारतर्फबाट वित्तिय समानीकरण अनुदान ८ करोड ९९ लाख, सशर्त अनुदान १४ करोड ५९ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ९६ लाख ५१ हजार, सामाजिक सुरक्षा भत्ता ५ करोड ५० लाख , प्रदेश सरकारतर्फबाट राजस्व बाँडफाँड मार्फत ५७ लाख ५७ हजारको बजेट प्रस्तुत गरिएको छ ।
बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष थापाले आर्थिक वर्ष २०७५-०७६ को बजेट सन्तुलित रुपमा ल्याईएको बताउनुभयो । उहाँले सिंगो गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउने तर्फ गाउँपालिका रहेको बताउनुभयो । उहाँले एक वर्षको समयमा दरवन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीलाई सोचे अनुरुप सेवा प्रदान गर्न नसकेको गुनासो स्वीकार गर्नुभयो ।
सामाजिक र पूर्वधारमा प्राथममिकता
गाउँपालिकाले आर्थिक वर्षका लागि सामाजिक विकास र पूर्वधार विकासमा प्रथामिकता दिएको छ । सामाजिक विकास अन्र्तगत ५ करोड ३१ लाख ७० हजार रकम विनियोजन गरेको छ । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैंङ्गिक समानता तथा समावेशीकरण, संस्कृति प्रर्वद्धन र युवा तथा खेलकुद क्षेत्र रहेका छन् । पूर्वधार विकास अन्र्तगत ५ करोड ४१ लाख ५ हजार रकम विनियोजन गरिएको छ ।
जसमा सडक, पुल, सिचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जल विद्युत् लगायतका क्षेत्रहरु रहेका छन् । गाउँपालिकाले सोही अवसरमा स्थानीय राजपत्र पनि सार्वजनिककिरण गरेको छ । स्थानी राजपत्र सार्वजानिक गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभाका सांसद विरबहादुर रानाले स्थानीय तहहरुले निश्चित क्षेत्र , समुदायको स्वार्थ भन्दा माथी उठेर बजेट निर्माण गर्नु पर्ने बताउनुभयो ।
सांसद रानाले जनतालाई सेवाको पहुँजमा पु¥याउनु नै संघीता भएकाले जनताहरुलाई संघीयताको अनुभूति गराउनु पर्नेमा स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । जनताहरुको आवश्यकता र समृद्धिलाई ध्यानमा राखेर जनप्रतिनिधि र कर्मचारीहरु अगाडि बढ्नुपर्नेमा सांसद रानाले जोड दिनुभयो ।
यस क्षेको विकासका लागि नयाँ खाका सहित अगाडि बढ्नका लागि गाउँपालिकालाई सांसद रानाले सुझाव दिनु भयो । कार्यक्रमा पत्रकार महांसघका अध्यक्ष राजेश कुमार अर्यालले नमूना र जनतालाई अनुभुति हुने खालका काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पत्रकारहरु प्रेस युनियनका सभापति भरत शर्मा, माधव अर्याल, रिखिराम राना, मुक्तिप्रसाद न्यौपाने किरण कौशल लगायतले गाउँपालिकाले जनताका कामहरुलाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तोष थापको अध्यक्षता, उपाध्यक्ष निर्माला भट्टराईको स्वागत र कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत दीपक कुमार नेपालीले गर्नुभएको थियो ।