हरिकृष्ण कुमाई
जुम्ला । कर्णालीमा पहिलो पटक पर्यटन प्रबद्र्धनकालागि“जुम्ला–रारा अल्ट्रा म्याराथुन”बुधबार देखि शुरु भएको छ ।
कर्णाली पर्यटन बर्ष घोषणा गरेसंगै, जुम्लाका विभिन्न पर्यटकिय क्षेत्र चन्दननाथ मन्दिर, तातोपानीधारा आदि स्थानमा आउने पर्यटकको बृद्धि हुँदै गएको छ । यसैगरी, पर्यटन वर्षलाई टेवापुग्ने गरी कर्णाली स्पोर्टस क्लब जुम्लाले “जुम्ला–रारा अल्ट्रा म्याराथुन”प्रतियोगिता शुरु गरिएको हो ।
“जुम्ला–रारा अल्ट्रा म्याराथुन”प्रतियोगितामा लेखक रामसिह रावल देखि अन्तराष्ट्रिय धावक सुनमाया बुढा लगायतको सहभागिता रहेको छ ।‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यकालागि खेलकुद’भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रलाई विश्व सामु चिनाउनको लागि र पर्यटन प्रर्वद्धन गर्नकालागि अल्ट्रा म्याराथुन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्र्पाेट क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनकाअनुसार, खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने प्रयास गरिएको छ ।
कर्णालीमा पहिलो राष्ट्रिय स्तरको अल्ट्रा म्याराथुन प्रतियोगितामा राष्ट्यि स्थानीय गरी ३२० जना खेलाडी सहभागीभएका छन् । जिल्लाबाहिरकामात्रै ३६ खेलाडीले सहभागिताजनाएका छन् । विभिन्नप्रतियोगितामागएर उपाधी पाईसकेका खेलाडीहरु पनि सहभागी छन् । तिमध्य १६ जना महिला रहेका छन् भने, बाँकी सबै पुरुष रहेको आयोजक कर्णाली स्पार्टस क्लवले जनाएको छ ।
जुम्ला सदरमुकाम देखि शुरु भएको दौड मुगुको हुटु लेकमा सकिने छ । अध्यक्ष सरोज शाहिका अनुसार, ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टामा मिट प्वाईन्टमा पुगिसक्नु पर्ने छ । उनले भने, ‘जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाई हुँदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर हुदै मुगुको हुटु लेक भएर राराताल पुग्ने रहेको छ ।’
उक्तप्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लवल गायतका खेलाडी सहभागीहुने भएका छन् । पर्यटन प्रर्वद्धन र खेल क्षेत्रको विकासकालागिजिल्ला खेलकुदविकास समितिजुम्ला, चन्दननाथ नगरपालिका लगायतको समन्वयमा ११ लाखलागत बजेटमा उक्तप्रतियोगिता हुने भएको आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिता शुरु हुने जुम्ला सदरमुकाम चन्दननाथ मन्दिर देखि मुगुको हुटु लेख सम्म पुगुन्जेल सम्मकालागि पाँच ठाउँमा खेलाडी चेक प्वाईन्ट राखिएको छ । बाटो भिरालो तथा अप्ठयारो भएका कारण खेलाडी हराउन सक्ने सम्भावना पनि छ ।
जुम्ला देखि मुगु पुगुन्जेल, खाली,चौथा, बुलबुले र चुचामारे लेकमा चेक प्वाईन्ट स्थापना गरिएको कर्णाली स्र्पोट क्लबका सदस्य महेन्द्र कार्कीले बताए । उनकाअनुसार चेक प्वाईन्टले प्रतियोगितामा सहभागी खेलाडी आए नआएको बारे जिल्लामा जानकारी दिने छ । खेलाडी अलमल नपरुन र सजिलै रोड पत्तालगाउन भन्नाकालागि रुड म्यापिङ गरिएको छ ।
“जुम्ला–रारा अल्ट्रा म्याराथुनमा” सहभागी खेलाडीहरुलाई बीच बाटोमाआउने सक्ने स्वास्थ्य खराबीलाई मध्यनजर गर्दै पाँच स्थानमा स्वास्थ्य क्याम्पपनि राखिएको छ । नेपाली सेना, प्रतिष्ठान तथा स्वास्थ्यचौकी संगको समन्वयमा पाँच स्थानमा स्वास्थ्य चेकजाँच क्याम्प राखिएको आयोजकले जनाएको छ ।
च्यारे चौर, डाँफे लेक, काब्राचौर र चुचामारे लेककमा स्वास्थ्यक्याम्पका साथै स्वास्थ्यकर्मी तयारी अबस्थामा राखिएको छ । भने, जुम्ला रारा अल्ट्रा म्याराथुनलाई सफलपार्न ५० जना स्वयसेवकहरु परिचालनगरिएको छ ।
“जुम्ला–रारा अल्ट्रा म्याराथुन”लाई सफल पार्नकालागि अन्तराष्ट्रिय धावक देखि एथेलेक्टीकका केन्द्रिय प्रशिक्षक जुम्लामा पुगेका छन् । चन्नदननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले, खेलको संस्थागत विकासका लागि एक खेल एक प्रशिक्षकको नीति ल्याएको बताईन ।
खेलाडी हाम्रा सम्पत्ति हुन । उनले भनिन, जुम्ला बुलबुले सडकलाई अन्तराष्टिय धावक हरि बहादुर रोकाय राजमार्ग बनाउने पनि बताईन । खेल क्षेत्रको विकासलाई नगरपालिकाले पहिलो प्रथामिकतामा राखेको दाबी गरिन । अन्तराष्ट्रिय धावक मिरा राई जुम्ला पुगेकी छन् । कर्णालीलाई चिनाउने आधार मध्य खेल पनि एक हुने भन्दै म्याराथुनलाई सफलपार्न जुम्लापुगेको उनले बताईन ।
एथेलेक्टिक संघ केन्द्रियप्रशिक्षक राजिबविक्रम शाहले खेल क्षेत्रबाट कर्णाली समृद्धिको सम्भवना देखेको बताए । जुम्लाको खेल क्षेत्रको विकासकालागि अबको पाँचवर्ष सम्म प्रत्यकवर्ष एक लाखका दरले सहयोग गर्ने घोषणा गरे । जुम्लाबाट शुरु हुने प्रतियोगिता मुगुको रारामा गएर समापनहुने छ भने, यो प्रतियोगितालाई एक एैतिहासिक रुपमा लिनु पर्नेमा जोड दिएका छन् ।