सुनिल कार्की
पाल्पा । सदरमुकाम तानसेन भित्रको होलाङदी बसपार्क–रेडक्रस लहरेपिपल सडकमा कलोपत्रे गरेको एक महिना नपुग्दै उप्कीएको छ ।
तानसेन गुल्मी तम्घास सडकखण्डको त्रिभुवन बहुमुखि क्यामपस अगाडी भएको कालोपत्रे कामै नलाग्ने गरि ध्वजा ध्वजा बनेर फुटेको हो ।
तानसेन नगरपालिकाले नगर शौन्द्र्रीयकरण कार्यक्रम अन्तरर्गत तानसेन बजार भित्रको सडकलाई आकर्षक बनाउन गरेको निर्माण कार्य ठेकेदारको लापरबहीले गुणस्तरहीन भएको हो ।
पुरुषोत्तम अमात्य निर्माण कम्पनीले १९ लाख ९० हजार एक सय पच्चीस रुपियाँ नब्बे पैसामा होलङदी बसपार्क ,तानसेन नगरपालिका कार्यालय अगाडी र टुडिखेल रेडक्रस लहरेपिपल योजनाको कालोपत्रे गर्ने ठेक्का लिएको थियो । राज्यलाई जनताले तिरेको करको अपहेलना भएको भन्दै कामको गुणस्तरको सवालमा तानसेन नगरपालिका र पुरुषोत्तम अमात्य निर्माण कम्पनीका ठेकेदारको चरम लापरबहीका कारण कालोपत्रे गुणस्तरहीन भएको स्थानीय राजेन्द्र अधिकारीले आरोप लगाउनुभयो ।
तानसेन नगरपालिकाले भने सडक निर्माणको क्रममा गुणस्तरहीन कालोपत्रे भएको थाहा हुदा हुर्दै निर्माण कम्पनीलाई निरन्तर ताकेता गर्दा पनि ठेकेदारले नटेरेको बताएको छ । सो सडक बिगे्रको अवस्थामा निर्माण कम्पनी ठेकेदारलाई एक वर्ष सम्म बनाउने जिम्मा हुनेभएकोले पनि निर्माण कम्पनीका पुरुषोत्तम अमात्यलाई पत्रलेखेर तत्काल सडक निर्माण गर्न निर्देशन दिएको इन्जीनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो ।
असारे विकासकै क्रममा निर्माण कम्पनी र ठेकेदारले छिटो काम सम्पन्न गर्न हतार गरेकाले हतारे विकास गतिविधिकै कारण कालोपत्रे गुणस्तरहीन भएको हो । निर्माण कम्पनी र ठेकेदेरलाई सम्पर्क गरेर पुन कालोपत्रे गर्न लगाउन ताकेता गरेको वडा नंम्बर ७ का वडाअध्यक्ष सागरमान महर्जनले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा तानसेन नगरलाई स्मार्ट सिटिको सपना बाडेका निर्वाचित जनप्रतिनिधिले सोही अनुरुप नगरलाई विकास गर्न विनियोजन गरेको बजेट बालुवामा पानि खनाएसर भएको छ ।