मिना बुढाथोकी
सल्यान । सल्यानमा पछिल्लो समय किसानहरु बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् ।
यसरी व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुका लागी जिल्ला पशु सेवा कार्यालयले समेत प्राविधिक सहयोग गर्दै आएको जनाएको छ ।कालीमाटी गाउ“पालिका ५ काल्चे स्थित दम्दवालीका सुरेश गाहा मगर पेसाले शिक्षक हुन ।
पेसाले शिक्षक भएपनि २०७० देखि बाख्रापालन व्यवसायलाई अंगालेका उनले सुसान्त एवम सुशांक एग्रिकल्चर फर्म खोलेर व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । शुरुमा नौ वटा बाख्रा पाल्न सुरु गरेका उनीसंग अहिले एक सय ८ वटा उन्नत जातका खसिबोका, बाख्रा र पाठापाठी रहेका छन् ।
बाख्रापालन व्यवसायलाई बढि प्राथमिकता दिएर बाख्रा पालनमा लागेका उनले यस व्यवसायबाट बार्षीक ५ लाख आम्दानी गर्दै आएको बताए । नजिकै वनजंगल हु“दा घासको समस्या नभएकाले खासै दुःख गर्न नपर्ने र बिक्रि गरेपछि तुरुन्तै पैसा आउने भएकाले ब्याबसायिक बाख्रापालनमा लागेको उनको भनाई छ ।
बाख्रालाई खुवाउन उन्नत जातको घांस ३० हेक्टर क्षेत्रफलमा लगाएको उनले बताए । उनले खुशी हुंदै अहिले केही दिन पहिला मात्र जिल्ला पशु कार्यालय सल्यानका प्रमुखले बाख्रा र घांसको स्रोत केन्दको स्वीकृति दिएको बताउदै अब आगामी वर्षदेखी अझै मुनाफा लिन सक्ने बताए ।
‘सुरुवातमा केही समस्या देखिएपनि अहिले छैन’ उनले भने ‘केहीसमस्या परेमा जिल्ला पशु कार्यालय सल्यान र किसानका लागी उन्नत विउ विजन कार्यक्रमले सहयोग गर्दै आएको छ । ’ बोका, बाख्रा बिरामी भएमा पशु कार्यालयका प्राबिधिकले उपचारमा सहयोग गर्दै आएको उनले जानकारी गराए । अहिले आफु संग शुद्द बोयर जातको एक बोका र एक पाठी रहेको जानकारी गराउदै यस बाट थप नयाँ उत्पादन लिन सक्ने उनले बताए ।
यस्तै शारदा नगरपालिका ८ मार्केका जीवराज बोहराले सृजनसिल बाख्रा फर्म खालेर व्यावसायिक बाख्रापालन गरेका छन् । अहिलेसम्म ७० वटा खसि ,बोका,बाख्रापालन गरेका उनले पनि ३ लाख जति आम्दानी गर्दै आएका छन् । उनले बाख्रापालन गर्दै आएपछि ६ जनाको परिवार सजिलै पाल्दै आएका छन भने थप दुईजनालाई रोजगारी दिएका छन् ।
व्यावसायिक बाख्रापालनमा लागेपछि राम्रै आम्दानी भएको कुमाख गाउ“पालिका २ स्विकोटकी सम्झना बुढाथोकीले बताईन । यसमा लागेपछि परिवार पाल्न सहज मात्र नभई केही आम्दानी भएको रकम बचत गर्ने अबसर मिलेको उनले जानकारी गराईन । ‘पहिला चार÷पा“चवटा पाल्थे खासै कमाई हुन्थेन । बिक्रि गर्दा घरखर्च चलाउन गाह्रो हुन्थ्यो । आफुलाई आवस्यक परेको सामग्री किन्न धौ धौ हुन्थ्यो, उनले भनिन् ‘अहिले व्यावसायिकमा लागेपछि सजिलो भएको छ ।’ यसमा लागेपछि आफुलाई रोजगारी मिलेको उनले जानकारी गराईन ।
किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम अन्तर्गत जिल्लामा अहिले ५५ किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । सल्यानको कुल जनसंख्याको ८० प्रतिसतले बाख्रापालन गर्दै आएको जिल्ला पशु कार्यालय सल्यानका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । ‘यहाँका किसानले बाख्रा पालनलाई व्यवसायिक रुपमा अंगालेपछि विगत दुई बर्षको अबधीमा हामीले झन्डै २ सय बयर जातका उन्नत बोका, पाठी बितरन गरेका छौं, उनले भने ।’ उनका अनुसार बाख्रापालनबाट जिल्लाका किसानहरु आत्मनिर्भर बन्दै गएका छन । जिल्लाभरी अहिले ५ लाख ४७ हजार ५ सय ९४ खसिबोका रहेका छन् ।
हाल जिल्लाका ५५ जना किसानले जिल्ला पशु कार्यालय सल्यानको १० लाख अनुदानबाट सुधारिएको गोठ निर्माण गरी व्यावसायिक बाख्रापालनमा लागेर आत्मनिर्भर भएका छन् । उनीहरुले आम्दानी गरेको रकमबाट परिवार पाल्ने मात्र नभई छोराछारीलाई कमाएको रकमबाटै पढाउदै आएका छन् । त्यत्ति मात्र नभई उनीहरुले घास खेती गरेर त्यसबाट समेत राम्रो कमाई गर्दै आएका छन् ।
यसैबिच जिल्ला कृषि विकास कार्यालय,जिल्ला पशुसेवा कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अदुवा-बेसार जोन कार्यालय सल्यानको आयोजनामा कार्यालयले गरेका कामको संयुक्त अवलोकन भ्रमण कार्यक्रम बिहिवार सम्पन्न भएको छ । जिल्ला स्थित कार्यालयका कर्मचारी, स्थानीय गाउँपािलका प्रमुख, वडा कार्यालय प्रमुख,पत्रकार लगायतको सहभागितामा जिल्लाका विभिन्न स्थानमा सामुहिक अवलोकन गरिएको थियो ।