आशिष मल्लडडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधि सभाका लागी प्रत्यक्ष तर्फबाट चुनाव लड्दैछन । प्रजातन्त्र पुनस्र्थापना यता संसदीय निर्वाचनमा अपराजित देउवा यसपटक पनि गृहजिल्ला डडेल्धुराबाट चुनावी मैदानमा उत्रेका हुन् ।२०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट चुनाव जित्दै आएका छन् । डडेल्धुराबाट आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले हराउँदै आएका देउवा चौथो पटक मुलुकको प्रधानमन्त्री छन् ।
सधैँ अपराजित देउवाप्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ । २०४८ देखि २०७० सालसम्म गरिएका पाँचवटा निर्वाचनमा देउवाको सिंहदरबार यात्रालाई कसैले रोक्न सकेन ।२०५१ को मध्यावधिमा कांग्रेस दोस्रो दलमा खुम्चिँदा होस् वा २०६४ मा देशभर माओवादीको चर्चा हुँदा देउवाको चुनावी भेललाई रोक्न खोजिए पनि कोही पनि उम्मेदवार सफल बनेन् । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा चुनिँदै देउवाले २०४८ यताका सबै निर्वाचन जितको रेकर्ड बनाएका छन् ।यसपटक पनि देउवाले डडेल्धुराबाट सहजै चुनाव जित्ने अनुमान गरिएको थियो । तर, स्थानीय तह निर्वाचनकै आधारमा मतदान हुने भए एमाले र माओवादीले चुनावी तालमेल पछि देउवाको स्थिति पहिले जस्तो सहज छैन । डडेल्धुराको वामगठबन्धनले उनि विरुद्ध खगराज भट्टलाई उठाएको छ । देउवा अहिलेको सत्ता आफ्नो बनाएका प्रधानमन्त्री हुन अनि राजनितीमा अनुभवि खेलाडी पनि हुन्, त्यसैले चमत्कार पनि गर्न सक्छन् ।
यस्ता छन देउवाले जीतहारका आधार
जितका आधारशेरबहादुर देउवा आफैँ सत्तामा भएकाले यतिबेला डडेल्धुराका वाम गठबन्धनलाई यो एउटा चुनौती रहने छ ।प्रधानमन्त्रीले आफू चुनाव जित्न राज्यको पुरै शक्ति प्रयोग गर्नेछन् । चाहे त्यो चुनावी प्रचार होस या वाम गठबन्धनलाई बिर्गान ‘मास्टर गेम’ प्लान गरेर होस । यही सन्दर्भमा डडेल्धुराका एक व्यापारी पुस्कर सिंह ठकुरी भन्छन्, ‘प्रधानमन्त्रीको आफ्नै प्रभाव हुन्छ र मतदातालेले यो कुरालाई नर्बिसेर यिनी त प्रधानमन्त्री हुन्, केही गर्छन भनेर भोट हाल्न सक्छन् ।’विकास र व्यक्तित्वको प्रभावदेउवाले २०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट जित्दै आएका छन । पञ्चायतकालमा विभिन्न समय जेल जीवन, स्वतन्त्रताको लडाइँ, डडेल्धुरा विकासका लागि उनले खेलेको भूमिकाले यहाँ धेरै अर्थ राख्छ । देउवाले विद्यालय, स्वास्थ्यचौकी, टेलिफोन, सडक निर्माण र अहिलेसम्म नभत्केको भीमदत्त राजमार्ग पिच गर्ने कुरामा पनि उत्तिकै भूमिका खेलेका छन् ।त्यसैगरी खानेपानी र विद्युत विकासको आरम्भ, भित्रीमघेस क्षेत्रमा ठूला सिँचाइ परियोजना इत्यादी थुप्रै विकासका काममा उनले पहल गरेका छन् । डडेल्धुराका व्यापारी गणेश भट्ट भन्छन्, ‘तपाईँ सुदूरका अन्य पहाडी जिल्लाहरुमा भएको विकासलाई डडेल्धुरासँग दाँजेर हेर्नुहोस, थुप्रै फरक पाउनुहुन्छ । देउवाले जिल्लको विकासमा पारेको प्रभावले यो पटक पनि बाजी मार्छन् ।’चारपटक प्रधानमन्त्री बन्दा समग्र सुदूरपश्चिमसहित डडेल्धुरामा गरेको विकास र आगामी अवसरका लागिसमेत मत पाउने आधार देउवाका लागि अझै जीवित रहेको उनी बताउँछन् ।
दुई गुटको मिलेपछि फाइदा त्यसो त जिल्लामा कांग्रेसका दुई गुट रहेका थिए । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीकै पूर्व सभापति रघुवर भट्टका अलग अलग गुट थिए । कांग्रेसको छैटौँ जिल्ला अधिवेशनबाटै दुई गुट भएका थिए । रघुवर भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा निकट मानिन्छन् भने सभापति कर्णबहादुर मल्ल खुमबहादुर खड्का निकट मानिन्छन् । यी दुवै गुटका कारण टिकट वितरणमा चित्त नबुझेर अन्तर्घात तथा बागी उम्मेदवारका कारण कांग्रेसले जिल्लामा तीन स्थानीय तहमा हार बेहोरेको थियो ।
‘तपाईँ सुदूरका अन्य पहाडी जिल्लाहरुमा भएको विकासलाई डडेल्धुरासँग दाँजेर हेर्नुहोस, थुप्रै फरक पाउनुहुन्छ । देउवाले जिल्लको विकासमा पारेको प्रभावले यो पटक पनि बाजी मार्छन् ।’
तर, यसपटक भने कांग्रेसले प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा क्षेत्र नं. ‘क’ बाट पूर्व पार्टी सभापति रघुवर भट्ट र क्षेत्र नं ‘ख’ बाट पार्टी सभापति कर्णबहादुर मल्ललाई टिकट दिएर अन्तरकलहको अन्त्य गरेको छ । ‘अब डडेल्धुरामा दुई गुट रहेन त्यसकारण नतिजा हाम्रो पक्षमा आउने छ’, उनले भने ।
अन्तिममा मतदाताको निर्णयडडेल्धुरामा केहीले शेरबहादुर देउवालाई ‘भगवान’ को उपमा दिने गरेका छन् । मतदाताले अरुलाई भोट हाल्ने मनसाय बनाए पनि मतदान केन्द्रमा पुगेर निर्णय बदल्ने गरेका छन् । चारपटक प्रधानमन्त्री बन्दा समग्र सुदूरपश्चिमसहित डडेल्धुराको विकास र राष्ट्रिय व्यक्तित्व मत पाउने आधार देउवाका लागि जीवित रहेको स्थानीयको बुझाई छ । ‘अन्तिम समयमा देउवा प्रधानमन्त्री हुन केही गर्लान् कि भनेर ‘इमोसनल’ भएर उनीलाई भोट हाल्ने धेरै छन्’, कांग्रेसका नेता भरत नेपालीले भने ।
हारका आधारस्थानीय तह निर्वाचन र वाम एकता स्थानीय निर्वाचनमा कांग्रेस, एमाले र माओवादी (वामगठबन्धन) को कुल मतभन्दा ८ हजार ३३७ ले पछि छ । स्थानीय तहमा (अध्यक्ष र प्रमुखका आधारमा) कांग्रेसले १९ हजार ५२३, एमालेले १६ हजार ९१५ र माओवादीले १० हजार ९४५ मत ल्याएको थियो ।यसमा एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ । उता कांग्रेसको १९ हजार मात्र मत छ । यसलाई केलाउँदा देउवाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका करिब ४ हजार मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । डडेल्धुरामा ६ हजार ८ सय ४ जना मतदाता थपिएका छन् । अबको निर्वाचनमा देउवालाई आफ्नो पक्षमा मत ल्याउन सजिलो भने छैन ।
घट्दो लोकप्रियताले क्षति पछिल्लो समयमा देउवाका विभिन्न गतिले उनलेको लोकप्रियता घट्दो छ । देउवालाई क्षति त बीबीसी साझा सवालमा ‘तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ’ काण्डबाटै भयो । त्यसैगरी सप्तरीको भेडिया र मयनाकरेडी महुली खोलाको बाढीको स्थलगत भ्रमणमा पुगेका बेला पीडितलाई राहत प्याकेज घोषणा गर्दा अर्कै सामग्री वाचन गर्दा उनी हाँसको पात्र बने ।
। ‘अन्तिम समयमा देउवा प्रधानमन्त्री हुन केही गर्लान् कि भनेर ‘इमोसनल’ भएर उनीलाई भोट हाल्ने धेरै छन्’
संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा अंग्रेजी शुद्ध उच्चरण नगरेको घटना पनि चर्चिच भयो । ६४ सदस्यीय जम्बो मन्त्रीमण्डल बनाइरहँदा ‘असक्षम प्रधानमन्त्री’को ताज पनि देउवाले लाए । आफ्नै कारण देउवाको व्यक्तित्व धमिलो भएको छ। यसल लोकप्रियता पजि ओरालो लागेको छ । यी सबै कुरा बुझेका सामाजिक कार्यकर्ता कैलाश पनेरुको टिप्पणी यस्तो छ, ‘अब देउवालाई गाह्रो हुन्छ ।’
विकल्प खोज्ने मतदाताको मनस्थितिमा डडेल्धुराका मतदाताले परिवर्तन खोजेको कुरा कांग्रेसको गढ डडेल्धुरमाअन्य दलले स्थानीय तह निर्वाचनमा जितेको कुराले पुष्टि गरिसकेको छ । डडेल्धुराबाट देउवाको विकल्पमा अरुलाई अवसर दिनुपर्छ भन्ने मतदताको जमात पनि बढ्दैछ । ‘वाम एकताले देउवा फेरि प्रधानमन्त्री हुदैनन्, उनी वृद्ध भइसके’, स्थानीय युवा भुवन भण्डारी भन्छन्, ‘अब पालो अरुको हो । यहीबारे कानुनविद विष्णु भट्टको टिप्पणी यस्तो छ, ‘डडेल्धुराका जनताले परिवर्तन खोजेका छन् ।’मनोनयन गर्नै गएनन्प्रधानमन्त्री भएकाले देउवाको व्यस्तता अरुको भन्दा धेरै छ । त्यहीकारण उनी चुनाव प्रचारमा जिल्ला आउन सकेका छैनन् । अर्कातिर चुनाव प्रचारप्रसारमा हिँड्दा आचारसंहिताको पनि ख्याल गर्नुपर्ने बाध्यता छ । कांग्रेसका सभापति भएकाले पनि देशभरको विवाद मिलाउने जिम्मा उनकै काँधमा छ। अन्य निर्वाचन क्षेत्रको टिकटको विवाद नमिल्दा उनी उम्मेदवारी दर्ता गराउन पनि डडेल्धुरा आएनन् । बारेसनामा दिएर गणेश पन्तमार्फत उनले मनोनयत दर्ता गराए ।देउवको हारको कारक उनको व्यस्तता पनि बन्न सक्छ । देउवा अन्यत्र व्यस्त नहुँदा जिल्लाका मतदाता रिझाउन भ्याएका छैनन् । दोस्रो संविधासभाको निर्वाचनमा काठमाडौँ १० का मतदाताकहाँ पुग्न नसक्दा माअोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पराजित भए जस्तै देउवाले पनि त्यही नतिजा व्यहोर्ने सम्भावना पनि उत्तिकै छ ।निर्वाचन आउन १ महिना मात्र बाँकी रहँदा नेपाली कांग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा यतीबेला चुनावि सरगर्मी बढ्न थालेको छ । देउवाकाको अगाडी अरु पार्टीका उम्मेदवारहरु सधै फिका हुने निर्वाचनमा यसपटक भने वामएकता संयुक्त रुपमा आएको छ, त्यसैले यसपटक के होला ? कसले मार्ला बाजी ? त्यसका लागी मंसिर २१ पछिसम्म कुर्नुपर्नेछ ।