बिकाश पराजुलीकाठमाडौ । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ को सुन्दर पिरिचाप गाउँ ।
सोही गाउमा हुर्कीएकी १६ वर्षीया समिक्षा ठकुरी । कलकलाउँदो उमेर भविष्यमा डाक्टर बन्छु भन्ने सपना बोकेकी समीक्षा कक्षा १० मा अध्ययन गरिरहेकी थिइन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा नै रहको एक भुपु सैनिक विद्यालयमा अध्ययन गरिरहेकी समीक्षा कक्षा ८ सम्म त्यही पढेकी थिइन् । मामाघरमा बसेर अध्ययन गर्दै आएकी समीक्षा कक्षा ९ बाट भने आफ्ना बावुसँगै बसेर पढने भनेर घरमा आइन् ।
बाउसी भनेर चिनिने बुवा तेजेन्द्र ठकुरीले उनी जन्मेको ९ महिनामै दोस्रो विबाह गरेपछि मामा घर गएकी उनी कक्षा ९ मा पढ्न बुवा सँगै जाने भन्दै आएकी थिइन् । दोस्रो विबाह गरेका बावुले आमालाई दिएको दुःख, कष्ट नजिकबाट नियालेकी समीक्षा आफ्नो अध्ययनलाई भने निकै मेहनतका साथ अगाडी बढाएकी थिइन् । यसरी कहिले मामाघर त कहिले घरमा रमाइरहेकी समिक्षाको जीवनमा असार ९ गते बज्रपात आइलाग्यो । सबै सपनाहरु एकै चोटि चकनाचुर भए ।
सधा जस्तै विद्यालय जाने र आउने समीक्षा असार ९ गते शनिबार पनि ट्युसन पढ्न विद्यालय गइन ट्युसनबाट उनी साँझ ७ बजे मात्र घर आएकी थिईन । घरमा आउँदा सानी फुपु, बुवा, हजुरबुवा, हजुरआमा, हजुर जिजु बजै र भाई घरमै थिए । साँझ सवै परिबार सँगै बसेर खान खाएपछि समीक्षा हजुर आमा सँगै सुत्न कोठामा गएकी थिइन ।
८ गते कान्छी फुपु शोभा कुमारी राना बुटवलबाट खेत रोप्नको लागि घरमा आएकी थिइन् । सधै सुत्ने कोठामा पंखा नभएपछि त्यो दिन उनी हजुर आमा सँगै सुतेकी थिईन । ९५ वर्षिय जिजु हजुर आमा सँगै सुतेकी समीक्षा रातिको अन्दाजि ३ बजेतिर एक्कासी चिच्याउन थालिन् । सुतिरहेकी समीक्षा किन चिच्याइन भनेर घर परिवार तथा छर छिमेकका मान्छेहरु घर भित्र पसे ।
उनी सुतिरहेकै ठाउँमा कसैले उनको शरिरमा मट्टिटेल छर्केर आगो लगाईदियो । आगोको रापले शरिरका विभिन्न अंग छिया छिया हुने गरी जले । रातको समयमा चिच्याउदै उनी घरको गल्लीसम्म पुगीन । टाउको देखि तल मात्र आगोले जलेकी समीक्षाको कोठामा बाँकी रहेको मट्टितेल समेत भेटिएको थियो । विहानै जम्मा भएका आफन्त र छिमेकीको टोलीले उनलाई उपचारका लागि भन्दै बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याए । तर अस्पतालले उनलाई पाल्पाको मिसन अस्पतालमा रिफर गर्यो । हजुर आमा सँगै सुतेकी समीक्षालाई जलेकै अवस्थामा गल्लीमा भेटाएको परिवारले जनाएको छ ।
हजुर बुवा दोर्णबहादुर ठकुरीले पनि घटना कसरी घट्यो केही भन्न सकेका छैनन । साँझै खाना खाएर अर्को तलामा सुत्न गएका उनले राती एक्कासी चिच्याएको आवाज सुनेको बताएका छन । घरमा मिटर बक्समा आगो लागेको आंशका गरेका उनी भुईतलामा आउँदा नातीनी आगोको लप्कामा परेको देखेका थिए । मध्यरातमा समीक्षा माथि भएको घटनाबारे उद्दार गर्न पुगेका छिमेकीको भनाइ यस्तो छ ।
पाल्पामा २ दिन उपचार गरेपछि पुनः काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरेकी समीक्षाको असार २० गते विहान ६ बजेर ३० मिनेट जाँदा अस्पतालमा नै मृत्यु भयो । यसरी एक युवतीको घरभित्रै कसले मट्टीतेल छर्केर आगो लगाएर हत्या गर्यो ।
हजुरआमा सँगै सुतेकी समीक्षाको शरिरमा आँगो लगाउँदा समेत किन घरपरीवारले पत्तोसम्म पनि पाएन् । घटनाको दोषि को हो लगाएतका सबै प्रश्न अनुत्तरीत छन यतिबेला ।
https://www.youtube.com/watch?v=zeUXeayAaI4
प्रहरीको अनुसन्धानबाट खुल्न आएका रहस्य
अध्ययनमा तल्लिन रहेकी समीक्षा ठकुरीलाई मट्टीतेल छर्केर आगो लगाइयो ।
घटना घटेपछी स्थानीयबासी र आफन्तले प्रहरीलाइ खबर गरे । घटना घटेको जानकारी पाएपछि सालझण्डी ईलाका प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको थियो । मुचुल्का संकलन पछि प्रहरीले घटना शंकास्पद भएको बताएको छ ।
आँफै मट्टितेल खन्याएर आगो लगाएको भए मट्टितेल टाउको बाट खन्याउने भन्दै टाउको तल मात्र मट्टितेल खन्याएकाले घटना अरु कसैले घटाएको हुन सक्ने प्रहरीको आंशका छ । कोठा भित्र मट्टितेल अझै बाँकी रहनु, रुदै धारामा पुगेर शरिरमा पानी खन्याउनु जस्ता गतिविधिका कारणले पनि घटना कसैले घटाएको हुन सक्ने आंशका प्रहरीले गरेको छ ।
पीडित परिवारले जाहेरी दिएपछि अहिले ईलाका प्रहरी कार्यालय बुटवल र सालझण्डी ईलाका प्रहरीकार्यलय यतिबेला घटनाको सत्यतथ्य पत्ता लगाउन लागि परेको छन् । मृतक समीक्षाको मोबाईलको कल डिटेल्स लिने, साथसँग कुराकानी गर्ने जस्ता प्रारम्भिक चरणमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अनुसन्धानका लागि केही समय लाग्न सक्ने भएपनि अपराधि प्रहरीबाट उम्कन नसक्ने प्रहरीको भनाइ छ । असार २० गते मृत घोषणा गरिएकी समीक्षालाई कसले जलायो ? समीक्षाकी आमा, स्थानीयबासीको भनाइ र प्रहरीले गरेका अनुसन्धानलाइ आधार मान्ने हो भनेबाट घटना परीवारका सदस्यबाटै घटाइएको आशंका गरिएको छ ।
सौतनी आमा सँग बस्दै आएकी समीक्षाले आफुले पनि छोरा सरह अंश पाउनुपर्ने माग परिवारमा राख्दै आएकी थिईन । घटना हुनुभन्दा तीन दिन अगाडि असार ६ गते हजुरआमा हरीमाया ठकुरी सँग अंश मागेको परिवार स्रोतले बताएको छ । तर असार ९ गते यस्तो घटना घटेपछि स्थानीय र आफन्त सबैले परिबारबाटै समीक्षा माथी मट्टितेल खन्याएको आरोप लगाएका छन ।
समीक्षा जन्मेको ९ महिनामै बावुले सौता ल्याएपछि समिक्षाकी आमा माया थापा पनि माईतीमै बस्दै आएकी थिइन् । छोरीलाई कक्षा ९ मा भर्ना गरेपछि पढाउने, हुर्काउने भन्दै एक वर्ष अघि ईराक पुगेकी आमा माया थापा घटना पछि असार १९ गते मात्र नेपाल आएकी छन् । विदेशमा आफू रहदा पनि छोरीले पटक पटक आफुमाथी शारिरीक र मानसिक यातना दिएको भन्दै गुनासो गरेको आमा माया थापाको भनाई छ ।
घरमा हजुरआमा सँगै सुतेकी समीक्षालाई रातिको समयमा नै जलाए पछि घटनाको सम्बन्धमा आशंका उत्पन्न भएको छ । घटना घर भित्रबाटै भएको हुनसक्ने आशंकाका बीच अस्पतालमा कुरुवा भएर बसेकी समीक्षाकी सानीआमा रचना बुढाथोकीले आगो हजुरआमा हरीमाया ठकुरीले लगाएको आरोप लगाएकी छिन् ।
समीक्षाले अंशको माग गर्नु, बेलाबेला घरपरिवारले उनलाइ यातना दिनुले पनि हत्या घरपरीवारकै मिलेमतोमा भएको आशंका बढेको छ ।
https://www.youtube.com/watch?v=zeUXeayAaI4
को परे प्रहरीको पन्दामा
असार ९ गते राति घटना घटेपछि स्थानीय र आफन्त सवैले परिबारबाटै समीक्षा माथी मट्टितेल खन्याइएको आरोप लगाएका छन ।
असार २० गते बिहान साढे ६ बजे मृत्यु भएकी समीक्षाको शव टिचिङ अस्पतालमा पोष्ट मार्टम गरेपछि परिबारले दाहासंस्कार गरेका थिए ।मृतककी आमा माया थापा, मामा बोम दर्लामी लगाएतको टोलीले ईलाका प्रहरी कार्यालय बुटवलमा असार २२ गते जाहेरी दिएका थिए ।
बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी, फूपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापा लगायतविरुद्ध किटानी जाहेरी दिइएको थिए । किटानी जाहेरीको अधारमा चारै जनालाइ प्रहरीले नियन्त्रणमा लियो । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।
छोरीको हत्या पछि शोकमा डुबेकी समिक्षकी आमा माया थापा अझै पनि छोरीलाई सम्झेर भक्कानिरहेकी छिन् । छोरीलाई शिक्षा र दिक्षा दिएर भविष्यमा डाक्टर बनाउने योजना बनाएकी आमा माया दोषिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने मायाको माग छ ।
कान्छी श्रीमती ल्याएपछि आफु्लाई घरमा बस्न नदिने, दिनहु यातना दिने गरेपछि माईतमा बस्दै आएकी माया थापाका आँखा विगत सम्झेर अझै पनि रसाउँछन । कलिलो उमेरकी अबोध युवतीको हत्यामा सारा आफन्त पनि यतिवेला भाव विहोल बनेका छन् ।
सबैको एउटै मात्र माग छ घटनाको सत्यतथ्य बाहिर आएर दोषीमाथी कडा कारबाही होस । पैसा र पहुँचको आधारमा न्याय कसैले पनि किन्न नहुने भन्दै दोषिलाई छिटो पत्ता लगाउन प्रहरीलाई उनीहरुले माग गरेका छन । आमा माया थापा ईराक गएपछि बुवा संग अधिकार माग्ने भन्दै घरमा गएकी समिक्षाको करिव ९ महिनामै ज्यान गएको छ ।
बुवा तेजेन्द्र ठकुरीले भएको अंश विस्तारै विक्रि गर्न थालेपछि उनले पनि अधिकार स्वरुप अंश मागेको परिबार स्रोतले बताउँछ । प्रहरीले पनि अनुसन्धान तिव्र रुपमा भैरहेकाले चाडो भन्दा चाडो दोषीलाइ कारवाहि हुने बताउँदै आएको छ ।
https://www.youtube.com/watch?v=zeUXeayAaI4