बाँके । बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवारबीच मतदातालाई आकर्षित गर्न नेपालगञ्ज उपमहानगरपालिकालाई प्रदेश नं ५ को राजधानी बनाउने आश्वासन बाँड्न होडबाजी चलेको छ ।बाँके निर्वाचन क्षेत्र नं २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र नजिकको डुडुवा गाउँपालिका पर्दछन् । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि विभिन्न दल र स्वतन्त्र गरी जम्मा १७ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभामा त्रिपक्षीय प्रतिस्पर्धायो क्षेत्रमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद, वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालका इस्तियाग राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्ता छन् एजेन्डासबै उम्मेदवार यस क्षेत्रमा सहरी पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन् ।उम्मेदवारले नेपालगञ्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधा सम्पन्न सहरका रुपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेसहित बाचा गर्दै घरदैलो अभियान तीव्र पारेका छन् ।
आजादका योजना यस्ता छन्लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार आजादले नेपालगञ्जलाई प्रदेशको राजधानी बनाउने, नेपालगञ्ज विश्वविद्यालय स्थापना गर्ने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र अन्तर्राष्ट्रियस्तरको सभागृह बनाउने मुख्य प्राथमिक एजेण्डा भएको बताए ।'म निर्वाचित भएपछि व्यवस्थित समृद्ध र सफासुग्घर सहरका रुपमा नेपालगञ्जको पहिचान बनाउने छु, डुडुवा गाउँपालिकाको समस्या समाधान गर्न तटबन्ध निर्माण गर्छु', उनले भने, 'वृद्धभत्ता वृद्धि र उमेर हद घटाउने, पिछडिएको जाति र समुदायको रोजगार तथा आयआर्जनका लागि विशेष प्याकेज कार्यक्रम ल्याउनेछु ।'
मतदातका मागखानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत्, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग हुन् । नेपालगञ्ज बाँकेको मात्र होइन मध्यपश्चिमकै प्रमुख सहर हो ।पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय हासिल गरेका थिए ।
'म निर्वाचित भएपछि व्यवस्थित समृद्ध र सफासुग्घर सहरका रुपमा नेपालगञ्जको पहिचान बनाउने छु, डुडुवा गाउँपालिकाको समस्या समाधान गर्न तटबन्ध निर्माण गर्छु', उनले भने, 'वृद्धभत्ता वृद्धि र उमेर हद घटाउने, पिछडिएको जाति र समुदायको रोजगार तथा आयआर्जनका लागि विशेष प्याकेज कार्यक्रम ल्याउनेछु ।'
मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा भइसकेको छ । दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ ।
नेपालगन्ज पर्यटनको हववाम गठबन्धनबाट उम्मेदवार मिश्रले विकास र समृद्धि नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताए । 'नेपालगन्जलाई पर्यटनको हब बनाउने मेरो लक्ष्य छ', उनले भने, 'अहिले पनि यो मानसरोवरको प्रवेशद्वारका रुपमा रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाएर भारतबाट सिधै उडान गर्न सके ठूलो मात्रामा पर्यटक भित्र्याई यसै क्षेत्रबाट समृद्धि सम्भव छ ।'
नेपालगञ्ज विश्वविद्यालय, प्राविधिक शिक्षा, भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा परिणत गर्ने, जडीबुटी र चिनी उद्योगबाट किसानको उत्थान गर्ने उनको वाचा छ ।
यी हुन् फोरमका प्राथमिकतासंघीय समाजावादी फोरमका उम्मेदवार राईले पार्टीको घोषणापत्रमा नै उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषा, लिंग पहिचानका आधारमा हुने सबै खाले विभेदको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने उल्लेख रहेको बताए ।
वाम गठबन्धनबाट उम्मेदवार मिश्रले विकास र समृद्धि नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताए । 'नेपालगन्जलाई पर्यटनको हब बनाउने मेरो लक्ष्य छ', उनले भने, 'अहिले पनि यो मानसरोवरको प्रवेशद्वारका रुपमा रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाएर भारतबाट सिधै उडान गर्न सके ठूलो मात्रामा पर्यटक भित्र्याई यसै क्षेत्रबाट समृद्धि सम्भव छ ।'
'स्रोत साधनमा न्यायोचित बाँडफाँड गरी विकास निर्माण, शिक्षा स्वास्थ्य पूर्वाधारलगायत सबै क्षेत्रमा समानतामूलक विकास नै मेरो मुख्य प्राथमिकताका विषय हुन्', उनले भने ।उम्मेदवार राईले यसबाहेक नेपालगञ्जलाई प्रादेशिक राजधानी बनाउने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र सरकारी मेडिकल कलेजको स्थापना गर्नेलगायतका मुद्दा प्राथमिकतामा रहेका बताए ।
बाँकेमा ३२७ मतदान केन्द्रक्षेत्रीय निर्वाचन कार्यालय बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीका अनुसार यस जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र कायम गरिएको छ । यसअघिका निर्वाचनमा चार निर्वाचन क्षेत्र थिए । यो पटक भने बाँकेमा तीन निर्वाचन क्षेत्र कायम गरिएको छ ।
कति छन् मतदाता ?बाँकेमा कुल मतदाताको संख्या दुई लाख ७६ हजार ७१८ रहेको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराजले जानकारी दिए । क्षेत्र नम्बर १ मा ९८ हजार ३२०, क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ र क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता छन् । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका (कोहलपुर) र छ गाउँपालिकासहित आठ स्थानीय तह छन् ।निर्वाचनको तयारीका लागि यस जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ । बाँकेका तीनवटै निर्वाचन क्षेत्रका ३२७ वटा मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको छ ।
सुरक्षा कडा बनाइँदैकर्मचारीको खटनपटनको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए । जिल्लामा निर्वाचन विरोधी गतिविधि रोक्ने अभियानसँगै प्रहरीले निर्वाचन बिथोल्न खोज्नेलाई पनि निगरानीमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।बाँकेका अधिकांश मतदान केन्द्र संवेदनशील र अति संवेदनशील मानिएकाले कर्मचारीको व्यवस्था पनि मिलाइएको जनाइएको छ ।