धनकुटा । निर्वाचन आएपछि धरान–धनकुटा सडक निर्माणको चर्चा हुने गरेको छ । धरान–धनकुटा सडक अर्थात् मदनभण्डारी राजमार्ग तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले बनाएको दाबीसहित भोट माग्ने गरिन्छ । तर, ५२ किलोमिटर लामो यो सडक गोर्खा सैनिकहरुको योगदान र बलिदानका कारण बेलायत सरकारले निर्माण गरिदिएको हो ।नेपालको पूर्वी पहाडीखण्डको मध्य भागमा पर्ने धनकुटाको दक्षिण र पश्चिमचतर्फ चुरे पहाडको भीर र तमोर नदीले निर्माण गरेका चट्टानयुक्त पहरा र साँघुरा घाँटीबीच पर्छ यो सडक ।धरान–धनकुटा सडक २०३३ सालतिर बेलायतकोे सहयोगमा बेलायत–नेपाल सडक परियोजना अन्र्तगत सुरु गरिएको हो । तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पहलमा बनाइएको भन्ने दाबी पूर्णत गलत भएको ब्रिटिस गोर्खा सैनिकहरुका अधिकारीहरुको भनाई छ ।२०३१ साल फागुनमा राजा वीरेन्द्रको शुभ राज्यभिषेकको उपलक्ष्यमा तत्कालिन बेलायती अधिराजकुमार र राजा वीरेन्द्रबीच १८ करोड रुपैयाँमा धरान–धनकुटा सडक निर्माण सम्झौता भएको थियो । सम्झौतापछि २०३३ सालमा मुलघाटमा राजा वीरेन्द्रले उक्त सडकको शिलान्यास गरेका थिए । त्यसबेला प्रधानमन्त्री थिए तुलसी गिरी ।
२०३१ साल फागुनमा राजा वीरेन्द्रको शुभ राज्यभिषेकको उपलक्ष्यमा तत्कालिन बेलायती अधिराजकुमार र राजा वीरेन्द्रबीच १८ करोड रुपैयाँमा धरान–धनकुटा सडक निर्माण सम्झौता भएको थियो ।
प्रधानमन्त्रीबाट अपदस्थ गरेको रिसले २०२९ सालमा कालो टीका लगाई अनसन बस्दा पनि राजा महेन्द्रले बेवास्ता गरेपछि राजाविरुद्ध सत्याग्रह थालेका सूर्यबहादुर थापालाई पक्राउ गरी २१ महिना थुनामा राखिएको थियो ।२०२९–२०३१ सम्म जेल बसेर निस्किएपछि पनि दरबारले वास्ता नगरेकै कारण सूर्यबहादुर थापा कर्णेल भक्तबहादुर बस्नेतसँग चुनाव लड्न समेत नसक्ने अवस्थामा पुगेका थिए । त्यतिबेलासम्म धरान–धनकुटा सडक निर्माण्ण धमाधम भइरहेको थियो । वि.सं २०३८ सालमा नै धरानको जिरो प्वाइन्टबाट धनकुटा सदरमुकामसम्म कालोपत्रे भएको हो । २०४३ सालमा धनकुटा सदरमुकामदेखि हिले खण्डसम्म कालोपत्रे गरियो । कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड ३६ किलोमिटरलाई मदन भण्डारी मार्ग नामाकरण गरिएको छ ।
यस कारण बनाइयो यो सडकयो सडक निर्माण नभएसम्म पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ (केहीभाग) का सर्वसाधरण हिँडेर नुनसहित दैनिक उपभोग्य बस्तु लिन धरान झर्नु पर्दथ्यो । बेलायती सेनामा भर्ती हुने गोर्खा सैनिकहरुको मुख्य थाकथलो धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ नै हो । यी सबै जिल्लाका गाविसमा बेलायती सेनामा भर्ती गर्न भर्ती केन्द्र खोलिएको थियो । पहिलो, दोस्रो र अनेकौँ क्षेत्रीय युद्धहरुमा यस क्षेत्रका लाखौं युवाहरु बेलायती सैनिकमा भर्ती भएका थिए ।यस कारण हजारौँका संख्या ब्रिटिस सेनाका अधिकारीहरु हिँड्ने बाटो पनि थियो, धरान–धनकुटा । यही कारण बेलायत सरकारले यो बाटो निर्माणको लागि नेपाल सरकारसँग चासो र प्रस्ताव राखेका थिए । यो सडक निर्माण भए धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङमा सञ्चालन हुने भर्ती केन्द्र र अन्य गतिबिधिहरु सजिलो हुने ब्रिटिस अधिकारीहरुको अध्यायन थियो ।
२०२९–२०३१ सम्म जेल बसेर निस्किएपछि पनि दरबारले वास्ता नगरेकै कारण सूर्यबहादुर थापा कर्णेल भक्तबहादुर बस्नेतसँग चुनाव लड्न समेत नसक्ने अवस्थामा पुगेका थिए । त्यतिबेलासम्म धरान–धनकुटा सडक निर्माण्ण धमाधम भइरहेको थियो ।
तर, यो सडक निर्माणमा प्रत्यक्षरुपमा गोर्खा सैनिकहरुकै लगानी रहेको ब्रिटिस अधिकारीहरु बताउँछन् । गोरखाकल्याणकारी कोष अन्तर्गतको पैसालाई यहाँ प्रयोग गरिएको उनीहरुको भनाई छ ।
के हो गोरखाकल्यणकारी कोष ?बेलायत महरानी संरक्षक रहेको गोरखाकल्यणकारी कोष अवकास प्राप्त गोर्खा सैनिकहरुको हितमा प्रयोग गर्न स्थापना गरिएको कोष हो । जुनमा कोषमा अहिले पनि अरबौं पाउन्ड पैसा छ । पहिलो र दोस्रो विश्वयुद्धपछि गोर्खाहरुलाई नै प्रयोग गरेर गोर्खा हेड थाप्न लगाएर संसारभरीबाट पैसा उठाइएको थियो ।त्यही पैसा गोरखाकल्यणकारी कोषमा राखिएको छ । यस बाहेक गोर्खाहरुको सेवा बापतको निश्चित रकम कटाएर गोरखाकल्यणकारी कोषमा राख्ने गरिन्छ । त्यही कोषको पैसालाई बेलायती परियोजना अन्र्तगत नेपालमा लगानी गर्ने गरिएको छ ।गोरखाकल्यणकारी कोष पूर्णत गोर्खा सैनिकहरुको रगत र पसिनाको जगमा बनेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राई बताउँछन् । त्यही कोषबाट यो सडक निर्माण गरिएको कारण यो सडकलाई गोर्खाहरुको योगदान र बलिदानको प्राप्ती भन्न सकिने उनको भनाई छ ।