मिना बुढाथोकी
सल्यान । किसानहरुले अदुवा खेति गरे वापत अनुदान प्राप्त गरेका छन् ।
एक हेक्टर भन्दा बढि क्षेत्रफलमा अदुवा खेति गरे वापत जिल्लाका २८ स्थानमा रहेका अदुवा उत्पादक समुह, सहकारी र व्यक्तिहरुले प्रति हेक्टर १० हजारका दरले अनुदान पाएका हुन ।
नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तरगत परियोजना कार्यान्वयन इकाई अदुवा तथा वेसार जोन सल्यानले किसानहरुलाई यसरी अनुदान रकम उपलव्ध गराएको हो ।
किसानलाई पहिले नै विउँ अनुदान दिनुभन्दा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिने निति अनुरुप किसानहरुलाई अनुदान दिइएको परियोजना कार्यान्वयन इकाई अदुवा तथा वेसार जोन सल्यानका प्रमुख वरिष्ठ कृषि अधिकृत राम प्रसाद गौतमले बताए ।
यस वर्ष दिइएको अनुदान अनुसार सवै भन्दा बढि अनुदान ढोरचौर कृषि सहकारी र माल्नेटा कृषि सहकारीले पाएका छन् । यि दुवै सहकारीले रेसाविहिन माल्नेटाको गुणस्तरिय अदुवाको बजारीकरण गर्दै आएका छन् । माल्नेटा कृषि सहकारीले ४५ हजार र ढोरचौर कृषि सहकारीले २६ हजार अनुदान पाएको उनको भनाई छ ।
अदुवाको बजारिकरणका लागी संकलन केन्द्र
कार्यालयले उत्पादित अुदवाको बजारिकरणमा सहजता ल्याउनका लागी वागचौर नगरपालिका २ खरिवोटमा एक सय बढि किसानहरुलाई लक्षित गरि अदुवा तथा वेसार विक्री गर्न संकलन केन्द्र निर्माण गरेको छ ।
यसैवर्ष देखि संचालनमा ल्याउन लागिएको संकलन केन्द्रबाट समुहमा रहेका झण्डै एक सय जना किसानहरु प्रत्यक्ष रुपमा लाभन्वित हुने छन् । खरिबोट कृष समुह, पिपलचौतारा कृषक समुह र चन्द्रमा कृषक समुहका एक सय बढि र समुह बाहिरका गरी झण्डै ५ सय किसानले संकलन केन्द्रबाट लाभ लिने पिपलचौतारा कृषक समुहका अध्यक्ष ओज बहादुर केसीले बताए ।
‘हामीलाई भवन निर्माणको लागी प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यालयबाट २० लाख रकम उपलव्ध भएको थियो अध्यक्ष केसीले भने, हामीले साढे ३ लाखको जनश्रमदान गरेर निर्माण कार्य पुरा गरेका हौँ ।’ संकलन केन्द्र संचालनमा आएपछि वागचौर नगरपालिकाको वडा नम्वर १ का किसानका अतिरिक्त कोटमौला, कोटवारा, वाफुखोला र शिवरथका अदुवा उत्पादक किसानहरु लाभान्वित हुनेछन् ।
३८ करोडको सुन्तला र ३५ करोडको तरकारी उत्पादन क्षेत्रलाई जोन घोषणा गरिएन
यसैविच पयिोजना अन्र्तरगत जिल्लामा तरकारी र सुन्तलाको जोन बनाउने कार्यले पुर्णता पाएन । जिल्लाबाट स्वीकृतीका लागी पठाएपनि स्वीकृत नभएको वरिष्ठ कृषि अधिकृत गौतमले जानकारी दिए । जोन घोषणा गर्नका लागी ५ सय हेक्टरमा खेति गर्नुपर्ने हुन्छ गौतमले भन्नुभयो सल्यानको कपुरकोटमा तरकारी ५ सय ६० हेक्टरमा हुदै आएको छ भने कोटमौलामा सुन्तला ६ सय ८० हेक्टरमा हुदै आएको छ ।
गएको वर्ष मात्रै कपुरकोटमा २५ करोड ७० लाख बराबरको ११ हजार ९ सय मेट्रिक टन तरकारी उत्पादन भएको थियो । यसैगरी कोटमौलाबाट मात्रै गएको सिजनमा ३८ करोड १५ लाखको सुन्तला निर्यात भएको गौतमले बताउनुभयो । सवै प्रकृया पुगेको भएपनि जोनका लागी स्वीकृत नभएको कार्यालयले जनाएको छ ।