गजल–१ –पुष्पा धमला, ओखलढुंगा
छातीभित्र धकधक गर्ने धड्कन रहेसम्ममाया गर्छु तिमीलाई म जीवन रहेसम्म
सार्है मन पर्न थाल्यो मलाइ तिम्रो बानीचुलबुल जति गर्छौ गर बच्पन रहेसम्म
टुट्न दिने छैन स्वप्न ती तिमीले देखेकाजोगाइदिन्छु जुनिजुनी यो मन रहेसम्म
सुख दुःख जिन्दगीको पाटो हो बुझेकी छुहाँसी खुशी जिउँनेछु आफन्तजन रहेसम्म
जहाँ जाऊ जतासुकै तिम्रै लागि बाँचेकी छुतिम्रै बाटो हेरि बस्छु यो धर्ती गगन रहेसम्म
यो मनको चौतारी तिम्रै लागि साँचेकी छुपर्खि बस्छु चौतारीमा मेरो तन रहेसम्म ।००००
गजल–२–गोमा सिटौलादर्द बोकेर मुस्कान छर्न सक्ने पो मान्छेसत्य र न्यायका लागि मर्न सक्ने पो मान्छे
चिताको आगोमा जलेर जानु छ एकदिनसत्कर्मले सुवास भर्न सक्ने पो मान्छे
भित्री मनको चश्माले स्वर्ग र नर्क देख्छज्युँदो छँदै बैतरणी तर्न सक्ने पो मान्छे
जहाँ छ रुपैयाँ त्यहाँ उपियाँ मौलाउँछन्आर्तको दिलमा डेरा सर्न सक्ने पो मान्छे
के नै लिएर जानू छ र तेरो मेरो गर्छौ हामीआनन्दले एउटै खालमा चर्न सक्ने पो मान्छे००००
गजल–३–अजय सुगम खनाल, अर्घाखाँची, हालः दक्षिण अफ्रिका
कहिले सानो कहिले ठूलो आकार देखिन्छबुझ्नोस् यिनै साना आँखाले संसार देखिन्छ
बिहेपूर्व तन, मन सुम्पी ज्यानै दिनेहरुकोबिहेपश्चात् किन फरक विचार देखिन्छ ?
यदि म मरेर बाकसमा फिर्ता हुदा सत्रुहरुनाच्लान् जब प्रियाको खाली निधार देखिन्छ
हेर्नुस् बैरी पनि हेक्का खाँदै पछि हट्नेछ्न्जब यो गोर्खालीको हातमा तरबार देखिन्छ ।
सायद ! आफ्नै झुपडी प्यारो लागेर होलामहल पनि यो नजरमा कारागार देखिन्छ००००
गजल–४–बिमला दाहाल बिमु
हात खुट्टा सग्ला भएर पनि अरुको भरमा बस्नु पर्छसानोमा बा ठूली भएपछि श्रीमानको घरमा बस्नुपर्छ
मर्न हुन्न रे जहर पिएर के गर्नु, जिन्दगी जिएर यहाँजहाँ पत्थर पुजिन्छ शालिग्रामले बगरमा बस्नुपर्छ.दिल नभएको कुनै सजीव बस्तुजस्तै लाग्छौ तिमीजब दिल दिएर पनि मैले भने नजरमा बस्नुपर्छ
जिन्दगी जलाएपछि आर्यघाटमा मलामी बोल्योमुत्युलाई नजिकबाट हेर्ने हो भने शहरमा बस्नुपर्छ
खै कसरी भनुँ यो जिन्दगीलाई आफ्नै हो भनेरजन्मेदेखि नमरुन्जेलसम्म मृत्युको डरमा बस्नुपर्छ००००
गजल–५ –शारदा पौडेल, चितवन, हालः स्पेन
आफ्नो कर्तव्यको दायरामा जो हुँदैनत्यस्तो मानिस कदापि भरपर्दो हुँदैन
स्वार्थले मात्र भरिएको सन्तान छ भनेआमाबाका लागि पनि ऊ आफ्नो हुँदैन
कोही पनि भिन्न छैनौँ हामी समान छौँभन्नुहोस् न कसको रगत रातो हुँदैन
लुटाहा र फटाहाले सम्पत्ति जोडे पनिआखिरमा सँगै लैजाने कुनै बाटो हुँदैन
सम्पत्ति, ऐस आराम सबथोक भए पनिउसैका लागि किनेर राखेको कात्रो हुँदैन ।००००
गजल–६ –चन्द्र घिमिरे ‘बिसु’, सुनसरी, हालः दुबई
जुँगाको रेखी नबस्दै राहदानी बनाउन बाध्य भएँविदेश जान्न भन्दाभन्दै पनि आउँन बाध्य भएँ
थिएन त्यो सानो झुपडीदेखि बाहेक अरु सम्पत्तित्यही पनि आउँदा साहुलाई बुझाउन बाध्य भएँ
कहिले पनि गरेको थिइनँ मैले दुःखका कामहरुतर मरुभूमिमा तातो फलाम समाउन बाध्य भएँ
पढेको थिइनँ धेरै, सिकेको थिइनँ कुनै सिपत्यसैले त आज मैले धेरै दुःख पाउन बाध्य भएँ
आएन मेरा लागि आफ्नै देशमा ढुक्कले बस्ने दिनपराइको देशमा मुग्लाने भइ धाउन बाध्य भएँ००००
गजल–७–लोचन पाण्डे ‘फूलको थुँगा’, लम्की, हालः मुम्बइ, भारत
गजलकार पनि, ठोस कदम चाल्न सक्छन्चानचुने नसोच, देशमा आगो बाल्न सक्छन्
कलम हतियार हो, निब तिखो बनाउनु छगरे शब्दको प्रहार पक्कै सत्ता ढाल्न सक्छन्
नून खाएको कुखुरा झैँ किन झोक्रिन्छौ नेतागजलकार’नि सासन सत्ता समाल्न सक्छन्
बिन्ती पालैपालो नचुस हाम्रो देशको गरिमानेपाल आमा पलपल आँसु खसाल्न सक्छन्
स्वार्थी छँदै छैनन् नेपाली साहित्यकारहरूमहान विचारको संगठन पो अंगाल्न सक्छन्००००