आशिष मल्ल
डडेल्धुरा । मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात मारुनी नाच देशका विभिन्न स्थानमा अहिले लोप हुने अवस्थामा रहेको छ । देशभरि नै लोप हुने अवस्थामा पुगेको मारुनी नाच अहिले आलीताल गाउपालिका डोला गाउका मगर समुदायले भने जिवितै राखेका छन् । त्यहाँ विषेश गरेर तिहारको बेला भैली खेल्ने ख्यालीको प्रर्दशन हुने गर्दछ । अन्य समुदायमा देउडा भाका गुन्जिने समयमा झ्याली र मादल सँगै मारुनीको गीत गाइने गरिन्छ ।
मगर समुदायका विभिन्न शुभकार्य न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नचाउने गरिन्छ । मारुनी नाचमा दुई मारुनी, मादले, एक पुरसिङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन् । पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । २-३ यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुरसिङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ । पुरसिङ्गे एकपछि अर्को गर्दै नाच्न सक्छ । गायकमा एक गुरु हुन्छन, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ । मारुनी नाचको मुखियालाई रौरा भनिन्छ ।
मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ । मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिङ्गारपटार गरी महिलाको कपडा एवम् गहना लगाइ दिइन्छ । मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन् । मारुनी नाचमा विशेषगरी पुरुषहरुले गीत गाउने, नाच्ने, मादल बजाउने गरे पनि महिलाहरुले नाच सम्बन्धी अन्य व्यवस्थापकीय कार्य गर्छन । मारुनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति पनि हो ।
पौराणिक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपोन्मुख अवस्थामा छ । आलीताल गाउपालीकाको वडा नम्बर ८ मा रहेको बस्ती डोलामा यो नाच देख्न पाइन्छ । तर नयाँ पुस्ताले यसलाई बीर्सीरहेको प्रति यहाँका वुद्धीजिवीहरुले चिन्ता व्यक्त गरेका छन्।स्थानीय वृद्ध कर्णबहादुर थापामगर भन्नुहुन्छ ‘यो हाम्रो पहिलेको परम्मपरा अनुसार गर्रा नाच लोप हुने अवस्थामा रहेको उहाँले भन्नुभयो ‘कोही साथी कता गए कोही कता गए यो पुरानो संस्कृती अलि छोड्दै गएको महसुस भएको छ । सबै सरोकारवालाहरूलार्इ यस नाचको जर्गेर्ना गर्न अनुरोध गर्नुभयो ।
अर्का वृद्ध खिम्मनबहादुर रानामगरले अहिलेको पुस्ताले पहिलेको संस्कृती बिर्सेको दुखेको पोख्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘हाम्रो पुराने पुर्खा बुवा बाजेले धेरै राम्रो गर्नुहुन्थ्यो तर आजभोलि १(२ जनाले अलि अलि गर्छन तर पहिलेको जस्तो जान्दैनन् ।’पहिले नाचिने मारुनी नाच र अहिले धरै भिन्नताभएको प्रति यहाँका युवा पुस्ताले समेत चिन्ता व्यक्त गरेका छन । बुढापाकाबाट सिकेको यस परम्परालाई जोगाउनु सरकार तथा सरोकारवालाहरुको दायित्व रहेको उनीहरुको भनाई छ । ‘लगभगै यस मगर समुदायमा मारुनी नाच लोप भइनसकेको तर लोप हुने अवस्थामा पुगेको छ’ लक्ष्मण डालामगर भन्नुहुन्छ‘ यसलाई जर्गेना गर्न हामीले हाम्रा बुढापाकाबाट सिक्न आवश्यक छ ।’
‘पहिले हामी सानो हूदा दश(बाह्र वटा मादल चार(पाच झ्याली र दश(बाह्र वटा मुरली हुन्थयो उहाँले भन्नुभयो ‘झ्याम झ्याम गरेर यो पुरै आलिताल उपत्यका थर्किन्थो, त्यो वातावरणको आजभोलि कल्पना पनि गर्न सक्दै ।’ ‘बिस(पच्चीस जना मुरसिङा बजाउन बजाउने हुन्थयो , आजभोलि मुरसिङाको त नाम निसान छैन’ उहाँले थप्नुभयो ।
डोला गाउमा दुर्इ वर्षपछि नाचिएको यस मारुनी नाच लोप हुने अवस्थामा पुगेको थियो । स्थानीय सरकार आइसकेपछि गाउपालिकाको अनुरोधमा डोला गाउमा मारुनी नाचको आयोजना भएको छ । लोप हुने अवस्थामा रहेको मारुनी नाचलाई आलीताल गाउपालिकाले यो परम्परालाई कायमै राख्ने गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो ‘यस गाउपालिकामा आलीताल बाहेक थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाउ रहेका छन, ती मध्ये यो मगर समुदायको मारुनी नाच हो ।’ ‘मगरहरुको बाक्लो बस्ती रहेको यस गाउपालिकामा मारुनी नाचलाई लोप हुनबाट बचाउन गाउपालिका योजनाका साथ अगाडि बढ्ने छ ।’
आलीताल गाउपालिका वडा नं ८ का वडा अध्यक्ष गणेशबहादुर थापामगर भन्नुहुन्छ‘ हाम्रो सबै भन्दा ठूलो कर्तव्य र जिम्मेवारीसंग जोडिएको रीति र संस्कारलाई संरक्षण गर्नु रहेको छ ।’ ‘समाजमा हाम्रो परिचय गराउने यस परम्परालाई जर्गेना गर्न स्थानीय सरकार सधै कटिवद् हुनेछ’ उहाँले भन्नुभयो‘ जुन संस्कारले हामीलाई समाजमा चिनाउने गर्दछ त्यसलाई बचाउन हामी आफ्नो तह र प्रदेश सरकारसम्म पनि जाने छौ ।’
डडेल्धुराको भित्री मधेषमा रहेको आलीताल गापालिकामा थुप्रै पर्यटकीय सम्भावना रहेका छन् । प्रदेश नं ७ कै ठूलो ताल आलीताल भम्रण गर्दा होम स्टे समेतको सम्भावना रहेको मगर बस्ती रहेको डोला गाउको बेग्लै महत्व रहेको छ । यसको संरक्षणमा राज्य र स्थानीय तहले आवश्यक योजना र बजेट बिनियोजन गर्नु आवश्यक छ ।