यो त्यही चौर होजहाँ मान्छेहरू कुकुरको सट्टा बाह्रै महिना कात्तिक मनाइरहेका हुन्छन्यो त्यही चौर होजहाँ मान्छेहरू सोमरस तन्काएर वाकवाकी गरिरहेका हुन्छन्
-आर. आर. चौलागाईं
(हेटौँडा–४, हुप्रचौरको खेल मैदानमा २०७४ साउन २१ गतेदेखि बिनापारिश्रमिक आफूखुसी अहोरात्र खटिरहेका चेतनशील, समाजसेवी एवम् विद्वान दम्पती शेषकान्त अधिकारी तथा निर्मला अधिकारीमा समर्पित)
[caption id="attachment_51297" align="aligncenter" width="900"]
शेषकान्त अधिकारी तथा निर्मला अधिकारी[/caption]
ए, शेषकान्त सर !ए, निर्मला म्याडम् !कत्ति बटुल्नुहुन्छ प्लास्टिककत्ति उठाउनुहुन्छ फोहोरभो, अब नगर्नोस् ।
सफा गर्छौँ भनेर कसम खानेहरूचुनाव जितेर गइहालेसायद अब पाँच वर्षसम्म देखा नपर्लान्तपाईंले पढाएका विद्यार्थीहरूदिनहुँ यही बाटो हिँड्छन्‘सर ! हामी पनि छौँ’ भन्दैनन्‘म्याडम् ! हामी पनि खट्छौँ’ भन्दैनन्बरु नाक छोपेर हिँड्छन्बरु मुख लुकाएर भाग्छन्उनीहरू ठूलो मान्छे हुन छाडेरयो सानो काममा के आउँथे र !उनीहरू क्याफे र रेस्टुरेन्ट जान छोडेरयो अस्तव्यस्ततामा के रमाउँथे र !ए, शेषकान्त सर !ए, निर्मला म्याडम् !कत्ति लाउनुहुन्छ खरेटोकत्ति फाँड्नुहुन्छ झाडीभो, अब नगर्नोस् ।
मेला लाउनेहरू व्यापार गर्छन् र कमाएर फर्किन्छन्खेलाडीहरू पुरस्कार जित्छन् र खुसीयाली मनाउँछन्सवारी सिक्नेहरू दक्ष हुन्छन् र लाइसेन्स लिन्छन्नेताहरू भाषण गर्छन् र माथिमाथि पुग्छन्यो त्यही चौर होजहाँ मान्छेहरू कुकुरको सट्टा बाह्रै महिना कात्तिक मनाइरहेका हुन्छन्यो त्यही चौर होजहाँ मान्छेहरू सोमरस तन्काएर वाकवाकी गरिरहेका हुन्छन्तपाईँहरूले ठुलो गल्ती गर्नु’भो यो देशमा जन्मिएरचारैतिर हराभरा हुनुपर्छ भन्नुहुन्छसबैतिर सिनित्त र सफा पार्नुपर्छ भन्नुहुन्छयो अनौठो कुरा गर्नु’भो तपाईंहरूलेयो कसैले नउठाएको मुद्दा उठाउनु’भो तपाईँहरूलेहामीलाई त फोहोरमा रमाउने बानी परिसकेको छहामीलाई त रच्छ्यानमा बसेर खाने लत बसिसकेको छए, शेषकान्त सर !ए, निर्मला म्याडम् !कत्ति जलाउनुहुन्छ थोत्रा कागजकत्ति पन्छाउनुहुन्छ सिसाका टुक्राभो, अब नगर्नोस् ।
-२०७४ मङ्सिर ४
हामीलाई त फोहोरमा रमाउने बानी परिसकेको छहामीलाई त रच्छ्यानमा बसेर खाने लत बसिसकेको छए, शेषकान्त सर !ए, निर्मला म्याडम् !कत्ति जलाउनुहुन्छ थोत्रा कागज कत्ति पन्छाउनुहुन्छ सिसाका टुक्राभो, अब नगर्नोस् ।