काठमाडौं । केही दिनअघि मात्र आयुष्मान देशराजसँग इन्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीको हालसम्मकै बोल्ड सिन भएको भिडियो सार्वजनिक भएको छ ।
आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको चलचित्र कथा काठमाण्डुको रातको कुरा.... बोलको गीतको भिडियोमा नायिका प्रियंकालाई निकै उत्तेजक रुपमा प्रस्तुत गरिएको छ । नायक प्रमोद अग्रहरीसँगको अन्तरंग दृश्य नेपाली टेलिभिजनहरुले मात्र होइन दर्शकहरुको आँखाले समेत पचाउन मुस्किल पर्ने खालको छ । पत्रकार सम्मेलनमा महिला निर्देशककै चलचित्रमा महिला कलाकारलाई नङ्ग्याएको भन्दै निर्देशक संगीता श्रेष्ठसँग धेरै पत्रकारहरुले कडा प्रश्न गरेका थिए । जवाफमा चलचित्रको कथा र विषय अनुसार नै गीतको भिडियो बनाइएको भन्दै चलचित्र रिलिज हुनेबेलासम्म प्रतीक्षा गरिदिन निर्देशक श्रेष्ठले आग्रह गरिन् ।
आहना फिल्मसको प्रस्तुति रहेको चलचित्र कथा काठमाण्डौको रातको कुरा.... गीतमा प्रदीप बास्तोलाको शब्द,संगीत र गायिका इन्दिरा जोशीको आवाज रहेको छ । गीतको कोरियोग्राफी तथा निर्देशन संगीता आफैंले गरेकी हुन् ।
चलचित्रमा प्रियङ्का कार्की , प्रमोद अग्रहरि ,आयुष्मानदेशराज जोशी ,संजोग कोईराला, सन्ध्या केसी,प्रेक्षा अधिकारी लगायतको अभिनय रहेको छ । काठमाण्डौमा बस्ने युवाहरुको रहरले निम्त्याउने कहरलाई चलचित्रमा उतार्न खोजिएको निर्देशक श्रेष्ठले बताइन् ।
निर्माण सम्पन्न भएको लामो समयदेखि होल्ड भएर बसेको चलचित्र अन्ततः आगामी असोज १२ गते रिलिज हुने भएको जानकारी पनि सोही अवसरमा दिइयो ।
https://www.youtube.com/watch?v=kzSsng2QRHY