सम्पादकज्यू,आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग !
हिजोआज भयाक्रान्त हुन्छु मतपाईंको अखबारमा छापिने शब्दहरुसँग !जसरी म तर्सन्थेँसानो छँदा आमाले ‘पुलिस बोलाउँछु’ भन्दा याकसैले भूतप्रेतको कथा सुनाउँदा ।
क्षमा पाऊँम तपाईंसँग डराइरहेछु आज !
कुनै बेलातपाईंको अखबारको पर्खाईमा छटपटिन्थेँतर अहिले तपाईंको अखबारभरसक पढ्न नपरोस भनेरछटपटिन्छु म ।किन यस्तो अनौठो अनुभूतिले सताइरहेछतपाईंको नियमित पाठकलाई आज ?
तपाईंसँग समय छ कि छैन सम्पादकज्यू,तर आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग ।
निभ्न लागेको आगोलाई बाल्नुपर्ने हो तपाईंलेतर बलेको आगो ताप्न थाल्नुभो तपाईंदुःखी भएँ म ।सतित्व लुटिएकी चेलीहरु छटपटाइरहँदाब्लो अपमा छपिने सुन्दरीसँग डेटिङमा हुनुहुन्थ्यो तपाईंलज्जित भएँ म ।यहाँ अन्यायविरुद्ध आवाज उठिरहँदाचियर्स गरिरहनुभएको थियो, तपाईं शक्तिकेन्द्रहरुसँगविचलित भएँ म ।यहाँ अर्ग्यानिक बगैँचाहरु सुक्दै जाँदातपाईं बहुराष्ट्रिय कम्पनीको प्रवक्ता बन्नुभोसाह्रै विरक्त भएँ म ।नदेख्दा सप्तरंगी इन्द्रधनुषी नेपाली अनुहार तपाईंको अखबारमाम रोएँ सम्पादकज्यू !
धन्य छ, सम्पादकज्यू !तपाईंले त ‘गजब’को अजेण्डा सेटिङ गरिदिनुभयोफेरि पनि धन्य छ, तपाईंको ‘ब्यावसायिक धर्म निर्वाह’
तपाईं आफैले किन धुजा धुजा पार्नुभयो–आफैले रचना गरेको ‘सत्य, तथ्य र निष्पक्ष’ स्लोगनकिन स्खलीत हुनुभयो आदर्शबाटक्षमा गर्नुहोला, सम्पादकज्यू !मनबाट आस्थाको हिमालचुलीढलिरहेको अनुभूति भइरहेछ आज मलाई ।
तर पनि च्यातेर तपाईंको अखबार‘प्रेस स्वतन्त्रता’ कुण्ठित गर्न चाहन्न मर, चाहन्न म त्यसपछि पढ्नतपाईंको सम्पादकीयमा पोखिने अरण्य रोदन ।
धनकुटा (हाल: काठमाडौं)