भिम चाैधरी कैलाली । गौरीगंगा नगरपालिका–११ कटानको यो सुन्दर बस्ति ।
यो बस्तीमा धेरै जसो दलित समुदायको बसोबास छ । यो दलित समुदायमा कसैले पनि आजसम्म एसइइ पास गर्न सकेका छैनन् । तर यहि समुदाएमा हुर्किएकी माया विक जसले । यो दलित समुदायबाट पहिलो चाटि एसइइ परीक्षा पास गर्न सफल भएकि थिइन् । २१ वर्षिया माया बिकले पहिलो चोटि बस्तीबाटै एसइइ पास गरेपछि पुरै बस्तीमा खुशीयालि छाएको थियो । उनले एसएलसी पास गर्दा गाउँमा मिठाइ बडिएको थियो ।
छोरा छाडेर छोरीलाई पढाए माया बिकका परीवारले । उनको एक जना दाजू र एक जना भाइ छन् । चरम गरिबीका कारण दुबै दाजु भाइले १० सम्म पनि पढ्न पाएनन् । माया घर कि एक मात्रै छोरी । बिगतमा छोरालाई बिद्यालय जान दिएर छोरीलाई घरमै राख्ने चलन तोड्दै मायाका परिवारले मायालाई बिद्यालय भर्ना गरे ।
चरम गरिबीले तीनै जनालाई पढाउन सम्भव भएन दुई दाजु भाइ बिचमै पढाइ छाडे, मायालाई परिवारले पढाइ छाडे । मायाका बुवा दीर्गरोगी छन् । आमाले कुबेत गएर छोरी पढाइन् । पाचँ बर्ष कुबेतको बसाइ पछि छोरीले एसएलसी पास गरिन् । आमा गदगद हुदै बिदामा नेपाल आइन् । आमालाई विदेश नजान मायाले सुझाव समेत दिने गर्थिन् ।
जेनतेन गरेर माया एसएलसी उत्तिर्ण भइन् । मायलाई उच्च शिक्षा बढ्ने ठुलो धोको थियो, चरम गरिबीमा गुज्रिरहेको उनको परिवारमा त्यो सहज थिएनन् । त्यो उपलब्धी गाउँकै लागि हर्षको बिषय भयो । मायाले आमालाई अब आफू कमाउने भएको भन्दै कुबेत नजान आग्रह गरिन् । गौरिगंगा नगरपालिकामा सामाजिक परिचालीकाको लागि आवेदन दिइन् । असार ३ गते उनी छनोट भएर असार ५ गते देखी काममा लागिन् । बावुआमा छोरीको प्रगति देखेर खुशि नै थिए । तर माया सधै जस्तै असार १२ गते कार्यालय गइन् । कार्यलय गएकि माया एक्कासी हराइन् ।
पहिलो महिनाको तलबले घरपरीवारलाइ लाई ‘सरप्राइज’ दिने बताएर काममा लागेकी माया एकाएक हराउनुले विभिन्न संका उपसंकाहरु उत्पन्न भए । गौरीगंगा नगरपालिकामा सामाजिक परिचालीकाको नियुक्ति पाएको साता दिन नपुग्दै माया बिक हराउन पुगिन् । सबैले आआफ्नै अनुमान लगाए– कसैले अपहरणमा परीन् कि कसैसँग विहे गरेर गइन् कि भनेर विभिन्न संका उपसंका गर्न थाले । छोरी एकाएक हराएपछि परीवारले प्रहरीलाइ खवर गर्यो ।
परीवार र प्रहरी दुबै मिलेर मायाको खोजिकार्य तिव्र पारीयो । माया हराएको तिन दिन पछि प्रहरीले जेठ १५ गते गौरीगंगा नगरपालिका–११, स्थित चपरथली सामुदायिक वनमा मायालाइ मृत अवस्थामा फेला पा¥यो । मृत अवस्थामा भेटिएकि मायाको शव कङ्काल भैसकेको थियो । शवलाइ झट्ट हेर्दा शलले मुख र सुरुवालले दुवै हात पिठयुमा बाँधेको नग्ग अवस्थामा थियो ।
मायाको शव फेला परेको स्थानको प्रकृति, शवलाइ हेर्दा कसैले उनलाइ बलात्कार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । सोहि अनुसार प्रहरीले अनुसन्धान अगाडि बढायो । उता छोरीको शव फेला परेको खवरले परीवार शोकमग्न वनिरहेको थियो । सबै खुशिहरु क्षण भरमै सकिएको विक परीवारले यो घटनाको कल्पनासम्म पनि गर्न सकेको थिएन ।
https://www.youtube.com/watch?v=jsRelaq30b8&feature=youtu.be&t=24
अपहरण, बलात्कार अनि हत्या
नयाँ जागिर अनि नयाँ उत्साह । आँखामा सप्तरंगी सपना बोकेर, अघिल्ला दिनहरुजस्तै माया घरबाट निस्किन् । तर, असार १२ गते भने झमक्क अध्यारो रात भइसक्दा पनि माया घर फर्किनन् ।
घरबाट धेरै पटक मायालाई फोन गरियो । मायाको फोन अफ थियो । मायाको फोन अफ भएपछि, उनको साथीहरु र छिमेकतिर पनि फोन गरियो । तर, कतै पनि मायाको पत्तो लागेन । त्यो रात मायाको पिरैपिरमा बाआमाको रात बित्यो । भोलिपल्ट पनि रात प¥यो । तरपनि, माया घर फर्किनन् ।
माया घर नफर्किएको तेस्रो दिन भने उनको आफन्तले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दर्ता गरे । यसपछि प्रहरीले खोजी कार्य अघि बढायो । बेपत्ता भएको तेस्रो दिन प्रहरीले मायालाई फेला पा¥यो, तर मृत अवस्थामा ।
इलाका प्रहरी कार्यालय मसुरिया प्रहरीले मायाको शव, पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल पठायो । सँगै, प्रहरीले अनुसन्धान प्रक्रिया पनि जारी राख्यो । प्रहरी अनुसन्धानको प्रारम्भिक अनुमानअनुसार मायालाई कसैले बलात्कार गरेर हत्या गरे ।
यही अनुमानको आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरह्यो । मायाको शव फेला परेको चार दिनपछि सोधपुछका लागि नियन्त्रणमा लिइएका विशाल थपा, शिशिर बोगटी र सुरज कठायतलाई रिहा गरियो । र, असार २० गते सुरज चौधरी, भुवन खाती, तपेन्द्र बोगटीलगायत १० जनालाई प्रहरीले नियन्त्रणमा लियो । यसपछि, पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालयमा चलान गरियो ।
प्रहरी अनुसन्धान अनुसार, माया विक हत्याका मूख्य योजनाकार गणेश बडुवाल हुन् । ३० वर्षीय बडुवालले असार ८ गते मायासँग यौन प्रस्ताव राखेका थिए । बडुवालको प्रस्ताव मायाले अस्वीकार गरिन् । विवाहित भएर पनि यस्तो प्रस्ताव राख्ने भनि मायाले गणेश बडुवाललाई हप्काएको तथ्य प्रहरी अनुसन्धानले खुलासा गरेको छ ।
असार ११ गते । तिनै, गणेश बडुवालले फेरि मायालाई पहिलेकै प्रस्ताव राखे । माया तसमस भइनन् । गणेशलाई फेरि पनि थर्काइन्, माया विकले । यसपछि गणेशले एउटा समूह नै तयार पारे, माया विकलाई बलात्कार गर्ने योजनासहित । त्यही योजनाअनुसार बडुवालको समूहले माया विकलाई असार १२ गते अपहरण गरे । बलात्कारपछि हत्या गरे ।
गौरीगंगा नगरपालिका–११, स्थित चपरतल्ली सामुदायिक वन हुँदै जाने बाटोमा गणेशको समूह बाटो कुरेर बसेका थिए । मायाको बाटो कुर्न बिहान ९ बजे नै यो समूह तैनाथ भएका थिए । जब, आधा घण्टापछि माया आइपुगिन् । पाँच जनाको समूहले अपहरण गरे ।
अपहरणका क्रममा झण्डै तीन सय मिटरसम्म मायालाई घिसार्दै लगे । यसपछि, ठाउँ छलेर ती समूहले पालैपालो, बलात्कार गरे । मायाले लगाएकै सुरुवालले मायाको हात बाँधिएको थियो । बलात्कारकै क्रममा मायाले प्राण त्यागेकी थिइन् ।
यसरी प्रहरीले एकपछि अर्को गर्दै माया थापाको हत्याको रहस्य र अपराधिहरुलाई पक्राउ गर्न सफल भएको छ ।
https://www.youtube.com/watch?v=jsRelaq30b8&feature=youtu.be&t=24
शोकमग्न परिवार, प्रदेशसभामा हलचल
माया विकलाई बलात्कारपछि हत्या गरेको मुख्य अभियुक्तका रुपमा ३० वर्षका गणेश बडुवाल र उनका सहयोगीहरु २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षको भुवन खाती, १९ वर्षका तपेन्द्र बोगटीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, धेरैले आशा र भरोसा मानेकी माया विकको हत्याले वस्ती शोकमय बनेको छ भने प्रदेश संसदसम्म हलचल पैदा भएको छ । घर धान्ने छोरीकै हत्या भएपछि परिवारको बिचल्ली भएको छ । परिवारका सदस्यहरुदेखि प्रदेश सांसदहरुले समेत हत्यारालाई कडा कार्बाहीको माग गरेका छन् । प्रदेशसभामा पीडित परिवारलाई राहतको माग गरिएको छ ।
माया विक हत्या प्रकरणबारे पत्रकार सम्मेलनमार्फत् नै कार्बाहीको माग गरिएको छ । पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग समेत राखे । यस्तो माग राख्नेमा सात नम्बर प्रदेशका सांसदहरु समेत छन् ।
हत्यापछि गत बिहिबार पीडित परिवारले पत्रकार सम्मेलन नै गरेर दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् । पीडित परिवारले हत्यारा उम्काउने प्रपञ्च भइरहेको आरोप समेत लगाए । आरोप असत्य होओस् र आफ्नी छोरीको हत्यारालाई कानूनी कार्बाही होओस्, मायाकी आमाको याचना यति नै छ । किनभने, आफ्नी २१ वर्षीय छोरी अव फर्किने छैनन्, आमालाई खूशी बनाउँछु भन्दै ढाँडस दिने छैनन् ।
माया हुर्काउन, आमा–हजुरआमा र परिवारलाई कम्ति सकस थिएन । निम्न परिवार अनि लेखपढ गर्न चाहने मायाको सपना । मायाकै सपनामा परिवारको खूशी जोडिएको थियो । जसोतसो, सुखदुख गरेर मायाको चाहना परिवारले पूरा गरिदिए । सींगो वस्तीमै पहिलो पटक माया विकले एसईई उत्तीर्ण गरिन् । एईई उत्तीर्णपछि, मायाले पनि परिवार र वस्तीमै ठूलो सपना बाँडिन् । लेखपढ र सचेतनाको औचित्य सुनाइन् ।
तर, सबैको आशा र भरोसा बनिसकेकी मायामाथि, कुदृष्टि आइलाग्यो । त्यो कुदृष्टिबाट माया बच्न सकिनन् । अमानवीय र राक्षसी आक्रमण सामू माया विक विवस भइन्, प्राण त्याग्न । अनि, परिवारमा बज्रपात आइलाग्यो ।एक जवान छोरी घरबाट निस्कन्छिन् । तर, फर्केर आउदिनन् । बरु, एकपछि अर्को तितो तथ्य खुल्दै जान्छ । पीडा थपिदै जान्छ । मृत अवस्थामा माया विक फेला परिन् । उनको अपहरण भएको थियो । अनि, सामुहिक बलात्कार र त्यसपछि हत्या ।
https://www.youtube.com/watch?v=jsRelaq30b8&feature=youtu.be&t=24