चमिना भट्टराईकाठमाडौंँ । मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका केही नेता श्रीमतीसहित चुनावी मैदानमा होमिएका छन् । यो निर्वाचनमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी–केन्द्र र नेकपा मालेसहित साना ठूला दलका १८ जोडी प्रतिस्पर्धा गर्दैछन् ।
शेरबहादुर र आरजूनिर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू राणा देउवा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।प्रधानमन्त्री देउवा पूरानै निर्वाचन क्षेत्र डडेलधुराबाट उम्मेदवार छन् भने श्रीमती आरजु कैलालीको क्षेत्र नं. ५ बाट उम्मेदवार छिन् ।
बालकृष्ण र मञ्जुनेपाली कांग्रेसका बालकृष्ण खाँड र मञ्जु खाँड दुवैजनाको नाम समानुपातिकमा छ ।
वामदेव र तुलसायस्तै श्रीमान् श्रीमती उम्मेदवार हुनेमा एमालेका जोडीको संख्या ठूलो छ । उपाध्यक्ष वामदेव गौतम वाम गठबन्धनको तर्फबाट बर्दियाको क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
उनकी पत्नी तथा अनेम संघकी नेतृ तुलसा थापा नेकपा एमालेको समानुपातिक सूचीमा परेकी छन् । थापा जनजाति महिलाको कोटाबाट समानुपातिकमा परेकी हुन् ।
शंकर र सुजिताएमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङको क्षेत्र न. २ ‘क’ बाट प्रदेशसभाका लागि उम्मेदवार छन् । उनकी पत्नी तथा एमाले नेतृ सुजिता शाक्य प्रतिनिधिसभा समानुपातिक सूचीमा छिन् ।
कृष्णगोपाल र विनायो निवार्चमा पतिपत्नी दुवै उम्मेदवार बनेका एमाले नेताहरुमा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । उनकी पत्नी विना श्रेष्ठको एमालेबाट नाम समानुपातिक सूचीमा छ ।
रघुवीर र जुलीएमालेका धनाढ्य नेता रघुवीर महासेठ धुनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा लडदैछन् । उनकी पत्नी जुली महतोलाई एमालेले समानुपातिक सूचीमा राखेको छ ।
बिरोध र मुनुएमालेका केन्द्रीय सदस्य बिरोध खतिवडा मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्दैछन् । उनकी पत्नी एवम् एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको नाम प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा छ ।
शेरबहादुर र उषाकलाशेरबहादुर तमाङ सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्दैछन् । उनकी पत्नी उषकला राईको नाम एमालेले प्रतिनिधिसभाको समानुपातिक सूचीमा राखेको छ ।
वर्षमान र ओनसरीमाओवादी केन्द्रका नेताहरु पनि श्रीमान्–श्रीमती उम्मेरवार छन् । माओवादी केन्द्रका नेता वर्षमान पुन र उनकी पत्नी एवम् सभामुख ओनसरी घर्ती पनि उम्मेदवार हुन् । पुनः प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उठेका छन् । घर्तीको नाम माओवादी केन्द्रले समानुपातिकतर्फ सुरुमै राखेको छ ।
शक्ति र सत्यानेकपा माओवादी केन्द्रकै नेता शक्तिबहादुर बस्नेत जाजकोट–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनकी पत्नी सत्या पहाडीको नाम माओवादी केन्द्रले समानुपातिक सूचीमा राखेको छ ।
हितमान र अमृतायसैगरी काठमाडौंको–१० मा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाका लागि हितमान शाक्य उम्मेदवार बनेका बनेका छन् । पत्नी अमृता थापा पनि माओवादी केन्द्रको समानुपातिकतर्फबाट चुनावी प्रतिस्पर्धामा छिन् ।
देव र यशोदानेकपा माओवादी केन्द्रबाट देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । उनकी पत्नी यशोदा समानुपातिक सूचीबाट उम्मेदवार छिन् ।
कुलबहादुर र तारा माओवादी केन्द्रकै नेता कुलबहादुर केसी रोल्पाबाट प्रदेशसभा सदस्यमा उम्मेदवार छन् । उनकी पत्नी तारा घर्ती पनि समानुपातिकबाट उम्मेदवार छिन् ।
बुद्धिमान र सरस्वतीश्रीमान्–श्रीमती उम्मेदवार बनाउनेमा ठूला पार्टी मात्र होइन, साना पार्टी पनि अगाडि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तमाङ र पत्नी सरस्वती तमाङ दुवैको नाम समानुपातिक सूचीमा छ ।
सिपी र निलमनेकपा मालेका महासचिव सीपी मैनालीले आफूसँगै श्रीमती निलमलाई पनि समानुपातिक सूचीमा राखेका छन् । मैनाली दम्पती यसअघि पनि समानुपातिकबाटै सभासद् बनेका थिए । उनीहरु दुवैै पालैपालो मन्त्रीसमेत बन्न सफल भए ।
अशोक र सुशीलासंघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्दैछन् । उनकी पत्नी सुशीला श्रेष्ठको पार्टीले समानुपातिक सूचीमा राखेको छ ।
अनिल र डिम्पलराष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा रौतहट क्षेत्र नम्ब १ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । उनकी पत्नी डिम्पल झा समानुपातिक समानुपातिक सूचीमा अटाएकी छिन् ।
सगुनसुन्दर र बबिनाराष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सह–महामन्त्री सगुनसुन्दर लावती पाँचथरबाट प्रदेशसभामा चुनाव लड्दैछन् । उनकी पत्नी बबिना मोक्तान लावती राप्रपा प्रजतान्त्रिकको समानुपातिक सूचीमा परेकी छन् ।