कास्की। पोखरा उद्योग वाणिज्य संघले गएको वर्ष आयोजना गरेको ‘सफल राष्ट्रिय औद्योगिक मेला तथा दोस्रो मोवाइल मेला २०७४, पोखरा’ बाट १० लाखभन्दा बढी बचत गरेको जनाएको छ । लगानीको समर्द्धन उद्योग व्यवसायको प्रर्वद्धन भन्ने मूल नाराका साथ गएको पुस २७ गतेदेखि माघ ८ गतेसम्म मेलाको आयोजना गरिएको थियो ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउनु मेलाको उद्देश्य थियो ।
समग्र गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समेत समर्पित मेला सफल भएको अध्यक्ष विश्वशंकर पालिखेले दावी गर्नुभयो ।
संघका अध्यक्ष पालिखेले समयानुकुल मेलालाई परिष्कृत गर्ने क्रममा यो पटक मेलाको नाम नै परिवर्तन गरी एक्सपो पोखरा राखिएको जानकारी समेत दिनुभयो । एक्सपो पोखराको पहिलो संस्करण यही आउँदो मंसिर १३ गतेदेखि २४ गतेसम्म आयोजना गरिने पनि उहाँले बताउनुभयो । आउँदो मंसिरमा आयोजना हुने मेलाको तयारी थालिएको पनि उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले एक्सपो पोखराको ब्रोसरलगायतका तयारी अगाडि बढेको बताउनुभयो । उहाँले एक्सपो सफल बनाउन सञ्चार क्षेत्रबाट सहयोगको अपेक्षा पनि गर्नुभयो ।
संघका महासचिव दामु अधिकारीले मेलाले पोखराको व्यवसायिक वातावरण निर्माणमा खेलेको भूमिकाले यहाँका उद्योगी÷व्यवसायीहरु लाभान्वित भएको बताउनुभयो । मेलाले उद्यमशीलता विकासमा दीर्घकालीन योगदान दिने गरेको चर्चा गर्दै आउँदो एक्सपो पोखरालाई भव्य बनाउने प्रतिवद्धता जनाउनुभयो ।