रामजीप्रसाद लम्साल
पोखरा । अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औं भानु जयन्तीमा आयोजना गरेको विश्वस्तरीय कविता प्रतियोगितामा सुदर्शन उत्कृष्ट भएका हुन् ।
प्रतियोगितामा सुदर्शनले मृत्यु र संमवेदना शिर्षकको गद्य शैलीको कविता वाचन गरेका थिए । हिरा भट्ट तथा वासुदेव पाण्डे क्रमश प्रथम तथा द्वितीय भए भने सुवासचन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर सिंह र रश्मी भट्ट तृतीय भए ।
वरिष्ठ कवि हरि अधिकारी, प्राध्यापक हरि पराजुली तथा प्राध्यापक हरिराज भट्टराईको निर्णायक मण्डलमा रहृका थिए । आयोजकका अनुसार प्रथम हुनेलाई दुई सय डलर, प्रमाण पत्र र पदक तथा द्वितीय एवम् तृतीय हुनेलाई पदक र सम्मान पत्र प्रदान गरिनेछ ।
मृत्यु र संमवेदना
मान्छेहरुले मलाइ धेरै ठाउमा देखेछन्देखेछन्
मन्दिरका घण्टिहरुमाईश्वरका पुत्लाहरुमाबसका ढोकाहरुमामहलका सिँढीहरुमा ।
फर्केर पनि नहेर्ने छिमेकीलेसपनामा देखेछ,महिना मरेपछि मात्र देख्ने साहुलेदिनदिनै देखेछ
उधारो दिन नमान्ने पसलेलेचामलका बोरामा देखेछ,मेरै जग्गा हडप्ने काकालेआफनै छोरामा देखेछमलाइ देखेछन्,
गुलाब अस्विकार गर्नेहरुलेबगैचाका फुलहरुमाबिगतको गुन बिर्सिएकाहरुलेलौरी र पुलहरुमा
हिजो जजस्ले देखेनन् कतै,आज तिनैले सबैतिर देखेछन्यो देखेरै दुखि छु म देख्नेहरुसितम आफैले आफैलाइ नदेख्ने भएकोछु ।