-आलोकसिंह भदौरिया
विश्व संचार जगतमा फेक न्यूजको आतंकको बिरुद्ध बिभिन्न देशहरुमा कडा नियम लागू हुने क्रममा रहेको छ । फेक न्यूजको कारण धेरै ठूला ब्यक्ति तथा संस्थाहरुलाई बिना कारण टाउको दुखाइको बिषय बनिरहेको परिप्रेक्ष्यमा यस्तो कानून बन्ने भएपछि सबैको ध्यान आकृष्ट भएको छ । सूचना क्रान्तिको नाममा सानो फेक न्यूज र अफवाहको कारण राज्यको कानून, देशको अखण्डता, समाजको भाइचाराको जग नै हल्लाइ दिएको धेरै उदाहरण छन् । उदाहरणको लागि हाम्रो देश नेपालमै २०५७ सालमा भएको रितिक रोशन काण्डलाई लिन सकिन्छ । एउटा अखबरले साभार गरेर छापेको न्यूजलाई लिएर मच्चिएको बबण्डरले केही निर्दोष नेपालीहरुको ज्यानैसम्म गयो ।
हाम्रो देश नेपालमै २०५७ सालमा भएको रितिक रोशन काण्डलाई लिन सकिन्छ । एउटा अखबरले साभार गरेर छापेको न्यूजलाई लिएर मच्चिएको बबण्डरले केही निर्दोष नेपालीहरुको ज्यानैसम्म गयो ।
नेपालमा मात्र होइन ब्यक्तिगत फेक न्यूज र अफवाहको कारणले विश्वमा धेरैले ज्यान समेत गुमाउन परेको छ । यस्तो समस्या बिश्वब्यापी रुपमा बढ्दै गए पछि समस्याको समाधान खोज्न बिभिन्न देशहरु लागिपरेका छन् ।
केन्या, मलेशिया, जर्मन जस्ता देशहरुमा फेक न्यूजबिरुद्ध कानून नै बनिसकेको छ । भारत, सिंगापुर, फिलिपिन्स, फ्रान्स, युगण्डा, तान्जेनिया, मेक्सिको, नाइजेरिया आदि देशहरुले पनि फेक न्यूजबिरुद्ध कानून बनाउने तयारी गरेको छ । रुसले फेक न्यूजको बिरुद्ध कानून बनाउने तयारी गरिरहदा सन् २०१६ मा रुसलाई सोसल मिडियाबाट गलत अफवाह फैलाएर अमेरीकी राष्ट्रपतिको निर्वाचन प्रभावित गरेको आरोप लागिसकेको छ । तर रुस आफैले पनि बिभिन्न फेक न्यूजको कारण पटक पटक तनाव भोग्नु परेपछि त्यसको बिरुद्ध कडा कानूनको तयारी गरेको हो । हालसालै रुसको सत्तारुढ युनाईटेड रसियाले एक बिधेयक संसदमा पेश गरेको छ । जसमा सोसल मिडियालाई अफवाह फैलाउने काम गरेकोमा आलोचना गरिएको छ । प्रस्तावित कानूनमा कुनै आपत्तिजनक बिषयमा उजुरी परेको २४ घण्टाभित्र उक्त समाचार नहटाएमा सम्बन्धित वेबसाइटलाई ५ करोड रुबल हर्जना तिर्नु पर्नेछ । यदि रुस बाहिरबाट सञ्चालित वेबसाइट रहेछ भने उक्त कम्पनीको शाखा कार्यालय रुसमा पनि अनिवार्य खोल्न पर्नेछ,जसबाट रुसको प्रशासनलाई अनुगमन गर्न सजिलो हुनेछ भन्ने प्रस्ताव प्रस्तुत बिधेयकमा उल्लेख छ ।
रुसको सत्तारुढ युनाईटेड रसियाले एक बिधेयक संसदमा पेश गरेको छ । जसमा सोसल मिडियालाई अफवाह फैलाउने काम गरेकोमा आलोचना गरिएको छ । प्रस्तावित कानूनमा कुनै आपत्तिजनक बिषयमा उजुरी परेको २४ घण्टाभित्र उक्त समाचार नहटाएमा सम्बन्धित वेबसाइटलाई ५ करोड रुबल हर्जना तिर्नु पर्नेछ ।
केन्याले बनाएको कडा कानूनमा फेक न्यूज फैलाउनेलाई ५० हजार डलरसम्म जरिवाना र २ बर्षको जेल सजायको प्रावधान राखिएको छ । तर यो कानूनको मिडिया संगठनहरुले भने अभिव्यक्ति स्वत्रन्त्रता अधिकारको हनन भन्दै बिरोध गरेका छन् । केन्याले गत मार्च र जर्मनीले गत जनवरीमा फेक न्यूजबिरुद्ध कानून कार्यान्वयनमा ल्याएको हो ।
मेक्सिकोमा यही जुलाई १ भएको राष्ट्रपति चुनावको समयमा एक अनौठो प्रयोग भएको थियो । उक्त समयमा चुनावी प्रचारप्रसारको बेला भएको हिसामा १३० मानिसको मृत्यु भयो ।
चुनावकै दिन अझ हिंसा भड्किएर चुनावी परिणाम नै प्रभावित हुन सक्ने खतरा बढे पछि मिडिया अलजजिराले एक अनौठो प्रयोग गरेको थियो । अलजजिराले विभिन्न प्रकाशन गृह,सञ्चार गृह,एनजिओ, विश्वविद्यालय लगायत करिब ९० वटा संगठनसँग मिलेर “वैरीफिकेडो” नामक एक साझा संगठन तयार गरी चुनावमा परिचालन गरेको थियो । त्यसकालागि वैरीफिकेडोले एक कृतिम इन्टेलीजेन्सको प्रयोग गरी एक सर्च टुल बनायो जसको नाम “क्रिजना” दिइयो । क्रिजनाले मतदानको क्रममा फैलने अफवाहमाथि नजर राखि फैलिएका अफवाह झुट भएको र आफ्नो स्वविवेकले मतदान गर्न सहयोग गरेको थियो ।
नाइजेरिया लगायत अफ्रिकी देशहरुमा सोसल मिडियामा फैलिएको साम्प्रादायिक दंगाको झुटो तस्बिरको कारण हिंसा र आतंकको वातावरण सृजना हुने गरेको छ । नाइजेरियामा केही समय पहिले पशु चराउने मुस्लिम र ईसाइ किसानकोबिचमा भएको विवादले हिंसात्मक रुप लिदा २ सय जनाको ज्यान गएको थियो । त्यसको केही दिनपछि कथित उक्त घटनाको घाइतेहरुको भिडियो सामाजिक संञ्जालमा भाइरल बनेको थियो । तर पछि पत्ता लाग्यो कि ती तस्बिर सन् २०११ मा भएको एक घरेलु हिंसाको थियो । त्यसैगरि नाइजेरियामा नै एक फोटो रातारात भाइरल भयो जसमा भनिएको थियो एक हमलामा आधा दर्जन मानिसको मृत्यु भयो । तर उक्त फोटो नाइजेरियाको नभई डोमिनिकल रिपब्लिकमा सन् २०१५ मा भएको सडक दुर्घटनाको भएको पत्ता लाग्यो ।
नाइजेरियामा केही समय पहिले पशु चराउने मुस्लिम र ईसाइ किसानकोबिचमा भएको विवादले हिंसात्मक रुप लिदा २ सय जनाको ज्यान गएको थियो । त्यसको केही दिनपछि कथित उक्त घटनाको घाइतेहरुको भिडियो सामाजिक संञ्जालमा भाइरल बनेको थियो । तर पछि पत्ता लाग्यो कि ती तस्बिर सन् २०११ मा भएको एक घरेलु हिंसाको थियो ।
जुन देशहरुमा यस्ता फेक न्यूज र अफवाहहरु फैलिने गर्छन्,ती देशमा सबैभन्दा बढि सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको एक अध्ययनले देखाएको छ । सहज स्मार्टफोनको उपलब्धता,सरकार र समाजकोबिच सम्वाद कम हुँदा सानो अफवाहले भयानक आँधीको रुप लिने गरेको पाइएको अध्ययनले बताइएको छ ।
चौतर्फी आलोचना हुन थालेपछि सोसल मिडिया कम्पनीहरु फेसबुक र ट्विटरले फेक न्यूज पत्ता लगाउने केही टिप्स समेत दिएका छन् :
१. खबरको स्रोत जाँचौं
समाचार पढ्नेले खबर आधिकारिक एकाउन्टबाट पोष्ट भएको हो वा होइन बुझेर मात्र शेयर गर्नुपर्दछ । सेलिब्रेटीहरुको फेसबुक, ट्विटर, इन्स्टाग्राम आधिकारीक हो वा होइन बुझेर मात्र पोष्ट भएका खबरलाई सहि या गलत मान्न सकिन्छ ।
२. विवेकको प्रयोग
आएका समाचारहरु अन्य आधिकारिक मिडियाबाट पनि दोहोरिएका छन् वा छैनन् भनेर जाँचेर स्वविवेकले सहि या गलत बुझन सकिन्छ ।
३. भेरिफिकेसन टुल्सको प्रयोग गनुहोस्
कुनै पनि फोटो वा भिडियो प्रति शंका लाग्यो भने तपाई आफ्नो इन्टरनेट ब्राउजरमा इमेज सर्च गर्न सक्नुहुन्छ । भिडियोको स्न्याप सट लिएर इन्टरनेटमा अपलोड गरी सर्च पनि गर्न सक्नुहुन्छ ।
४. शेयर गर्नु अगाडि धेरै पटक सोच्नुहोस्
कुनै पनि खबर शेयर गर्नु अगाडि गलत हो या सही भनेर धेरै पटक सोच्नुहोस् । आफूले शेयर गर्दै गरेको कुनै पनि पोष्ट, फोटो, भिडियोले कस्तो असर गर्छ वा गर्दैन भनेर ध्यान दिनुपर्दछ । तपाईले पोष्ट, शेयर गर्नु हुने कुनै पनि सामाग्रीले गलत अफवाह, अशान्ति, हिंसा, मृत्युको कारण नबनोस् भनेर सचेत हुन अति आवश्यक छ ।
(हिन्दी अनलाइन गाँव कनेक्सनमा प्रकाशित पत्रकार आलोक भदौरियाको यस लेखलाई इच्छा गुरुङले भावानुवाद गर्नुभएको हो । )