[caption id="attachment_50861" align="alignleft" width="100"]
विचार/खेम बम[/caption]
चिकित्सा शिक्षा विद्येयक ‘२०७५’लाई हुबहु पारीत गर्नुपर्ने भन्दै सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीले बिहिबार २७ औं दिनको अनशन तोडेका छन् । यसले उहाँको जीवन रक्षा र सरकारले परिमार्जनसहित संसदमा प्रस्तुत गरेको विद्येयकका बिषयमा सरकार लचिलो बनेको छ ।
माथेमा आयोगले बुझाएको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विद्येयक पारीत हुनुपर्नेमा प्रतिपक्षी कांग्रेसको समेत अडान रह्यो । १५ औं पटकको अनसन जुम्लामा गएर बसेका डा. केसीलाई सरकारले वार्ताको मुलधारमा ल्याउन जसरी प्रयास ग¥यो, र यसपछिका डा. केसीका अनसन र प्रतिपक्षीको एजेन्डाका बिषयमा गतिलो प्रहार समेत ग¥यो । आगामी दिनमा डा. केसीले १६ औं पटकको सत्याग्रह थाल्नुपूर्व उहाँले गौण मानसिकताले सोच्नुपर्ने सरकारले बाध्यकारी निर्णयमा समेत पुग्यो ।
यहाँ चर्चा गर्न खोजिएको प्रमुख बिषय प्रतिपक्षी नेपाली कांग्रेसको अबको एजेन्डा र डा. केसीले सत्याग्रह तोडिसकेपछिको धारणा के हो भन्ने हो । औपचारिक रुपमा कांग्रेसको आधिकारिक धारणा बाहिर नआएतापनि पार्टीभित्र छलफल भइरहेको एक नेताले बताएका छन् । उनले भनेका छन्, ‘कांग्रेस सरकारको पालामा ल्याइएको अध्यादेशलाई हालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले सरकारले तोडमोड गर्न खोज्दा असामान्य परिस्थितिको सिर्जना हुन पुग्यो ।’
बिहिबारको सरकार र केसी पक्षबीचको वार्ताले समाविष्ट हिसाबले सहमतिका नौ बुँदामा हस्ताक्षर गरेका छन् यो बिषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । डा. केसीको जीवन रक्षा गर्नु प्रमुख चुनौति सरकारको थियो त्यो पूरा भएको छ । र, उहाँको उपचार भइरहेको छ । अब आगामी बिषय संसदको जिम्मामा छोडिएको छ । अब त्यहाँ कांग्रेसको भुमिका के रहने ? त्यसले कांग्रेसको आगामी राजनीतिको कार्यदिशालाई समेत जोडेको छ ।
कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माको धारणः–उनले भनेका छन्, अनशनरत डा. केसीको सत्याग्रह तोडिएको छ र यसमा सरकारले प्रस्तुत गरेका चिकित्सा शिक्षा विद्येयकका केही बुँदाहरुलाई समाबिष्ट तवरले परिमार्जन गरिएको छ । उनले थपेका छन्–‘कांग्रेसको मुख्य विरोध प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चिकित्सा शिक्षा विद्येयकका बुँदाहरुमा जसरी तोडमोड गरेर ल्यायो त्यसमा आपत्ती हो ।’ अब हामी सरकार र केसी पक्षबीच भएको वार्ताका बिषयमा कांग्रेसको धारणा छलफलपछि शुक्रबार साँझसम्म सार्वजनिक गर्नेछौ ।
हामी चर्चा गर्दैछौ की– पछिल्लो समय सरकारलाई विश्वासको मत दिएको राजपा नेपालले समेत बाटो बिराउन लागेको देखिन्थ्यो । उसले कांग्रेससँग साँठगाँठ गर्दै अगाडी बढ्ने योजना समेत तय गर्न लागेको थियो । सरकारले आफूहरुका कुनै पनि माग सुनुवाई नगरेको उसको आरोप थियो । यतिमात्र होईन राजपा नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा गएर ज्ञापनपत्र समेत बुझायो किनकी आफ्ना माग सम्बोधन होस् ।
राजपा नेपालका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवः–राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका नेता यादवले भनेका छन्– अनशनरत डा. केसीको सत्याग्रह तोडिनु र उहाँको जीवनरक्षा गरिनु सरकारको सहारनिय कार्य हो । प्रक्रियामा हामी जहिलेपनि सरकारको साथमा थियौ र हुन्छौ पनि । तर, सरकारले जसरी केही व्याक्तिका आकांक्षा पुरा गर्न चिकित्सा शिक्षा विद्येयकमा तोडमोड ग¥यो त्यसमा हाम्रो आपत्ती हो ।’
सारांशमा भन्दा यसअघि सरकारको निर्णयको चौतर्फी जसरी आलोचना भएको थियो त्यसरी नै बिहिबारको निर्णयको प्रसंशा समेत भएको छ । दुई तिहाई बहुमतको सरकारले राष्ट्रहितको पक्षमा जुनसुकै बेला मान्य निर्णयमा अवरोध नगर्ने एक गतिलो उदाहरण बिहिबारको निर्णयले सावित गरेको छ । एक नागरिकको जीवनरक्षामा सरकारले देखाएको लचिलोपनको यो गतिलो उदाहरण पनि हो । अब आगामी दिनमा नानाथरी बिषयलाई कोट्याउने प्रवृत्तिको समेत अन्त्य हुनेछ । नियम संगत तवरले राष्ट्रहितका पक्षमा संविधानतः अक्षरसः निर्णय गर्न हरेक दल तयार हुनुपर्ने चुनौति सरकारले प्रस्तुत गरेको छ ।