१. –पुष्पा धमला
आकाशको मेघ–गर्जन र दर्किरहेको झरीसँगैउडिरहन मन लाग्छ माथिमाथि चरीसँगैम रमाउँछु बर्खामास लागेपछि आजकालतिम्रै प्रेमिल याद बोकी वनको सुनाखरीसँगै
२. –रविन्द्र आशीष शैलीबचपनमा चन्द्रमालाई रोटी हो भन्थेँताराहरु देखेर गुच्चाको गोटी हो भन्थेँफेरि फेरि भन्दिनँ म कहिले पछि बुबाल्याई देउन यो पहिलो चोटी हो भन्थेँ ।
३. –रुद्र अधिकारीमेरा पिरव्यथाका मसी सोस्ने ठाउँ भएको छयसलाई फैलिनबाट रोक्ने ठाउँ भएको छव्यथा कसैले नबुझे नि पिर छैन अब,कागज नै मेरा सुखदुःख पोख्ने ठाउँ भएको छ ।
४. –प्रकाश बस्नेत गफाडीखोलाको गहिराई खोलो तर्नेलाई नै थाहा हुन्छथलोको माया बसाइँ सर्नेलाई नै थाहा हुन्छफूलका सामु सधैँ अपजस पाउँछन् काँढाहरुकाँढाको कोमलता स्पर्श गर्नेलाइ नै थाहा हुन्छ
५. –बिमला अधिकारी देबकोटाअन्धो बन्दैछ सरकार देखिँदैछ आजभोलिजनताको गुनासोहरु लेखिँदैछ आजभोलिकान छ न सुन्छ आँखा न देख्छ यो सरकारसञ्जालहरुमा शब्दप्रहार फेकिदैछ आजभोलि
६. –दुर्गा तिवारीगर्छु कोशिस बडाको मानमर्यादामा कहिल्यै नचुकूँनिडर रहिरहुँ आफ्नो स्वाभिमानमा कहिल्यै नझुकूँहरदम यसरी नै बडाको साथ र सद्भाव मिलिरहोस्चाहन्छु क्षितिज चुम्न आँधी आए पनि कहिल्यै नरुकूँ ।।
७. – विनोद घिमिरेपर्दैन कसैको साथ एक्लै जिउन सक्छुफाटेको मन टालो हाली सिउन सक्छुजहर राखिदेऊ चाहे अमृत देऊ मलाइजे दिए पनि घुटु घुटु मैले पिउन सक्छु
८. – गंगा आचार्यअस्ताउँनै पर्छ सूर्य तैपनि उदाएकै छधरा कुनाकुनामा ज्योति कुदाएकै छजान्दछ मान्छे ! छैन कोही अजम्मरीकिन फेरि लोभ मनभरी उठाएकै छ ।
९. –शारदा राई अभिलाषीस्वर्गको बाटो कस्तो छ कुन्नि बुझ्नु छ मलाइतिमी भन्दा अघि त्यो ठाउँमा पुग्नु छ मलाइसंसार जगत बिचित्र लाग्यो तिम्ले साथ छाड्यौएक्लो यो जीवन स्वर्गमा गई भुल्नु छ मलाइ
१०. –उत्तम शर्मामेरो राम झुपडी देख्दा तिमी तर्किन्छौ भनेमीठो शब्द बोल्दा पनि तिमी झर्किन्छौ भनेरुने दिन पनि पक्कै आउँछ हे निस्टुरी तिम्रोभोलि लिन आउछु म तिमी फर्किन्छौ भने
११. – शारदा सुवेदीभौँतारिदै हरेक दिन सडकभरि पेट भोका हुन्छन्दालचामलको मिलन गराउने पनि धोका हुन्छन्देशलाई स्वीजरल्यान्डजस्तो बनाऊ या अमेरिकापहिला बुझ, रित्तो पेटमा विद्रोहका झोक्का हुन्छन्