मिना बुढाथोकी
सल्यान । भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् सल्यानका ४ जना बालबालिका । तोते बोल्ने सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन् । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर बित्छ।
बहुबिबाह तथा मानव बेचबिखन मुद्धामा परेका आमासंगै आएका बालिकालाई घरबाट कोही लिन नआएपछि कैदी सरह सजाय भोग्न बाध्य भएका हुन ।
कैदी सरह सजाय भोग्दै आएको चार बालबालिकामा सिद्धकुमाख गाउ“पालिकाकी दुई बर्षिया सोलिका बिश्वकर्मा, दार्मा गाउ“पालिकाका चार बर्षिया काजल बुढाथोकी, घोराही उपमहानगरपालिका दा¨का दुई बर्षिय युरोप खनाल र कालीमाटी गाउ“पालिकाका दश महिनाका निराजन बिक रहेका छन ।
दुई बर्ष भन्दा माथिका बालबालिकालाई आमासंगै भएपनि जेलभित्र राख्न नपाईने कानुनमा उल्लेख छ । तर पनि आमालाई छोड्न नसक्दा उनिहरु सजाय भोग्न बाध्य भएका हुन ।
बालबालिकालाई घर लैजान मिल्ने भएकाले बारम्बार सुचित गराउदै आएपनि कोही आउन नचाहेकाले संरक्षण तथा पालनपोषणमा समस्या हु“दा आश्रीतको रुपमा आमासंगै राखिएको जिल्ला कारागार प्रमुख जेलर बिक्रम के.सि.ले बताए । दश महिनाको दुधे बालक बाहेक अरुले चाहेमा तीनजनालाई केन्द्रिय बालकल्याण समितिमा पठाउन सकिने उनले बताए ।
बहुबिबाहको केसमा २०७५ जेठ २ गते सजाय भोग्दै आएकी सिद्धकुमाख गाउ“पालिकाकी कमला खत्री (बिस्वकर्मा) २०७६ जेठ २ गते छुटने भएकाले उनको सजाय अबधी नौ महिना रहेको छ । यस्तै ०७४ फागुन १० गते जेल सजाय भोग्दै आएकी पुष्पा खनाल ०७५ माघ ११ मा छुटने भएकाले ६ महिना र कल्पना बुढाथोकीको १० महिना बा“की रहेकाले सम्बन्धित निकायले समेत केही निर्णय गर्न सकेको छैन ।
बालबालिकालाई घर लग्न मिल्ने भएकाले बारम्बार सुचित गराउदै आएपनि कोही आउन नचाहेकाले संरक्षण तथा पालनपोषणमा समस्या हुुँदा आश्रीतको रुपमा आमासंगै राखिएको जिल्ला कारागार सल्यानका प्रमुख जेलर बिक्रम के.सि.ले बताए ।
‘कारागारमा राखिएका चार बालबालिका मध्ये दुई जनाले कसैलाई दिन मानेका छैनन केसीले भने, एक जनाले मात्र घरमा कोही नभएकाले पढाई लेखाईका लागि बाहिर पठाउन चाहेकी छिन।’
मानब बेचबिखनमा परेकी कालीमाटी गाउँपालिका ७ कि चन्द्रा बिकको १० महिनाको दुधे बालक बाहेक अरुले चाहेमा तीनजनालाई केन्द्रिय बालकल्याण समितिमा पठाउन सकिने उनले बताए । कल्पना बुढाथोकीकी चार बर्षिया छोरीलाई बालबालिका संरक्षण केन्द्रमा पठाउने सल्लाह भैरहेको उनले जानकारी गराए ।
बहुबिबाहको केसमा परेर एक बर्षको सजाय अन्तर्गत चार महिना जति सजाय भोगी सकेका र आठ महिना मात्र बा“की रहेकाले बाहिर पठाउने बारेमा तत्काल कुरा उठाउन नसकेको उनको भनाई छ ।