जति उमेर ढल्किँदै गयो त्यति नै यस्को महत्व बढ्दै जाने रहेछ । उमेरले चाउरिँदै गएको गालाको छाला तन्किहाल्छ कि भन्ने भ्रम मैले पनि पालेको छु अरुलेजस्तै । तर त्यसको सुगन्धले मलाइ हेटौँडा बजारका धेरै कस्मेटिक पसलहरुमा उभ्याउँछ र साक्षात्कर गराउँछ । सपना र क्रीम उस्तै लाग्छन । सपना बिउँझिएपछि सकिन्छ र क्रीम धोएपछि सकिन्छ ।
मेरो कोठाभित्र एउटा खाट छ । उमेरमा सायद म भन्दा धेरै जेठो छ । त्यो खाटमा सुतिरहँदा मलाइ यस्तो लाग्छ म सधैँ हजुरबाको काखमा निदाउने गर्दछु । त्यो बूढो अस्थिपञ्जरले मलाइ र मेरा सपनालाई थामिरहेको छ बिगत १० महिनादेखि ।
खाटको अघिल्तिर दुइवटा सुटकेस छन् । अघिल्लो साल घर जाँदा किनेको हुँ । नयाँ नै देखिन्छन् । एउटा ठूलो छ अर्को सानो
[caption id="attachment_53293" align="alignright" width="150"]
–श्रीराम अधिकारी[/caption]
छ । तर दुवै खाली छन् । ती सुटकेसहरुमा मेरा सपनाहरु र दुई छोरीहरुको भविष्य भर्नुछ । बाआमाप्रतिको जिम्मेवारी र श्रीमतीका रहरहरु भर्नुछ ।
सुटकेसमाथि एउटा र्याक छ । जहाँ एक जोर चस्मा राखिएका छन् । त्यो र्याक सधैँ चस्मा लगाएर ठाँटिएर बस्छ । झिल्के र्याक । म बबुरोचाहिँ टुलुटुलु त्यही झिल्के र्याक हेरिरहन्छु । कामको प्रकृति नै यस्तै छ । खासै छुट्टिमा निस्किन्नँ । त्यसैले मैले भन्दा धेरै त त्यही र्याकले चस्मा लगाउँछ । सायद भाग्य भनेकै यही होला । जो मेरो भएर पनि मेरो हुनसकेको छैन । जो उस्को हुँदै होइन र पनि उस्को भएको छ ।
एउटा सकिनै लागेको सानो अत्तरको सिसी चस्मा छेवैमा ठिंग उभिइरहेको छ । म घरमै हुँदा पनि यसो बेलाबेला छ्यास्स छ्यास्स पारिरहन्छु । किनकी त्यस्को सुगन्धले मलाइ मेरो सुबासिलो आँगनको डिलसम्म पुर्याउँछ । मलाइ त्यो अत्तरको सिसी र म उस्तै लाग्छ । अत्तर सिसीभित्रको र म कोठा भित्रको कैदी । तर दुवैको उद्देश्य एउटै छ, आफू सकिँदै जानु तर सुबास छरिरहनु ।
त्यो र्याकको अर्को कुनामा ‘फेयर एण्ड हेण्डसम’ क्रीम चाउरिएर लडिरहेको छ । अघिल्लो साल नेपाल जाँदा किनेको । मलाइ सार्हैक मन पर्छ । मन जस्तो भए पनि रुप टल्काउने होडबाजीले मलाइ पो के छोड्थ्यो र ? जति उमेर ढल्किँदै गयो त्यति नै यस्को महत्व बढ्दै जाने रहेछ । उमेरले चाउरिँदै गएको गालाको छाला तन्किहाल्छ कि भन्ने भ्रम मैले पनि पालेको छु अरुलेजस्तै । तर त्यसको सुगन्धले मलाइ हेटौँडा बजारका धेरै कस्मेटिक पसलहरुमा उभ्याउँछ र साक्षात्कर गराउँछ । सपना र क्रीम उस्तै लाग्छन । सपना बिउँझिएपछि सकिन्छ र क्रीम धोएपछि सकिन्छ ।
खाटको सिरानपट्टि एउटा पुस्तक राख्ने र्याक छ । जहाँ टन्न पुस्तकहरु मिलाएर राखिएका छन् । हिब्रु भाषामा लेखिएका हुनाले खासै त्यति चासो लाग्दैन । अलिअलि अक्षर फुटाउनसम्म त सक्छु मेरी आमाले प्रौढ कक्षामा क ख पढेझैँ । तर मन लाग्दैन । त्यही र्याकले नै पढ्छ ती पुस्तकहरु । लाग्छ, बरु म भन्दा धर्मात्मी त त्यो र्याक हो । यहुदीहरुको सम्पत्ति नै यिनै किताबहरु हुन् । यिनीहरु धेरै पढन्ते स्वभावका हुन्छन् । उमेरले ८६ पुग्न लागेको मेरो इम्प्लोएर दिनभर पढेरै बस्छ । ऊ पढिरहँदा यस्तो लाग्छ, सायद उ कुनै परीक्षा तयारी गरिरहेको छ । धर्मशास्त्रका अनगिन्ति ठेलीहरु पढिरहने मेरो इम्प्लोयरले आफ्नै जिन्दगीचाहिँ पढ्न बिर्सिन्छ । उसलाई कसैको चासो छैन तर धेरै गुनासाहरु छन् ।
यहुदीहरु मूर्ति पूजा गर्दैनन् । कागजमा कोरिएका काल्पनिक तस्बिरहरुलाई भगवान मानेर पुज्दैनन् । सायद त्यसैले होला कोठाका भित्ताहरु नसिङ्गारिएको मेरो मनजस्तै छन् । म सम्झन्छु, मेरि आमाले भन्नुहुन्थ्यो, ‘घर मन्दिर जस्तो हुनुपर्छ’ भनेको कुरा ।
तर म सुत्ने खाटको माथिपट्टि एउटा तस्बिर छ । हातले कोरिएको कलात्मक तस्बिरमा देखिने ती युवतीले कहिले देखि यो भित्तामा आफ्नो जिन्दगी र यौवन झुण्ड्याइरहेकी होलिन् ? म कहिलेकहिँ एक टकले त्यो तस्बिर हेरिरहन्छु । झ्यालबाट छिरेका सानातिना हावाका झोक्काहरु ती युवतीलाई स्पर्श गरेर फर्किन्छन् । उनी मख्ख परेर नाच्न थाल्छिन् । त्यो निर्जीव तस्बिर सजीब भएजस्तो लाग्छ । त्यतिबेला म सजीब मान्छेचाहिँ निर्जीव भएजस्तो आभाष हुन्छ । तर त्यो तस्बिरमा देखिने युवती र ममा एउटा समानता देख्छु । उनी पनि रचना गर्नेको साथमा छैनन् र म पनि ।
र, आफ्नै एक शेरजहाँ जान्छु सँगै जान्छ जसो गर्छु त्यसै गर्छ एक्लो मान्छे ख़ुशी हुन्छ, आफ्नै छाँया देख्दा पनि ।
हातले कोरिएको कलात्मक तस्बिरमा देखिने ती युवतीले कहिले देखि यो भित्तामा आफ्नो जिन्दगी र यौवन झुण्ड्याइरहेकी होलिन् ? म कहिलेकहिँ एक टकले त्यो तस्बिर हेरिरहन्छु । झ्यालबाट छिरेका सानातिना हावाका झोक्काहरु ती युवतीलाई स्पर्श गरेर फर्किन्छन् । उनी मख्ख परेर नाच्न थाल्छिन् । त्यो निर्जीव तस्बिर सजीब भएजस्तो लाग्छ । त्यतिबेला म सजीब मान्छेचाहिँ निर्जीव भएजस्तो आभाष हुन्छ । तर त्यो तस्बिरमा देखिने युवती र ममा एउटा समानता देख्छु । उनी पनि रचना गर्नेको साथमा छैनन् र म पनि ।