लमजुङ । लमजुङमा सम्पन्न सौन्दर्य प्रतियोगिता प्रथम मिसक्वीन लमजुङको उपाधि बेसीशहरकी मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा भएको प्रतियोगितामा प्रथम मिस क्वीन लमजुङ–२०१८ को ताज पहिरिएसँगै गुरुङले नगद रु ५० हजार रुपैया, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि बेसीशहरकी शारा तामाङ र सेकेण्ड रनरअपको उपाधि बेसीशहरकै मोनिका श्रेष्ठले हात पारेका थिए । उनीहरुलाई ताज पहिरिएर उपाधिको ट्रफी, क्रमस नगद रु १५ हजार र १० हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
विजेताहरुलाई गण्डकी प्रदेश सभा साँसद मधु अधिकारीलगायत प्रतियोगिताका निर्णायकहरुको टोलिले उपाधि प्रदान गरेको थियो । विजेता गुरुङले ताजसँगै प्रतियोगिताको मोष्ट व्युटिफुल टाईटल पनि जितेकी छन् । “मैले मेरो जिवन संघर्षको शुरुवात गरेको छु” विजेता गुरुङले खुशी हुँदै भनिन् “अव मेरो लक्ष्य यहिँ सिमित छैन, मैले प्राप्त गरेको उपाधीले मलाई मेरो लक्ष्यमा पुग्न मद्यत पुर्याउने छ ।”
प्रतियोगितामा फस्ट रनरअपको उपाधी विजेता शारा तामाङले वेष्ट वाल्क शिर्षकको उपाधि जितेकी छन्, भने सेकेण्ड रनरअप श्रेष्ठले वेष्ट फिगर श्रीर्षकको उपाधि जितेकी छन् । प्रतियोगितामा बेसीशहरकी सुमीना श्रेष्ठले मिस डिसिपिलेन शीर्षकको उपाधि जितेकी छन् । त्यस्तै मिस ट्यालेण्ट र मिस फ्राइण्डली उपाधि शर्मीला परियार, मिस फोटोजेनिकमा सलिना पराजुली, मिस स्माईल भोटेओडारकी सिम्रोन श्रेष्ठ, मिस स्कीन पुनम तामाङले उपाधि जितेका छन् ।
मिस क्वीन लमजुङका विजेताहरुलाई आइतबार बाजागाजासहित सम्मान गर्दै बेसीशहर बजार परिक्रमा गराइएको थियो । र्याली सहित बजार परिक्रमा गरेका उनीहरुलाई बेसीशहरका बासीन्दाहरुले अविर तथा खादा लगाएर सम्मान गरेका थिए ।
करिव एकमहिना लामो प्रशिक्षण पश्चात शनिवार प्रतियोगिता समापन गरिएको हो । तनहुँ इभेन्ट म्यानेजमेण्टको आयोजनामा सञ्चालित प्रतियोगीताको फाइनल चरणका लागि आठ जना छनौट भएका थिए ।
तनहुुँमा तिन चरणसम्म प्रतियोगिता आयोजना गरेको आयोजकले कार्य क्षेत्रलाई विस्तार गर्दै लमजुङमा पहिलो पटक आयोजना गरेको हो । आगामी वर्ष यहि कार्यक्रमलाई निरन्तरता दिँदै पछिल्लो चरणहरुमा प्रदेशस्तरिय प्रतियोगिता आयोजना गर्ने आयोजक सस्थाकी अध्यक्ष शरिता थापा मगरले बताउनुभयो ।
“सौन्दर्य प्रतियोगिताबारे समाजमा अझै पनि राम्रो बुझाई छैन” अध्यक्ष थापाले भनिन “तर यस्ता प्रतियोगिताहरुले किशोरीहरुको व्यक्तीत्व विकासमा निकै सहयोग पुर्याएको हुन्छ ।” किशोरीहरुको लुकेको प्रतिभालाई उजागर गर्दै सुन्दर भविष्य सृजना गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने सँस्थाको लक्ष्य रहेको छ ।