श्याम कुशहवा
पर्सा । भारतको बिहारबाट पढ्नको लागि एक युवति नेपाल आइन् । उनको नाम थियो , वनिता कुमारी चौधरी ।
उनी पर्सा जिल्ला स्थित,काकाको घरमा बस्दै आएकि थिइन् । १८ वर्षीया वनिता कुमारी चौधरी पर्सामा काकाको घरमा नै बसेर पढाई समेत गरिरहेकी थिइन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ मा बस्दै आएका नर्सिङ चौधरीकी भतिजी थिइन् बनिता । बनिताको पढाइ राम्रै थियो, घरपरिवार सबैतिर राम्रै थियो ।
तर गत अषाढ २८ गते बनिता चौधरी घरबाट हराइन् । सबैसँग मित्रता राख्ने स्वभावकी बनिता घरबाट एकाएक हराएपछि घरपरिवार र आफन्तमा सन्त्रास फैलियो, सबैले बनिताको खोजतलास सुरु गरे । खोज्दा खोज्दै दिन बित्तै गए तर उनलाइ घरपरिवार र आफन्तले उनलाइ भेट्टाउन सकेनन् । ३ दिनसम्म पनि बनिताको कुनै अत्यो पत्तो नलागेपछि आफन्तले प्रहरीलाइ खबर गरे । अनि प्रहरीले बनिताको खोजी कार्य तिव्र पार्यो ।
प्रहरीले बनितालाइ खोज्ने हर प्रयास गरिहेको थियो । तर बनिताको कुनैे अत्तो पत्तो लाग्न सकेन । असाढ ३१ गते पर्साको जगरनाथपुर गाँउपालिका ४ भन्ने सुहपुरस्थित गंगेली भन्ने भलुवाइ खोलामा कसैको शव भएको खबर आयो । शव भेटिएको खबरपछि प्रहरी घटनास्थलमा पुग्यो । घटनास्थलमा पुग्दा एक युवतिको शव वेवारीसे अवस्थामा रहेछ । शवलाइ देख्नेले यो शव बनिता हुनसक्ने अनुमान गर्यो । बनिताको आफन्तलाइ खबर गरियो, आफन्तहरु घटनास्थलमा पुगे कपडा, औठीलगायतका आधारमा आफन्तले बनिता नै भएको बताए ।
घरबाट एकाएक हराएकी बनिताको मृत्यु पछि भएको खवरले परिवार र आफन्तहरु शोकमा डुबेको छ । आफन्तहरु अहिले बोल्न समेत सकेका छैनन् अर्काकी पढ्न आएकी छोरीको मृत्यु भएपछि के गर्ने कसो गर्ने भन्ने भएको आफन्तहरुलाई । यतिबेला सिङ्गो गाउँ शोकमा डुबेको छ, गाउँमा क्रास समेत फैलिएको छ । प्रहरी भने शव भेटिएछि घटनाको अनुसन्धा र हत्यार पत्ता लगाउन लागि परेको थियो ।
https://www.youtube.com/watch?v=fAvoDr8V3YI&feature=youtu.be&t=10
कसरी भयो बनिता चौधरीको हत्या
भारतबाट पढ्नको लागि नेपाल आएकी बनिता चौधरीको अपत्यारीलो तरिकाले हत्या भयो । सोहि घटनासँग सम्वन्धित सबै तथ्यको खोजिमा प्रहरी लागि पर्यो । प्रहरीका अनुसार बनिताको नाता पर्ने काका सिलाईको काम गर्दै आएका र काकाको टेलरिङ्गमा सिलाई सिक्ने उदेश्यले उनी ३ वर्ष अगाडी देखी सुहपुरमा बस्दै आएकी थिईन् । सिलाई सिक्ने क्रममा काकाको टेलरिङ्गमा काम गर्ने स्थानीय युवक प्रमेन्द्र चौधरी र बनिता बीच प्रेम प्रसंग सुरु भयो । १ वर्ष सम्म चलेको प्रेम सम्बन्ध बारे दुबै जनाको घर परिवार थाहाँ पाए ।
प्रेमबारे थाहा भएपछि परिवारको दवाबमा दुबै जनालाई छुट्याइयो । बनिताको काकाले प्रमेन्द्रलाई आफ्नो कामबाट हटाई दिए । प्रमेन्द्र बनितासँग अलग भएपछि रोजगारीको खोजीमा भारतको राजधानीमा १ वर्ष सम्म बसे । प्रमेन्द्र दिल्लीमा बसेपनि संचार तथा सामाजिक संजाल मार्फत उनीहरुको निरन्तर सम्पर्क भइरहेको थियो ।
बनिता सँग प्रत्यक्ष रुपमा छुटिएको १ वर्षपछि प्रमेन्द्र दिल्लीबाट घर आए र उनको २०७३ सालको बैशाखमा अर्कै युवतीसँग विवाह भयो । विवाह पछि प्रमेन्द्र भारत नगएर गोरखा जिल्लामै घर बनाउने कामदारको रुपमा काम गर्न थाले । प्रमेन्द्रको विवाह पछि गोरखा बसाईको क्रममा पनि बनिता सँग उनको फोन सम्पर्क जारी नै रहेको थियो । प्रमेन्द्रले आफ्नो हजुर आमाको नागरिता प्रयोग गरी निकालेको सिम सहितको मोबाईल बनितालाई दिएका थिए र त्यही मोबाईल बनिता सँगको उसको सम्पर्कको माध्यम भएको प्रहरी अनुसंधानबाट खुलेको छ । घटनाको भएको दुई दिन अगाडी असार २५ गते प्रमेन्द्र गोरखाबाट आफ्नो घर आएका थिए । प्रहरीको अनुसन्धान अनुसार उनी त्यसै राति १२ बजे बनिता बस्ने घरमा गएको प्रहरीले बताएको छ ।
असार २५ गतेको राति प्रमेन्द्र र बनिताको मिलन हुन नसके पछि प्रमेन्द्रले फेरी २७ गते गाउँ नजिकैको खोला किनारमा भएको खरघारीमा बनितालाई बोलाएको र त्यस दिन दुबैबीच पटक पटक फोन सम्पर्क भई घण्टौ सम्म कुरा भएको प्रहरीले बताएको छ । खरघारीको भेटमा उनीहरु बीच शारिरिक सम्बन्ध भएको थियो ।
प्रमेन्द्रले बनितालाई दोस्रो पटक शारिरिक सम्बन्ध राख्न राखेको प्रस्ताव इन्कार गरेपछि उनले लगाएको सल तानेर आफू तर्फ तान्न खोज्दा सल घाटीमा बेरिएर बनिताको मृत्यु भएको प्रहरीले बताएको छ । बनिताको मृत्यु पछि प्रमेन्द्रले उनको शव खोला किनारको खाल्टोमा राखि खर र बालुवाले पुरेर घर गएका थिए ।
https://www.youtube.com/watch?v=fAvoDr8V3YI&feature=youtu.be&t=10
हत्यारा प्रहरीको फन्दामा ,परिवार शोकमा
हत्या पछि वनिताको शवलाई घिसारेर खोलाको किनारमा रहेको खाल्डोमा हालेर प्रमेन्द्र चौधरी घर गएका थिए । प्रहरीले उनलाइ सुहपुरस्थिर घरबाटै पक्राउ गरेको छ भने चौधरीले अभियोग स्वीकार गरेका छन् । प्रमेन्द्र पक्राउ पछि एक पछि अर्को रहस्य खुल्दै गएका छन । प्रमेन्द्रले प्रहरीलाइ दिएको बयान अनुसार उनीहरु बिगत तीन वर्ष देखि प्रेम सम्वन्धमा थिए । भारतीय युवती वनिता कुमारी चौधरीको हत्या यौन प्यास मेटाउन नपाएर आफ्नै प्रेमीले गरेको रहस्य खुलेको छ ।
सन्केसा भन्ने वनिताको शव असार ३१ मा भलुवाई खोलामा भेटिएको थियो । पहिलो यौन सम्पर्क पछि दास्रो पटक यौन सम्पर्क गर्न नमान्दा प्रेमिले प्रेमिकाको हत्या गरेको घटना बारे पर्सा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तथ्य सार्वजनिक गरेको हो । आफनै पे्रमिकाको हत्या अभियोगमा पक्राउ परेको प्रमेन्द्रलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।पे्रमी प्रमेन्द्रले त यौन प्यास मेटाउन नपाएर प्रेमीको हत्या गरे तर बनिताको घरपरीवार र आफन्त यतिवेला शोकमा डुबेको छ । बनीता बस्दै आएकोे काका घरमा शोकसँगै सन्नाट छाएको छ । पढाउने र सीप सीकाउने भनेर ल्याएकी भतिजीको हत्या पछि उनको परीवारमा अझ बढि समस्या आइलागेको छ ।
बनिताका आमाबाबुले भने छोरीको हत्यामा आफन्त र गाउँलेको समेत संलग्न रहेको आरोप लगाएका छन् । दोषी सबैलाइ कारबाही भएमात्र आफूले न्यायको महसुस गर्ने परिवारजनको भनाइ छ । पर्साको जगरनाथपुर गाउँपालिकाको सुहपुर सोहरी गाउँमा भएको यो घटनाले सबैतिर चिन्ता ल्याएको छ । गाउँमा विरलै भएको यस्तो दर्दनाक घटनाले टोल छिमेकमा समेत चिन्ता थपि दिएको छ । अहिले बनिताका काका लगाएत गाउँलेहरु कसैसँग बोल्न चाहेका छैनन् । उनीहरु भनिहरेका छन् हामीलाइ नखाएको विष लाग्ने खतरा छ । हामी यस विषयमा बोल्दैनौँ ।
पर्साको यो सुन्दर बस्ती केहि दीन अघिसम्म शान्त थियो,तर यो घटना पछि यतिबेला सारा गाउँ त्रसीत बनिरहेको छ । सबैले कामना गरिरहेका छन् यस्तो पीडा शत्रुलाइ पनि नपरोस् ।
https://www.youtube.com/watch?v=fAvoDr8V3YI&feature=youtu.be&t=10