नामः इमरान खानजन्मः ०२ अक्टोबर १९५२ जन्मभूमिः पञ्जाबको लाहौर मातापिताः इकरामल्लाह खान नियाजी/शौता खान
सिभिल इञ्जिनियर पिता, चार बहिनीका दाजु इमरानले तीनवटा विहे गरे, दुईजनासँग सम्बन्ध विच्छेद भइसकेको छ । दुई छोराका बाबु हुन् ।पाकिस्तानको लाहौरस्थित एसिचिसन कलेज र बेलायतको रोयल ग्रामर स्कूल ब्वाचेस्टरमा स्नातक एवम् अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर हुन् इमरान । १९७२ मा उच्चअध्ययनका लागि उनले किबल कलेज अक्सफोर्डमा नामांकन गराए । १९७४ मा अक्सफोर्ड कलेजबाट उनको क्रिकेट कप्तान करियर शुरु भयो ।
१३ वर्षको किशोर उमेरमै इमरानले क्रिकेट यात्रा शुरु गरे । र, पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली भन्दा पहिले १९६९ मा लाहौरबाट सरवौदाविरुद्व क्रिजमा उत्रिए । ३ जुन १९७१ मा पाकिस्तानको क्रिकेट टोली सामेल भएका इमरान २१ वर्ष पुग्दा इंग्ल्याण्डका विपक्षमा पाकिस्तानबाट खेलेर अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल भए । १९७३ देखि १९७५ सम्म युनिर्भसिटी अफ ब्लुज् क्रिकेट टिमका लागि खेले इमरानले ।
‘देशका लागि केही गर्ने अठोट’सहित सन् १९७६ मा पाकिस्तान फर्किएका इमरानले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीबाट न्युजिल्याण्ड र अस्टे«लियाविरुद्व खेले । इमरान वेस्ट इन्डियामा अस्टे«लियन सिरिज खेल्न थाले । वेस्ट इन्डिजमा इमरानको टोनी गेरिजसँग भटियो र वल्र्ड सिरिज क्रिकेटमा जोडिए ।
सन् १९८१–१९८२ मा श्रीलंकाविरुद्वको खेलमा इमरानले श्रीलंकाका ८ खेलाडीलाई ५८ रनमै समेटे । एकओभरमा ५ विकेट लिएका इमरानले विश्वको सबैभन्दा फास्ट बलर लिष्टमा आफूलाई समाहित गरे । र इमरानको बलिङ गति १३९.७ किमि प्रतिघण्टा छ । १९८२ मा ९ टेस्ट गेम खेलेका इमरानले फास्ट बलिङलाई कामयाव राख्दै ६२ विकेट लिए । १९८३ मा जनवरीमा भारतविरुद्व खेलेको टेस्ट म्याचमा इमरानको बलिङ अंक ९२२ अंकभन्दा माथि थियो । त्यतिबेलासम्म इमरान दुनियाँको छैठौँ बलरका रुपमा स्थापित बनिसकेका थिए ।
इमरानले सबैभन्दा बढी रन स्कोर १९९१ मा भएको अस्टे«लियाविरुद्व खेलमा हासिल गरेका थिए । इमरान यस्तो खेलाडी बने, जसले अरुको इलामामा आफ्नो धमाका देखाए । जस्तो इंग्ल्याण्डलाई इंग्लयाण्डमा र भारतलाई भारतमा पराजित गरे । इमरानकै नेतृत्वमा पाकिस्तानले १९९२ मा पाचौँ पटक वल्र्डकप जित्यो । क्रिकेट जीवनमा ८८ म्याच, १२६ इनिङ, ३,८०७ स्कोर, ७ स्तक र १८ अर्धशतक बनाए । इमरानको नेतृत्वमै १३९ वान डे खेलमा ७७ जित र ५७ वटामा अपराजित भए । सन् १९७३ जुन ३ मा क्रिकेट जीवन सुरुवात गरेको इमरानले सन् १९९२ को विश्वकप जितपछि अवकाश लिए ।
दुनियाँ क्रिकेट क्रेजको जादूमा लठ्ठिएका बेला अवकाश लिएका इमरान सामाजिक कार्यमा संग्लनता हुनथाले । आमाका नाममा क्यान्सर अस्पताल खोल्न सहयोग जुटाए । शौकात खानम एसियाकै सबैभन्दा ठूलो क्यान्सर अस्पताल इमरानकै साकार सपना थियो । अस्पतालले गरिब र निमुखालाई जीवनदान दिएपछि इमरानलाई जीवनदाता मान्नेको संख्या बढ्यो । अस्ट्रेलियाको ‘ओजेड’ म्यागेजिनले त ‘महापुरुष’को उपाधि दियो ।
सन् १९९६ मा पाकिस्तानमा सेनाले शुरु गर्दा इमरान समर्थनमा थिए । तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसरफले पाकिस्तानमा सकंटकाल घोषण गरे । एउटा समाजसेवी र सहयोगकर्ताका रुपमा आन्दोलनमा छिरेका इमरान २५ अप्रिल १९९६ मा राष्ट्रिय पार्टी गठन गरेर नेता हुन पुगे । पाकिस्तानमा तेहरिक–ए–इन्साफ (पिटिआइ) पार्टी उदय भयो, संस्थापक इमरान थिए । इमरानको राजनीतिमा इन्ट्रि पाकिस्तानका लागि नयाँ तरंग थियो । तत्काल इमरानले पाकिस्तानी राजनीतिमा ‘ठोस परिवर्तन’ त ल्याउन सकेनन तर युवापिँढीको रोजाइमा इमरान पर्न थाले । राष्ट्रिय एसेम्बली अफ पाकिस्तानको चुनावमा इमरानको पार्टीले पनि दौडधुप ग¥यो । १९९६ मा स्थापना भएको पिटिआइले १९९७ को आमनिर्वाचनमा दुई उम्मेदवारी दियो तर जमानत गुमायो ।
असफलताको बाटोमा उभिएका इमरानले हार मानेनन् । १९९७ मा जनरल परवेज मुसफरसँग गठबन्धन बनाएका इमरानले १९९९ मा सेनाको शासनको खुलेर समर्थन गरे । गठबन्धन नै बनाएपछि इमरानले सन् २००२ मा पाकिस्तानमा २ सय ७४ सिटका लागि भएको आमनिर्वाचनमा चुनाव उठ्ने निधो गरे । गठबन्धनबाट चुनावी मैदानमा उत्रेका इमरानले मनुवालीबाट जम्मा एक सिटमा जीत हात पारे ।
चर्को र क्रुद्ध भाषणकला भएका इमरानले केही दिनपछि काश्मिर र सार्वजनिक लेखाहरुको स्थायी समितिमा एक हिस्सा बनेर काम गरे । ६ मइ २००५ मा, न्यु यर्करमा उल्लेख गरिएको थियो कि, गान्टानामो बे नौसेनामा अमेरिकी सेनाको जेलमा कुरानको आरोपबारे समाचारवेक कथाको मुस्लिम दुनियाँमा ध्यान आकर्षित गर्न ‘सबै भन्दा सीधा जिम्मेदार’ क्युबामा बेसलाई भनियो ।
पछि, इमरान र परवेज मुसरफबीच मनमुटाव देखियो । गठबन्धन फुटको संघारमा पुग्यो । इमरानका कार्यकर्ताले परवेज मुसरफको विरोध शुरु गरे । २ अक्टोबर २००७ मा पाकिस्तानमा शुरु भएको लोकतान्त्रिक आन्दोलनमा पाकिस्तानका अन्य पार्टी र दलले लोकतन्त्रका पक्षमा आन्दोलन गरे, शुरुदेखि नै सैनिक शासन समर्थन गर्दै आइरहेका इमरानले पनि लोकतान्त्रिक आन्दोलनकै पक्ष लिए । ८५ जना सांसद लिएर आन्दोलन शुरु गरेका इमरानले पाकिस्तानमा रहेको राष्ट्रपति शासनलाई र ६ अक्टोबर निर्धारित राष्ट्रपति चुनावको पनि विरोध गरे, जसकारण ३ मइ २००७ मा तत्कालीन राष्ट्रपति मुबाफले पाकिस्तानमा आपत्कालीन घोषणा गरियो, राष्ट्रपतिको घोषणापछि सरकारले इमरानलाई पक्राउ गरी नजरबन्द गर्ने वारेन्ट जारी ग¥यो । संयोग त्यसैदिन जनरल मुसरफले पनि राजीनामा दिए । तर त्यो दिन इमरान आफू पक्राउ पर्ने थाहा पाएर प्रहरीलाई छक्याउँदै फरार भए ।
पञ्जाव विश्वविद्यालयमा छात्र विरोधमा सहभागी हुनगएका इमरानलाई सुराकीका आधारमा १४ नोभेम्बर २००७ मा प्रहरीले नियन्त्रणमा लियो । प्रदर्शन समयभर प्रहरीले पञ्जाव प्राधिकरणमा डेरा गाजिया जेलमा राखियो । जेलमा चारदिन बितेपछि इमरानले १९ नोभेम्बरदेखि भोकहडताल शुरु गरे । ८ दिनपछि २२ नोभेम्बर २००७ को दिन इमरानलाई सरकारले एकाएक रिहा ग¥यो । इमरानले जेलमा करिब आठ दिन बिताए । जेलबाट छुटेपछि केहीदिन निष्किृय रहे ।
सन् २०१३ अप्रिल २०१३ मा पञ्जाब पिपुल्स पार्टीसँग चुनावी गठबन्धन बनाएर सरकार बनाउन् इमरानले प्रस्ताव गरे । तर पञ्जाब पिपुल्सको पार्टीले अस्वीकार ग¥यो । इमरानले ३० अक्टोबर २०११ मा लाहौरमा एकलाख भन्दा बढी समर्थकलाई सम्बोधन गरे र त्यसपछि हजारौँ जनताबीच इमरानले २५ डिसेम्बरमा कराचीमा सम्बोधन गरे । इमरानको सम्बोधनले सरकार अप्ठेरोमा पर्दै गयो । नयाँ परिवर्तन हुँदै गयो । सम्मेलन गरेर जनतामा आफ्नो प्रभाव बनाउँदै गरेको देखेर अन्तर्राष्ट्रिय रिपब्लिकन इन्स्टिच्युट आइआरआइले गरेका सर्वेक्षणअनुसार खानको पार्टी छिट्टै पाकिस्तानको सबैभन्दा लोकप्रिय पार्टी र ठूलो बन्ने प्रतिवेदन बाहिर आयो । पराजयको सिँढी चढ्दै गरेका इमरानलाई एकाएक हौसला भयो । सत्तापक्षलाई टाउको दुख्न थाल्यो ।
२०१३ को निर्वाचनमा इमरानले रणनीतिक ढंगले काम गरे । तत्कालीन पाकिस्तान पिपुल्स पार्टीको सरकारविरुद्ध भ्रष्टाचारको मुद्दा उठाउनुका साथै र अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा अमेरिकी ड्रोन आक्रमणको विरोध गरे । निर्वाचनपछि पाकिस्तानी राजनीतिमा पकड जमाएका स्थापित दुई ठूला पार्टीः पिपिपी र पिएमएलको विकल्पका रूपमा अघि आउन सक्ने सम्भावना देखायो ।
२३ मार्च २०१३ मा इमरानलले सुरु गरेको चुनावी अभियानमा उनले अघि सारेको ‘नयाँ पाकिस्तान’ को संकल्प पूरै पाकिस्तानमा भाइरसजस्तै फैलियो । इमरानमाथि बढ्दो युवा र नागरिकप्रेमले उनलाई भविष्यको प्रधानमन्त्री भनेर त्यसैबेला धेरैजसोले आँकलन लगाइसकेका थिए । त्यसबेला पाकिस्तानको ठूला पार्टी आत्तिन थालेका थिए ।
२९ अक्टोबर २०१३ मा पाकिस्तानमा सार्वजनिक गरिएको चुनावी प्रतिवेदनमा पाकिस्तानका ठूलो पार्टी पाकिस्तानी मुस्लिम लिगको प्रमुख प्रतिपक्षीको रुपमा इमरान र इमरानको पार्टी पिटिआइलाई हेर्न लागियो । २०१३ मइ २०११ मा पाकिस्तानमा भएको आमनिर्वाचनमा पाकिस्तान मुस्लिम लिगको स्पष्ट बहुमत आयो । इमरानको प्रस्ताव अस्वीकार गरेका पाकिस्तान मुस्लिम लिग पार्टीले इमरानकै कारण बहुमत लाउन सफल भयो । लोकप्रिय बनेका दुईटैको पार्टीले राम्रो परिणाम ल्याएको थियो । इमरानको पार्टी पिटिआइले मात्रै ३० संसदीय सिट हासिल गरेको थियो । जनवरी २०१४ मा आइपुग्दा इमरान पाकिस्तानमा लोकप्रिय राजनीतिक अनुहार बनिसकेका थिए ।
१४ अगष्ट २०१४ मा इमरानले आफ्नो समर्थकसँगै पाकिस्तानको लाहौरदेखि इस्लामाबादसम्म ¥याली गरे । १५ अगष्ट २०१४ मा पाकिस्तानको राजधानी इस्लामाबादमा सम्बोधन गरे । इमरान समर्थकले निकालेको जुलुस ‘रेड जोन’ मा पुग्यो । प्रहरीसँगको मुठभेडमा तीन प्रदर्शनकारीको मृत्यु भयो । ३ सय ९५ जना घाइते भए ।
२०१८ को आमनिर्वाचनआक्रामक, कठोर र कुशल कप्तानका रुपममा चिनिएका इमरान राजनीतिमा पनि उतिकै प्रसिद्घ छन् । राजनीतिमा अनेक उतारचढाव र कडा परिश्रमका कारण इमरानले अन्ततः २५ जुलाइ २०१८ मा पाकिस्तानमा भएको आमनिर्वाचनमा सन्तोषजनक र सम्मानजनक परिणाम हासिल गरे ।
चुनाव जिते भ्रष्टाचार अन्त्य गर्ने, आतंकवाद सिध्याउने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डाका साथ चुनाव लडेका इमरानको दल सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको छ । इमरान खानको दल पिटिआइले सबैभन्दा धेरै स्थान ११४ सिट जितेको छ । मुस्लिम लिगले ६३ र पिपिपीले ३९ स्थानमा विजय हासिल गरेको छ । पाकिस्तानी नागरिक भ्रष्टाचारको दलदलबाट माथि उठेर नयाँ र वैकल्पिक शक्ति रोज्न स्वतन्त्र भएकामा अधिकार प्रयोग गरेका छन् ।
सबैभन्दा बढी सिट हासिल गरेका इमरानलाई जनताले ‘नयाँ प्रधानमन्त्री’का रुपमा देखिसकेका छन् । प्रधानमन्त्री बन्न १ सय ३६ सिट चाहिएको छ । इमरानसँग ११४ सिट मात्र छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी मुस्लिम लिगले ६३ सिट मात्र जितेकाले सरकार बनाउने हैयितमा छैनन् । शरिफ भ्रष्टाचार आरोपमा छोरीसहित जेलमा छन् ।
चुनावी एजेण्डा कार्यान्वयनमा इमरानले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्नेबारे पाकिस्तानमा चर्चा चलिरहेको छ । क्रिकेटको सफल कप्तानसँगै सत्ताकै बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर इमरानको चर्चा चलिरहेको छ । पाकिस्तानमा इमरानको उदयले दक्षिण एसियाकै देशहरुमा तरंग ल्याएको छ ।
अनुवादकः शिव अधिकारी यदुवंशी एजेन्सीको सहयोगमा