–श्री कृष्ण चौलागाईं................
बाहिर अलिकति चियाउनेबुट्टेदार पर्दा छेऊबाटकालकठोरी मञ्चमा चलेकारङ्गमञ्चका दृष्यएकाएक कैद गर्दै थिएमेरा निर्दोष आँखाहरू ।
कस्ता न्यायमूर्ति मेरा आँखाहेर्ने शिवाय बोल्ने अधिकारविहीनयी आँखाले हजार तस्बिरहरूबिना फ्लास कैद गरिसकेछन् ।उपल्लोपट्टि हुर्कँदै गरेकाकलिला लाली रंग भर्न लागेकाकोपिला मुना सल्बलाउँदै थिए ।
धुले शहरको दुले होटलमाम चियाको चुस्कीसँगैचुरोटको धमिलो बादलभित्रनियाल्दै सोच मग्न थिएँ ।
त्यो सडकमा कालोपत्रे भन्दाकालो मन लिएरकाला मान्छेहरू चिल्ला गाडीमाचहलपहल गरिरहन्छन् ।शहरको चिच्याहटमाकति ग्रामीण जीवनहरूबहिरा भइसकेका छन् ।
शहरका सुकिलासेता मान्छेको मनकोइला अंगारजस्तैत्यो भन्दा पनि कालोछिःछिःछिःछिः आमाकस्तो सभ्यता, कस्तो संस्कृति ?
मान्छे भनाउँदा जन्तुहरूभयानक डरलाग्दाकति घिनलाग्दाराज गोमन भन्दा विषालुकाला ओढारजस्ता आत्मा भएकाआडम्बर कस्तो कस्तोहामी त शहरमा दुई कौडीकोत्यो पनि रहेनछौँ आमा ।
कोपिलाहरू फक्रन नपाउँदैयौन पिपासुद्वारा च्यातिँदा रहेछन्।ती अम्लान् मखमली कोपिलापातपात पनि चिमोटिँदा रहेछन्।
ती शहरका कालाब्वाँसा जस्ता दानवलेबिहानीको लालीमाती मुस्कुराउँदै गरेका कोपिलाहरूलछारपछार गर्दैआँधीले झैँ ढाल्दा रहेछन् ।
कोपिलाहरू रक्ताम्मे थिएअबेर रातसम्मशहरको कालो अरिङ्गाललेघरिघरी डसेका थिएती मुना कोपिला ।ती कोपिलाको हरेक अंग प्रत्यङ्गशहरिया बिच्छीलेपटकपटक डसिसकेका थिए ।
तर पनि कोपिला मुनानिहुरिएका थिएनन् ।घरिघरी पर्दाबाटत्यो जुनेली कालो रातलाईचियाउँदै थिई मुना ।रसहीन, सुगन्धरहितभैसकेकी थिई कोपिला ।ध्वाँसे आत्माहरू मसानघाटबाटउठे झैँ आक्रोसमा थिए,शहरका काला मान्छेहरू ।(अबोध बालिका, लाउँलाउँ र खाउँखाउँ उमेरमा कोपिला फूल्न नपाउँदै काला मान्छेको बलात्कारले यो संसारबाट बिदा लिनु पर्यो । यही सत्य घटनामा आधारित भएर लेखिएको हो–लेखक)
–सिद्धिचरण (८,ओखलढुंगा)