काठमाडौं । चलचित्र छक्का पञ्जा–३को गित सार्वजनिक भएको छ ।
‘पहिलो नम्बरमा’ बोलको गीतमा स्वर डेभिड शङ्कर र बिन्दु परियारको रहेको छ। गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत दीपक शर्माको रहेको छ
छक्का पन्जा अघिल्लो सिरीजमा जस्तै यो सिरिजको गीतले पनि सबैको मन जित्ने पक्का छ। म्युजीक भिडियोमा चलचित्रमा मुख्य अभिनयमा रहेका सबै जसो कलाकार अटाएका छन् ।
कलाकार प्रियङका कार्की ,वर्ष राउत ,स्वस्तीमा खड्काले नृत्य गर्नुभएको यस गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ । दीपाश्री निरौलाले निर्देशन गर्नुभएको चलचित्रमा दीपकराज गिरी,दीपिका प्रसाई , केदार घिमिरे, बुद्धि तामाङ, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल,विल्सनविक्रम राई,किरण केसीलगाएतको अभिनय छ ।
चलचित्र भने दशैँको फुलपातीको दिन रिलिज हुदैछ।
https://www.youtube.com/watch?v=sP5iikc2MW4