* अध्यक्षमा तीन आकांक्षी, महिलाको पनि उम्मेदवारी* पदाधिकारीहरु एक तह बढुवाका पक्षमा* राजनीतिक रंगले सदस्यहरु खुल्न बाँकी* सहमतिको ढोका खुला रहेको अध्यक्षका आकांक्षीहरुको तर्क
रामजी प्रसाद लम्साल पोखरा । उद्योगी व्यापारीहरुको छातासंस्था पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी शुरु भएपछि व्यापारीहरु समूह बनाएर नेतृत्व कब्जाको होडमा लागेका छन् । संघको ३२ औँ अधिवेशन भदौ अन्तिम साता या असोज पहिलो साता हुने तयारी भइरहेको छ ।
संघको नेतृत्व लिन तीनजना आकांक्षी देखिएका छन् । संघका महासचिव दामु अधिकारी र पूर्वमहासचिव नारायण कोइरालाले समूह नै बनाएर नेतृत्वका लागि कसरत शुरु गरिसकेका छन् । अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएर वाणिज्यतर्फ उपाध्यक्षमा विजयी विन्दु कोइराला सुवेदी पनि अध्यक्षका आकांक्षा देखिएकी छन् ।
अध्यक्षका आकांक्षी अधिकारी नेकपानिकट व्यवसायी मानिन्छन् भने कोइराला कांग्रेसनिकट मानिन्छन् । सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज व्यापारीमा उठे पनि दुई प्यानलबीच नै चुनाव हुने सम्भावना देखिएको छ । पछिल्लो समय संघको निर्वाचनमा राजनीतिक हावा बग्न थालेकाले सर्वसम्मत नेतृत्व चयन सम्भावना निकै कम छ । अध्यक्षका आकांक्षी अधिकारी र कोइराला दुवै राम्रो टिम बनाउन आन्तरिक तयारीमा होमिएका छन् । दुवैले आफूनिकट व्यवसायी र पूर्वअध्यक्षहरुसँग परामर्श लिँदै चुनावको तयारी गरेका छन् । अध्यक्षका आंकाक्षी अधिकारी र कोइरालाले सहमतिको बाटो खुला रहेको पनि बताएका छन् । दुवैले आफू अध्यक्षको प्रमुख दाबेदार भएको बताउँदै सहमतिकै पक्षमा रहेको धारणा राखेका छन् ।
कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजू स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको वडा नम्बर ३ मा अध्यक्ष बनेपछि उनी संघबाट बाहिरिनेछन् । उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की पुनः पदमा दोहोरिने मनस्थितिमा छन् । कोषाध्यक्ष पवन प्रजापति महासचिवको आकांक्षी देखिए पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने सम्भावना छ । उपमहासचिव अर्जुन पोखरेल महासचिवका उम्मेदवार बन्ने निश्चितजस्तै छ । पदाधिकारीका आकांक्षीहरु अधिकारी वा कोइराला कुन प्यानलबाट उम्मेदवार बन्ने भन्नेमा ‘पर्ख र हेर’कैै रणनीतिमा छन् । कार्यसमितिका केही सदस्य पनि पदाधिकारीका आंकाक्षी देखिएका छन् ।
३० औँ अधिवेशनसम्म अध्यक्षात्मक प्रणालीमा निर्वाचन हुँदै आएको संघमा ३१ औँ महाविधेशनबाट सबै पदमा खुला प्रतिस्पर्धा भएको हो । वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । २९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात पदाधिकारीबाहेक २१ सदस्य रहनेछन् । सदस्यमध्ये चार जना बस्तुगत संघहरुबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निर्वाचित हुनुपर्नेछ । ४ सदस्य पछि मनोनीत हुनेछन् । संघमा ३ हजार ३ सय ५० मतदाता छन् ।
पदाधिकारीका आकांक्षीहरु अधिकारी वा कोइराला कुन प्यानलबाट उम्मेदवार बन्ने भन्नेमा ‘पर्ख र हेर’कैै रणनीतिमा छन् । कार्यसमितिका केही सदस्य पनि पदाधिकारीका आंकाक्षी देखिएका छन् ।