रामजीप्रसाद लम्साल
कास्की । शनिवार बेलुकादेखि बेपत्ता रहेका पोखराका व्यापारी फरिन्द्र ढुङ्गानाले लेखेर छोडेको नोटको आधारमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
ढुङ्गानाले लेखेको सुसाइट नोटमा साहुको मिटर ब्याजका कारण आफ्नो जीवन असहज भएको भन्दै दुई साहुका कारणले आफूले यो निर्णय लिन बाध्य भएको उल्लेख गरेका थिए ।
पोखरा सभागृह गेट नजिकै इ भा ट्रेडर्सका सञ्चालक ३५ वर्षीय ढुङ्गाना शनिवार बेलुकादेखि सम्पर्क विहीन छन् । उनले आर्थिक समस्यामा परेको भन्दै माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याज साहुका कारण आफूले अन्तिम निर्णय लिन बाध्य भएको कुरा नोटमा उल्लेख छ ।
उनले उल्लेख गरेका दुई व्यक्ति माधव लाल श्रेष्ठ, बालकृष्ण घिमिरे लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्र गुरुकुल जानकारी दिनुभयो । ‘हामीले उहाँहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ, दोषी हो कि होइन भन्ने कुरा अनुसन्धान पछि मात्रै थाहा हुन्छ गुरुङले बताउनु भयो ।’
त्यस गैरी बेपत्ता ढुङ्गानाको बारेमा पनि खोजी कार्यलाई तीव्र बनाइएको गुरुकुल बताए । चोर साँघु सेती नदीमा मान्छे हाम फालेको स्थानीयको भनाई , ढुङ्गाना चढेको स्कुटर त्यही भेटिनु, डिक्किमा नोट फेला पर्नु लगायतका आधारमा ढुङ्गानाले हाम फालेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले खोजी कार्य जारी राखे पनि आज सम्म ढुङ्गाना पत्तो लागेको छैन । उनको श्रीमती १ छोरी र १ महिनाको छोरा रहेका छन् ।