समाजका गन्यमान्य व्यक्ति नै अपराधी पत्ता लगाएर कानुनी कठघरामा ल्याउनुको साटो आर्थिक प्रलोभनमा दोषीलाई चोखो बनाउन उदत हुन्छन् । प्रहरी पनि उजुरी लिनै मान्दैन ।
–राधिका जोशीकाठमाडौं । कञ्चनपुरमा असार २६ गते, १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या । यो पीडा सेलाउन नपाउँदै भीमदत्त–२ महुलिया उल्टाखाममा १३ वर्षीया निर्मला पन्तको उखुबारीमा शव फेला । साथीकहाँ गृहकार्र्य गर्न गएकी निर्मला भोलिपल्ट मृत भेइिन् । सरस्वती मावि खोल्टीमा कक्षा ९ मा अध्ययनरत निर्मलाको निम्बुखेडा खोलापारी उखुबारीमा बलात्कारपछि घाँटी च्यापेर हत्या भएको घटनाले मानवीय सभ्यतामै कलंक पटाक्षेप ।
उखुबारीमा निर्मलाको शव अर्धनग्न अवस्थामा फेला प¥यो । शुक्रबार बिहान निम्बुखेडा खोला सडकमा निर्मलाको साइकल, कापी र अम्बा फेला पारे । रोशनीले होमवर्क गरिसकेपछि निर्मलालाई अम्बा दिएर घर पठाएकी थिइन् । रोशनीले दिएको अम्बा परिवारका सदस्यसँग बसेर खाने निर्मलाको सपना अधुरै रह्यो ।
कञ्चनपुरकै कृष्णपुर–२ बंकमा एक किशोरी बाबुबाटै बलात्कारमा परिन् । वैशाखमा घरमा कोही नभएका बेला कोठामा सुतिरहेकी १४ वर्षीया किशोरी बाबुकै पाशविक बलात्कारमा परिन् । आमा नहुँदा बाबु नै घरमा राक्षसी अवतारमा उत्रेपछि किशोरी आफैँ प्रहरीमा पुगिन् ।फागुन तेस्रो साता कृष्णपुर नगरपालिका–४ खल्ला ढैय्यामा स्कुल हिँडेकी किशोरी बलात्कारको सिकार भइन् । स्कुल जाँदा बाटोमा पर्ने सामुदायिक वन नै किशोरीको जीवनमा बज्रपात आउने थलो बन्यो । किशोरी बेहोस अवस्थामा भेटिइन् । घटना भएको सातदिनपछि पुनर्बास नगरपालिकामा–४ वर्षीया बालिका बलात्कृत भइन् । प्रहरीका अनुसार बालिका छिमेकीको गिद्देद्दृष्टिमा परिन् ।
चैत अन्तिम साता भीमदत्त नगरपालिका–१० जिमुवामा ९ र १० वर्षकी दुई बालिका छिमेकीबाटै बलात्कृत भए । पैसा दिएर स्थानीय युवकले बलात्कार गरे । हप्तैपिच्छे बालिका बलात्कार भएका घटनाले अखबार, टिभी, अनलाइन, युट्युब भरिभराउ देखिन्छन् । गतहप्ता १३ वर्षीया बालिका जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनिन् र बलात्कारमा परिन् ।
करणी आरोपमा एक युवक पक्राउ परेका छन् । बालिकालाई करणी गरेको आरोपमा भेरी नगरपालिका–४ बोहराका ३३ वर्षीय सविन चन्दलाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल, पैसा र घडी दिन्छु भन्दै शुरुमा फकाउँदै र पछि नमानेपछि मारिदिने धम्की दिएर स्थानीय होटलमा उनी करणीको सिकार भइन् । पीडित बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि मात्रै घटना बाहिर आयो ।
घटनामा ती बालिकासँगै उनकी सानीआमा नाता पर्ने १५ वर्षीया अर्की बालिका पनि करणी आरोप लागेका स्थानीय रुपक चन्दको खोजी भइरहेको छ । यता, कञ्चनपुरको घटनामा भने अपराधी खोज्न भन्दा लुकाउन राजनीति भइरहेको छ । जाजरकोट घटनामा पनि बलात्कारविरुद्ध मुद्धा नचलाउन स्थानीय नेता, केही जनप्रतिनिधि र पहुँचवाला अभियुक्त जोगाउन कसरत गरिरहेका छन् । नाबालिका छोरी बलात्कार गर्नेलाई कारबाही माग्दा विभिन्न प्रलोभन र धम्की दिएर मुद्दा नदिई मिलापत्रमा दबाब पक्कै उचित होइन ।
बालिका होटलको कोठामा थुनेर बलात्कार गरिन्छ । समाजका गन्यमान्य व्यक्ति नै अपराधी पत्ता लगाएर कानुनी कठघरामा ल्याउनुको साटो आर्थिक प्रलोभनमा दोषीलाई चोखो बनाउन उदत हुन्छन् । प्रहरी पनि उजुरी लिनै मान्दैन । मुद्दा लेख्न वकिल नमान्ने । मानिहाले पनि मुद्दा लड्न धेरै खर्च लाग्ने भन्दै डर देखाउन खोजिने । पीडितलाई पीडामाथि थप पीडा लोकतन्त्रको कुरुप पक्ष बनेजस्तो भएको छ । लोकतन्त्रमा पारदर्शिता तथा जवाफदेहिता, मानवअधिकारको सुरक्षा, न्यायिक स्वतन्त्रता, सामाजिक न्याय, सुशासन प्रत्याभूत हुनुपर्छ ।
तर यहाँ त्यस्तो भएको छैन । मुलुकमा हत्या, हिंसा, भ्रष्टाचार र बलात्कारका घटनाले प्रश्रय पाइरहेको छ । भ्रष्टाचारीलाई जस्तै बलात्कारीलाई पनि राजनीतिक संरक्षणले शून्य सहनशीलतामा मोसो दलेको छ । दोषीले कारबाही पाए कतै श्रृंखलाबद्ध बलात्कारका घटना न्युन हुन्थ्यो कि ?किन बुझ्दैन यो समाज कि, केही दिएर बलात्कारीलाई उन्मुक्ति दिँदा उसको मनोबल बढेर फेरि अर्की बलात्कारको योजनामा समाजमा डुलिरहन्छ ।
अनि बलात्कारजस्ता पाशविक यातना भोगेकी छोरीचेलीलाई एकपटक सोध्नुहोस्, उसको आत्मा कति रोएको हुन्छ ? जीवनभर भुल्न नसक्ने त्यो घाउले कति पोल्छ ? बलात्कारीका पैसाले छोरीको घाउ कहाँ निको हुन्छ ? जुलुश, सम्मेलन, वकालत होइन, बलात्कारीलाई अदालत हुँदै कारागारसम्म पु¥याउने एउटा अठोट कहिले लिने समाजले ?
बलात्कारीका पैसाले छोरीको घाउ कहाँ निको हुन्छ ? जुलुश, सम्मेलन, वकालत होइन, बलात्कारीलाई अदालत हुँदै कारागारसम्म पु¥याउने एउटा अठोट कहिले लिने समाजले ?