ऎना र पानीमा अनुहार मात्र देखिन्छ, भाग्य देखिँदैन
कथा
पूर्वको अँगेनाले अघि नै आगो बालिसकेछ । कति हतार गर्छ त्यो अँगेना तात्तिन । खै कुन्नि के पगाल्नु छ उस्लाई आँखा, मन या पृथ्बीको छाति ? रातभर अनिदा यी आँखा बिहानीपख यसो लोलाउन खोज्दै थिए । बिनाअनुमति झ्यालबाट लुसुक्क एक टुक्रा घाम कोठाभित्र छिर्छ र मेरो आँखाको ढकनी खुल्छ । आज थाहा भयो, एउटा तस्बिरको तागत कति हुँदोरहेछ । रातलाई अनिदो बनाइदिने त्यो शक्तिशाली तस्बिरलाई सलाम ।
बिहानीको ताजा हावामा केहीबेर हिँड्नु दैनिकी बनेको छ । बाध्यताले पनि कतिपय बानीलाइ दैनिकीमा बदल्दो रहेछ । पेट लागेर आफ्नै ज्यान आफैलाई भारी भएको छ । यदि यसो नगर्ने हो भने यो भुँडी झोलामा बोकेर हिँड्नुपर्ने दिन पनि आउन सक्छ । आज त बिहानी पनि रापिलो छ । केही दिनसम्म यस्तै हुने हो भने पृथ्बीको छाति ज्वालामुखी बनेर विस्फोट हुन के बेर ? धन्न धर्ती सहनशील छ । यतिबेला छातिभित्र बोकेर हिँडेको हिमाल पनि पग्लिँदै छ विस्तारै ।
कहिलेकहीँ आफूलाई रोबर्टझैँ सम्झन्छु । परदेशले मान्छेलाई रोबर्ट बनाउँदो रहेछ । दश वर्षदेखि रिमोटबाट चल्ने रोबर्ट भएको छु । कृतिम मुटु राखिएको छ । हातगोडा सबै कृतिम हुन् । ह्या म पनि के के सोच्छु !
[caption id="attachment_53293" align="alignright" width="150"]
–श्रीराम अधिकारी[/caption]
हरियो चौरबीचमा एउटा पारिजातको रुख र रुखमुनि बस्न बनाइएको लामो बेन्च । यो उखर्मौलो गर्मीमा रुखको छहारीमुनि बसेर हरियो चौरमा आँखाहरु चराउनुको मज्जै बेग्लै । हरियो रङ्गभन्ने बित्तिकै पहाड भुल्छु र पासपोर्ट सम्झिन्छु । देशले यस्तै सिकाएको छ । आफू त भूइँमान्छे, उचाइदेखि डर लाग्छ । छेवैका ती आकाशै छोउँला झैँ गरी ठडिएका महलले देख्दा हुन तर म नदेखे झैँ गर्छु । सगरमाथा बोकेर हिँड्ने यो मान्छेले घरनजिकैका अग्ला पहाड भासिएको देखेदेखि उचाइसँग डर लाग्न थालेको हो ।
निधारको पसिना पुछ्दै बेन्चमा बस्छु । त्यतिबेलै एउटा पारिजातको फूल खुत्रुक्क मेरो टाउको माथि खस्छ । फूलले दुखाउदैन भन्थे, हो रहेछ । यसो माथितिर फर्केर हेरेँ । एउटा फूल माख्लो हाँगाबाट झरेर तल्लो हाँगामा अल्झेको रहेछ । सोचेँ दुवै एकैसाथ एउटै हाँगाबाट झरे होलान्, एउटा ममाथि खस्यो । अर्कोचाहिँ तल्लो हाँगामा अल्झ्यो । सायद मातृप्रेम भनेको यही होला । आफ्ना सन्ततिलाई गुमाउने मन कस्को हुन्छ र ? त्यो तलको हाँगाले दुवैलाई अल्झाउन कोसिस गरेको’थ्यो होला । तर एउटा मात्र अल्झिन सफल भयो । सायद भाग्य भनेको पनि यही होला । भनिन्छ नि, आआफ्नो भाग भोगको कुरा । त्यो झरेको फूल यहाँ कुनै मन्दिरमा सजिन पाउने छैन । त्यसैले सजाएँ कानमा सिउरेर ।
मः मैले तपाईंको इतिहास सम्झाएर तपाईंलाई दुःखी बनाएँ । भो अब अरु नसुनाउनु तपाईंलाईं झन पीडा हुन्छ ।
उः यसरी मेरो ब्यथा सुनिदिने मान्छे मात्र भेट्दा पनि मन हल्का भएको महसुस हुन्छ । रातभर घरको भित्तोलाइ सुनाउँछु । सिरानीलाई सुनाउँछु । श्रीमतीको तस्बिरअगाडि राखेर सुनाउँछु । कास त्यो भित्तो बोल्थ्यो भने त्यो तस्बिर बोल्थ्यो भने । फेरि खुइय..... लामो सास फेर्छन् ।
एउटा बूढो मान्छेलाई लठ्ठीले डोर्याउदै त्यही बेन्चको पल्लो छेउमा ल्याएर राखिदियो । अन्दाज गरिहालेँ, ९० जतिको हुनुपर्छ । त्यो बूढो मान्छेको छेवैमा पानी जमेको सानो आहाल थियो । सायद बिहान पानीको पाइप फुटेको थियो । हाम्रोतिर जस्तो यहाँ मूल फुटेर पानी निस्किँदैन । कोमल बस्तुहरु मात्रै फुट्छन । हाम्रो मन कोमल छ र धर्ती पनि । त्यो बूढो मान्छे एकटकले जमेको पानीको आहालमा हेरिरहेको छ । पानी सफा छ । पानीभित्र आकास देखिएको छ । उसले मुन्टो घोप्ट्याएर पानीको नजिकै लग्यो । एकैछिन पानीमा हेर्यो र ठडियो । उसको अनुहारमा एकाएक उदासी झल्किन थाल्यो । सायद उसले पानीमा आफ्नो अनुहार देख्यो कि ! ऎना र पानीमा अनुहार मात्र देखिन्छ, भाग्य देखिँदैन । पानीको अक्षरले आफ्नो अतीत र भोगाइ लेख्नु र पसिनाका अक्षरहरुले जिन्दगी र खुशी लेख्नु उस्तै उस्तै लाग्छन । दुबै मेटिएर जान्छन् । जिन्दगी तरल हुनुपर्छ । तर कुनै रङ्ग नभएको पानी जस्तो पनि के काम ।
रुपरङ्ग, यौवन त उमेर छउन्जेलका पाहुना हुन् । आउँछन् र जान्छन् । बुढेसकालमा आफ्नै रुप देखेर आफैँ दङ्ग परिन्छ होला । त्यो भोग्न त बाँकी नै छ ।
फुलेको दाह्री, निधारभर गुजुङमुजुङ परेका भोगाइका धर्काहरु, थर्थर काँपिरहेका हातहरु र उसको साथी त्यो लौरो, मैलो गन्जी र सुरुवाल । म उसलाई एकटकले हेरिरहन्छु । मन मान्दैन उसको नजिकै गएर बस्छु । हिब्रु भाषा राम्रै बोल्ने हुनाले मलाइ भाषिक समस्या छैन । अब केहीबेर एउटा इतिहास पढ्छु ।
हिब्रु भाषामा नमस्कार भन्दै मैले उसको हालखबर सोधेँ । उसले हालखबर सुनाउनु पहिला मेरोबारे सोध्यो । मैले संक्षेपमा आफ्नो परिचय दिएपछि आफ्नोबारे भन्न लाग्यो ।
एक सालअघि उसको श्रीमतीको निधन भएको रहेछ । त्यो मृत्युको पीडाबोध उसको आँखामा झल्कियो । त्यो बूढो मान्छे रुँदा कति नमज्जा लाग्ने रहेछ । बूढाका दुई छोराहरु रहेछन् । छोराहरुले खासै वास्ता नगर्ने गुनासो गरिरहँदा फेरि बूढाको आँखा रसिला भए । दुई महिना पहिलासम्म राम्रै रेखदेख गर्थे रे । आफ्नो नाममा भएको एउटा घर दुवै छोरालाई वण्डा गरिदिएछन । घर आफ्नो नाममा भएपछि छोराहरुले वास्ता गर्न छोडेका ! नेपालमा जस्तै । ‘आजभोलि त आउनै छोडे । फोन पनि गर्दैनन् । मै सम्झेर कहिलेकाहिँ फोन गर्छु । एकैछिन बोल्छन् र व्यस्त छु भनेर राखिदिन्छन् । लामो सास फेर्छन् ।
मः मैले तपाईंको इतिहास सम्झाएर तपाईंलाई दुःखी बनाएँ । भो अब अरु नसुनाउनु तपाईंलाईं झन पीडा हुन्छ ।
उः यसरी मेरो ब्यथा सुनिदिने मान्छे मात्र भेट्दा पनि मन हल्का भएको महसुस हुन्छ । रातभर घरको भित्तोलाइ सुनाउँछु । सिरानीलाई सुनाउँछु । श्रीमतीको तस्बिरअगाडि राखेर सुनाउँछु । कास त्यो भित्तो बोल्थ्यो भने त्यो तस्बिर बोल्थ्यो भने । फेरि खुइय..... लामो सास फेर्छन् ।
त्यतिकैमा मोबाइलमा घण्टी बज्यो । साथीसँग गफ गर्न थालेँ । गफ गर्दा पनि त्यही बूढो मान्छेको क्रियाकलाप निहालिरहन्छु । अघि जमेको पानीको आहालको आयतन विस्तारै सुक्दै साँघुरिदै गयो । अब उसले आफ्नो अनुहार पानीमा निहाल्न सक्दैन । अब आफैँलाई हेरेर झस्किनु पर्दैन उसले । बूढोले आफूसँगै राखेको लौरो समात्छ । लाग्यो, बूढो घर फर्किन लाग्यो । तर होइन रहेछ । लौरो पानीमा हल्कासँग घोट्छ । यो दृश्य अजिब लागिरहेको थियो । हुन त त्यो जमेको पानी र उसको जिन्दगी उस्तै उस्तै हो ।
रुपरङ्ग, यौवन त उमेर छउन्जेलका पाहुना हुन् । आउँछन् र जान्छन् । बुढेसकालमा आफ्नै रुप देखेर आफैँ दङ्ग परिन्छ होला । त्यो भोग्न त बाँकी नै छ ।