राजन पौडेल पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
गृह जिल्ला पर्वतको कुश्मा नगरपालिकाको विकासका सम्भावना, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीय तहको समग्र विकास निष्पक्ष भएर गर्ने हो भने छिट्टै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । पूर्वाधार होस् वा अन्य विकास निर्माणका काम साझा दायित्वका साथ गर्न सकेमा मात्र नागरिकले चाहे अनुसारको विकास गर्न सकिने बताउँदै त्यसका लागि योजनाहरुलाई प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले विकास निर्माणको गुरुयोजना बनाउँदा जनप्रतिनिधिले आफ्नो कार्यकाल सम्मको नभई बिसौ बर्षका लागि हुनेगरी दिर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताउनुभयो । जनसम्म गुरुयोजना बनाएर विकास निर्माण गरिँदैन तबसम्म देखिनेगरी विकास हुन नसक्ने बताउँदै तिमिल्सिनाले त्यसका लागि विज्ञहरुसँग छलफल गरेर सम्भावनाहरुलाई अवसरमा बदल्नुपर्नेमा जोड दिनुभयो ।
तिमिल्सिनाले कतिपय स्थानीय र प्रदेश सरकारमा आवश्यक कानून र निति निर्माणको अभावले पनि कामले गति लिन नसकेको बताउँदै त्यसका लागि राष्ट्रिय सभा र प्रतिनिधिसभाले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले अब तत्काल आवश्यक नितिनियम र कानून बनाएर पठाउने तयारी भएको समेत जानकारी दिनुभयो ।
तिमिल्सिनाले राजनीतिक लडाई समाप्त भई मुलुकमा पाँच स्थायी सरकार आइसकेको बताउँदै अबको दिनमा मुलुकको समृद्धिका लागि आर्थिक तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले टुक्रे योजनाहरुमा बजेट नछर्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गर्नुभयो ।कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सिता काफ्ले लामिछाने र संचालन प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछानेले गर्नुभएको थियो । सो अवसरमा राजेन्द्र पहाडीले कुश्माको विकास, सम्भाबना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
तिमिल्सिनाद्धारा बाढिपहिरो पिडितलाई राहातआफनो गृह जिल्ला पर्वत आएका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पहिरो पिडितहरुको स्थलगत निरीक्षण सहित राहत प्रदान गर्नुभएको छ ।उहाँले दुई साता अघिको अबिरल बर्षाका कारण बिस्थापित भएका पर्वतको जलजला गाउँपालिका स्थित लस्तीका पहिरो पिडितहरुलाई गाउँमै पुगेर भेटघाट गर्नुभएको थियो । पहिरो पीडितहरुसंगको भेटघाटमा बोल्दै उनले लस्ती खोला संरक्षणका लागि तटबन्ध बनाउन तथा पहिरोबाट बिस्थापित सुकुम्बासी दलित परिवारको आवास निर्माणका लागि पहल गरिरहेको जानकारी गराउनुभयो ।
त्यसका लागि आँपूmले सबै विभागीय मन्त्री र सरोकारवालाहरुलाई पीडितलाई आवास र भत्किएको तटबन्ध बनाउनका लागि ध्यानाकर्षण गराएको पनि बताउनुभयो । बर्षासंगै आएको बाढी र पहिरोमा परी घर पुरिँदा गाउँपालिका अन्तर्गत लस्तीमा एक जनाको मृत्यू भएको थियो भने वडा नं. ७ र ८ का १४ घर विस्थापित भएका थिए ।
अध्यक्ष तिमिल्सीनाले बाढी पहिरो पिडीतहरुलाई प्रति परिवारको लागि नगद ५ हजार र खाद्यान्न सामाग्री पनि गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल मार्पmत पिडीतलाई प्रदान गरेका छन् ।