सापटी र ऋण गरेर नयाँ बजारमा रेष्टुरेन्ट सञ्चालन गरिन् । ‘बुबाको पहिलेका सबै ऋण तिरेँ नि,’ अनुहार नै उज्यालो पार्दै सगर्व उनले भनिन् । तर तुरून्तै खिन्नता देखियो । सुनाइन्, ‘उबेला छोरी जन्मायो भनेर हेला खेप्न बाध्य प्रिय आमालाई लाख कोसिस गर्दा पनि क्यान्सरबाट बचाउन सकिनँ, उही गीत सम्झन्छु, आमा तिम्रो दूधैको भारा (भाडा) यो जूनीमा तिर्न सकिनँ ।’
–इच्छा गुरूङएउटा कार्यक्रमको सिलसिलामा उनीसँग भेट भयो । ‘उनी’ अर्थात भगवती खड्का उर्फ युनिका । यद्यपि यो दोस्रो भेट थियो । पहिलो भेटमै पनि भगवतीलाई ‘नोटिस’ गरेकी थिएँ । औसत आममहिला भन्दा फरक शारीरिक बनावट र हाउभाउका कारण भिडमा उनी मेरो मात्र होइन प्रायः सबैको ‘नोटिस’ मा पर्छिन् ।
अजंगको शरीर र डरलाग्दो हेराइले जोकोही शुरूमा हच्किन्छन् । बाटोमा देख्दा कतिको नजर अड्किँदो हो र मनमनै कुरा खेल्दो हो, ‘अहो कस्तो भीमकाय !’ कति त उनी पुरूष या महिला के हुन् भनेर अलमलमा पनि पर्दा हुन् । भगवती नेपालको पहिलो महिला रेस्लरका रूपमा चिनिएकी साहसी पात्र हुन् । भारोत्तलन खेलकी राष्ट्रिय खेलाडी पनि । एक दशकदेखि व्यक्तिगतरूपमै महिला रेस्लरका रूपमा देशविदेशमा हुने रेस्लिङ खेलमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त नेपाली पुरूष रेस्लर हिमालयन टाइगरलाई गुरू मानेर भगवती अघि बढ्दा खेपिरहेको हण्डरको कथा चानचुने छैन ।
रामेछापमा जन्मी हुर्केकी भगवती बुबा प्रेमबहादुर र आमा प्रेमकुमारीकी एक्ली छोरी र दाजु जीतबहादुरकी एक्ली बहिनी हुन् । सानैदेखि फरक स्वभाव । गाउँमा हुँदा खोलाबाट पानी ओसार्ने जिम्मा छोरीकै भागमा थियो । साथीसंगीले एक गाग्री पानी बोक्दा उनी एकैपटक काँधमा राखेर दुई गाग्री पानी बोक्थिन् । एक्लै बोराका बोरा मल बारीमा ओसार्थिन् ।
अरू साथी घरधन्दा गरिरहँदा उनी ठूल्ठूला ढुंगा उचालेर छेलो हान्थिन् । सम्झन्छिन्, ‘स्कूल पढ्दा केटाजस्तो भन्थे सबै । उबेलामा गाउँमा हाम्रो पसल थियो । नयाँ मान्छे पसलमा आउदा बुबालाई तपाईंको छोरा हो भनेर सोध्थे । अनि बुबाले होइन छोरी हो भन्नुहुँदा एक निमेष ट्वाल्ल पर्नेहरू कम थिएनन् ।’
युद्दको रापतापमा धेरैले आफ्नो जिजिविषा अंकुराए, मारे । भगवतीको जिल्ला रामेछाप त अझ बढी माओवादी प्रभावित भूगोल थियो । ५ फिट ९ इन्च उचाइकी बडेमानका हेर्दै अजंग देखिने शरीरकी धनी भगवती त्यसमाथि कम्ब्याट बक्स पाइन्ट लगाएर हाट बजार घुम्थिन् । उनको त्यस्तो हुलिया देखेर माओवादी र सरकारी सेना दुवै सशंकित बनेको सम्झँदा भगवती रमाइलो मान्छिन् । आर्मी र माओवादी दुवै सुराकी पो हो कि भनेर सशंकित हुँदै उनको पिछा गर्दथे ।
पुरूषप्रधान नेपाली समाज र मानसिकताले ग्रामीण क्षेत्रमा छोरा र छोरीबीचको विभेद अझै पनि अस्तित्वमै छ । भगवती जन्मँदा यस्तो विभेद चरमचुलीमा थियो । छोरीका रूपमा भगवतीलाई जन्म दिँदा आमाले पनि त्यस्तै नियति भोगिन् । छोरी जन्माएको निहूँमा आमालाई परिवारले नै हेला गर्दथे भने छोरी भगवतीको त झन् के कुरा भो र ?
तर आमाले सधैँ स्नेहको मजेत्रोले न्यानो दिइन् र छोरीलाई हुर्काउन र उनका रहरका लागि आफ्ना रहर लुकाइरहिन् । छोरीलाई स्कूल पढाउदा कुरा काट्ने समाजको सामना गरेर छोरीलाई स्कुल पठाइन् । तर आमा र आफूमाथिको त्यो विभेद नै भगवतीको ‘विद्रोही स्वभाव’को पृष्ठभूमि बन्दै गयो ।
२०५२ बाट तत्कालीन नेकपा माओवादीले मुलुकमा सशस्त्र जनयुद्ध शुरू गर्यो । युद्दको रापतापमा धेरैले आफ्नो जिजिविषा अंकुराए, मारे । भगवतीको जिल्ला रामेछाप त अझ बढी माओवादी प्रभावित भूगोल थियो । ५ फिट ९ इन्च उचाइकी बडेमानका हेर्दै अजंग देखिने शरीरकी धनी भगवती त्यसमाथि कम्ब्याट बक्स पाइन्ट लगाएर हाट बजार घुम्थिन् । उनको त्यस्तो हुलिया देखेर माओवादी र सरकारी सेना दुवै सशंकित बनेको सम्झँदा भगवती रमाइलो मान्छिन् ।
आर्मी र माओवादी दुवै सुराकी पो हो कि भनेर सशंकित हुँदै उनको पिछा गर्दथे । ‘त्यस्तो बेला हट्टाकट्टा मान्छेलाई माओवादीले जाउँ भनेनन् त ?’ ठूला पाखुरा मुसार्दै भनिन्, ‘त्यतिबेला गाउँमा माओवादीको चन्दा आतंक चलिरहेको थियो । बुबाले किराना पसल चलाउनुहुन्थ्यो । त्यसैले माओवादीले हामीसँग पनि चन्दा मागेका रहेछन् । बुबाले चन्दा दिन नसक्दा हाम्रो पसल नै बन्द गर्नुपर्यो । त्यसपछि घरमा आर्थिक अभाव हुन थाल्यो, ऋणको ब्याज थपिँदै गयो ।’ ओ हो, एउटा प्रश्नमा कति अत्यासलाग्दो जवाफको फोहोरा ।
थप्दै गइन्, ‘सुनेकी थिएँ, माओवादीमा गयो भने पैसा कमाइन्छ रे । म पनि बुबाको ऋण तिर्न सक्छु कि भनेर माओवादी भएँ, छापामार हुन गएँ ।’ उनी केहीदिन उनीहरूसँगै हिँडिन् । तर उनीहरूको विचार र शैलीमा रम्न सकिनन् । त्यसैले केही समयपछि भागेर घर फर्किन् । तर डरले काठमाडौँमा डेरा गर्नु पर्ने अवस्था बन्यो । सुनाइन्, ‘गाउँमै बसिराखेकीे भए केही भन्न सकिन्नथ्यो, जे पनि हुन सक्थ्यो होला ।’
काठमाडौं आएपछि पनि सहज थिएन भगवतीको दैनिकी । भोकभोकै धेरै हन्डर खाँदै पढ्दै गर्दा आफ्नै व्यवसाय गर्ने आँट पलायो मनमा । त्यसैले सापटी र ऋण गरेर नयाँ बजारमा रेष्टुरेन्ट सञ्चालन गरिन् । ‘बुबाको पहिलेका सबै ऋण तिरेँ नि,’ अनुहार नै उज्यालो पार्दै सगर्व उनले भनिन् । तर तुरून्तै खिन्नता देखियो । सुनाइन्, ‘उबेला छोरी जन्मायो भनेर हेला खेप्न बाध्य प्रिय आमालाई लाख कोसिस गर्दा पनि क्यान्सरबाट बचाउन सकिनँ, उही गीत सम्झन्छु, आमा तिम्रो दूधैको भारा (भाडा) यो जूनीमा तिर्न सकिनँ ।’
मान्छेका स्वभाव अनि सपना सपना फेरिइहन्छ । भगवती अपवादमा परिनन् । एकदिनको कुरा हो । भिडभाड थियो । भगवती पनि पुगिन् । विराज भट्टको फिल्म सुटिङ पो भइरहेको रहेछ । भगवतीको ज्यान देखेर सरप्राइज अफर आयो कि । भगवतीलाई अभिनय गर्ने प्रस्ताव आयो । अस्वीकार गर्नुपर्ने कारण थिएन । क्यामेरा अगाडि उनले पनि आफ्नो सीप पस्किइन् ।
केही फिल्म र हास्य टेलिफिल्म जिरे खुर्सानीमा भगवती देखिइन् । एउटा पुरानो तर रमाइलो विषयले उनलाई रोमाञ्चित बनाउँदो रहेछ हरपल । सम्झन्छिन्, ‘सानै छँदा राजेश हमालको देउता फिल्म हेरेपछि उनैसँग विवाह गर्न मन लागेको थियो ।’ भगवतीको मुहारमा स्वाभाविक नारी लज्जा छचल्कियो । कुराकानीक्रममा थाहा भयो, ‘गीत संगीत उनको अर्को रूचीको विषय रहेछ ।’ लुकेन रहस्य । आफ्नै शब्द संगीतमा गीत रेकर्ड पनि भइसकेको रहेछ ।
तर जिन्दगीको संघर्ष कहाँ यति छिट्टै सकिन्थ्यो र ? कहिले के त कहिले कहाँ गरेर आफ्ना सपनाहरू छरपष्ट हुँदै गएको बोध भएपछि एउटै क्षेत्रमा केन्द्रित हुन चाहिन् । भारोत्तलनमा भविष्य खोज्ने अठोटमा पुगिन् । भारोत्तलनमा करियर राम्रोसँग अघि बढ्दै थियो । उनी राष्ट्रिय खेलाडीको दर्जासम्म पुगिसकेकी थिइन् । तर खेलक्रममा हात भाँचिएपछि पूर्णविराम लगाउन बाध्य भइन् ।
तर नामै भगवती भएर होला हरेश कहिल्यै खाइनन् । साहसी भगवतीले अर्को प्रष्ट लक्ष्य पहिल्याइन् महिला रेस्लर बन्ने । त्यसका लागि गुरू भरतबहादुर बिसुराल अर्थात हिमालयन टाइगरसँग औपचारिक प्रशिक्षण लिइन् । गुरूसँगै आफ्नो कडा मिहिनेतस्वरूप भगवतीले महिला रेस्लरको परिचय बनाउन सफल भइन् । त्यो समय नेपालमा महिला रेस्लर कोही थिएनन् । भगवतीलाई स्थापित हुन सहज भयो ।रेस्लरका रूपमा भगवतीले धेरैपटक भिडेकी छिन् । उनले विदेशी महिला रेस्लरका चुनौति पनि स्वीकारिसकेकी छिन् । ‘नेपालगञ्जमा रेस्लिङ खेलेर पहिलोपटक ५ हजार रूपैयाँ पारिश्रमिक पाउँदा फुरुंग भएकी थिएँ,’ भगवतीले सुनाइन् ।
शुरूका दिनहरूमा केटीले स्कुल जाने, खेल खेल्ने, फिल्म खेल्ने, गीत गाउने कुरा काट्ने समाजमा भगवतीले बलिष्ठ पाखुरीको बलमा हुने स्पर्धामा पनि छोरी अब्बल छे भनेर पुष्टि गरिन् । कुरा काट्नेहरू ओठहरु प्रशंसामा बदलिएका छन् । भगवती यसलाई सफलता मान्छिन् ।आफूले सिकेका र जानेका कुरा जति बाँड्यो उति बढ्दै जाने उनको मान्यता छ । त्यसैले महिला रेस्लरका रूपमा जानेका विषय संस्थागत गर्न ‘नेपाल महिला रेस्लिङ फाउन्डेसन’ स्थापना गरेकी छिन् । काठमाडौंको शान्तिनगरमा आफ्नै लगानीमा भाडामा जग्गा लिएर रेस्लिङ रिङ निर्माण गरेकी छिन् । उनी अन्य युवतीई रेस्लिङ खेल्न पे्ररित गर्छिन् । इच्छुक युवतीलाई निशुल्क प्रशिक्षण दिन्छिन् ।
नेपालमा मात्र होइन, विदेशमा पनि महिला रेस्लर व्यावसायिक हुन नसकेको उनको बुझाइ छ । देश बाहिर खेलेका खेलहरूमा सुविधा र पारिश्रमिक राम्रो भए पनि स्वदेशमा हुने सीमित खेलहरूमा पनि महिला र पुरूषमा विभेद हुने अनुभव भगवतीसँग छ । खेलेरै यस्ता विभेद मेटाउदै जाने उनको योजना पनि छ ।
भगवतीको एउटै लक्ष्य र सपना छ, ‘अन्तर्राष्ट्रियस्तरको डब्लुडब्लुएफ खेल्ने ।’ सपना कहिले पूरा होला ? उनीसँग जवाफ त छैन । तर यो प्रश्न गर्दा उनको मुहारमा छाएको चमक, उनमा बढेको एक्साइटमेन्ट र दृढ आत्मविश्वासको प्रकाशले भनिरहेको थियो, छिट्टै । किनभने यहाँसम्मको यात्रा र सफलता पनि कहाँ सजिलै हात लागेको थियो र ?
केही फिल्म र हास्य टेलिफिल्म जिरे खुर्सानीमा भगवती देखिइन् । एउटा पुरानो तर रमाइलो विषयले उनलाई रोमाञ्चित बनाउँदो रहेछ हरपल । सम्झन्छिन्, ‘सानै छँदा राजेश हमालको देउता फिल्म हेरेपछि उनैसँग विवाह गर्न मन लागेको थियो ।’ भगवतीको मुहारमा स्वाभाविक नारी लज्जा छचल्कियो । कुराकानीक्रममा थाहा भयो, ‘गीत संगीत उनको अर्को रूचीको विषय रहेछ ।’ लुकेन रहस्य । आफ्नै शब्द संगीतमा गीत रेकर्ड पनि भइसकेको रहेछ ।