–सरोज उजाड
१. प्रेम गर्नु पनि आखिर एउटा लत हुनसक्छनसम्झ मलाई फेरि सम्झने आदत हुनसक्छ
सम्हालेर राख्नु, मनको के ठेगान हुन्छ र ?बिनाकसूर गिरफ्तार अनि जफत हुनसक्छ
कोही बन्छन् मालामाल, कोही त कंगालप्रेम मान्छेको कमजोरी र तागत हुनसक्छ
मन एकातिर, तन अर्कोतिर भए के होला ?जुनी जुनी जोगाइ राख्ने अमानत हुनसक्छ
के पायौँ के गुमायौँ, हुन्न हिसाब जिन्दगीकोसम्झना जिन्दगी र आँसु ल्याकत हुनसक्छ
0000
२. जीवनको मूल्य कति बताइदे सरकारमेरो लासको ठेगान लगाइदे सरकार
म मरेको खबरले मूर्छित छिन् आमाबारम्बार समाचार नबजाइदे सरकार
घरबारी बेची पठाएथे खाडीमा छोरोबेघर मेरा बालाई घर बनाइदे सरकार
सपना किन्न अर्कैसँग हिँडेकी छिन्मेरी प्यारीलाई घर फर्काइदे सरकार
जन्मँदै टुहुरो बनेको छ छोरो आजउसको बालापन दिलाइदे सरकार
सहिद घोषणा गर मलाई र लासमामेरो देशको झन्डा ओढाइदे सरकार
0000
३. सतायौ मलाई नबोली नबोलीरुवायौ मलाई नबोली नबोली
म शीला किनार् को तिमी देव तुल्यैसजायौ मलाई नबोली नबोली
म पानी भएरै जमेको थिएँ हैचलायौ मलाई नबोली नबोली
म पोको रिसैको तिमी थ्यौ पियूषहसायौ मलाई नबोली नबोली
सुटुक्कै मनैमा भयो लौन हल्चल्नचायौ मलाई नबोली नबोली
–अमिट स्मृति साहित्य कुञ्ज, नवलपुर