तीर्थ / कान्ति न्यौपाने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम संघीय संसदको सदस्य बन्ने तयारीमा लाग्नु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा गृह जिल्ला बर्दियाबाट पराजित हुनुभएका गौतमलाई नेकपाले डोल्पाबाट संसदमा ल्याउने योजना बनाएको छ । त्यसको लागि डोल्पाबाट प्रतिनिधिसभा सदस्य बन्नु भएका धनबहादुर बुढालाई राजीनामा गराएर उपनिर्वाचन गर्ने तयारी भइरहेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा गृह जिल्ला बर्दियाबाट अप्रत्यासित पराजित भएका गौतमलाई डोल्पाबाट संघीय संसदमा ल्याउन लागिएको हो ।कम्युनिष्ट पार्टीमा केन्द्रीय नेतालाई जहाँबाट पनि उठाउन सक्छ । त्यही मान्यता अनुसार वामदेवलाई डोल्पाबाट उठाउन लागिएको हो ।
गौतम गएको मंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजय गौतमसँग पराजित भएका हुनुभएको थियो । । कांग्रेसका संजयले ४४ हजार ८ सय २९ ल्याउँदा वामदेवलाई ४४ हजार ७६ मत प्राप्त भएको थियो । चर्चित नेता भए पनि चुनावमा थोरै मतले पराजित भएपछि वामदेवको राजनीतिक उचाई एकाएक घटेको छ ।
पार्टीले संसदमा उहाँको आवश्यकता महशुस गरेर उपनिर्वाचनको तयारी गरेको हो । एक निर्वाचन क्षेत्र रहेको डोल्पाबाट नेपाल कम्युनिष्ट पार्टीका धनबहादुर बुढा सांसद हुनुहुन्छ । उहाँ संस्कृति पयर्यटन राज्यमन्त्री भइसक्नु भइसक्नुभएको छ । सांसद बुढालाई राजीनामा गराएर त्यहाँ नेता गौतमलाई उठाए, राजनीतिमा उहाँको लागि त्यो मौका परीक्षा हुनेछ ।
बुढालाई सांसदबाट राजीनामा गराउने प्रसङ्ग चलेपछि डोल्पाका केही समूहले भने त्यसको विरोध गर्न थालेका छन् । केही समूहले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन नै गरेर बुढालाई राजीनामा गराउने नहुने बताए । उनीहरुले बुढालार्इ राजीनामा गराए, गौतमलाई डोल्पा छिर्न नदिने उद्घोष समेत गरे । तर त्यसरी विरोध गर्नेहरु नेकपा सम्वद्ध नभई नेपाली काँग्रेस र नेत्रविक्रम चन्द ‘विप्लव’मा आवद्ध व्यक्तिहरु रहेको स्रोत बताउँछ । त्यसरी विरोध गर्नेहरु प्रायः काठमाडौमै बस्ने डोल्पालीहरु रहेको स्रोतको भनाई छ ।
डोल्पालीहरु सांसद स्थानीय होस् या बाहिरी ? त्यति चासो राख्दैनन् । अवसर दिनसक्ने तथा जिल्लाको लागि केही गर्न सक्ने व्यक्तिलाई नेता मान्न पाउँदा आफूलाई गौरवान्वित ठान्छन् ।
तर जिल्लामै बस्नेहरुलाई भने राजनीतिप्रति त्यति चासो छैन । उनीहरु राजनीति भन्दा पनि जीवन निर्वाह गर्नको लागि अवसरको खोजीमा हुन्छन् । उनीहरु सांसद स्थानीय होस् या बाहिरी ? त्यति चासो राख्दैनन् । डोल्पालीहरु अवसर दिनसक्ने तथा जिल्लाको लागि केही गर्न सक्ने व्यक्तिलाई नेता मान्न पाउँदा आफूलाई गौरवान्वित ठान्छन् । गौतम प्रभावशाली र आफ्नो निर्वाचन क्षेत्रको लागि पनि केही गर्न सक्ने नेता भएको कारण डोल्पालीहरुले उनलाई सहजै स्वीकार्ने स्थिति देखिएको छ । त्यसकारण संघीय संसदको मौका परीक्षामा नेता गौतम उतीर्ण हुने संभावना बढी छ ।