– डा.विजयकुमार पौडेल
कस्तो मेरो एकोहोरो प्रेम !तिमीले सधैँ बेवास्ता गर्ने,मैले तिमीलाई सर्वस्व ठान्नेमलाई तिमी नभै नहुने,तिमीलाई म नभए पनि हुने !
नबुझ्नेले मलाई ‘सनकी’ भन्न सक्छन्अन्ध विश्वासी पनि भन्न सक्छन्तर यो सत्य हो,म ‘ओह्याँ’ गरेर आमाको पेटबाट धरतीमा झर्नेबित्तिकैतिमीलाई अथाह मायाँ गर्न थालें,
त्यति मात्रै हैन,वैज्ञानिक हिसाबले विश्लेषण गर्ने हो भनेसाँच्चिकै सत्य केलाउने हो भनेममा चेतना नहुँदै तिमीप्रति आशक्त भएको हुँ,पिताको गर्भबाट आमाको गर्भमा पुग्नेबित्तिकैतिमीबिना बाँच्न नसक्ने भएको हुँ ।
युग बिते तर मेरो मायाँ अटुट छ,तिमीलाई मायाँ गर्ने पात्र फेरिए,तर मेरो मायाँ यथावत छ ।
एकजना हो र ?असंख्य छन् तिमीलाई मायाँ गर्ने,तिम्रो लागि सबैथोक त्याग्न सक्ने !कति धेरैलाई वशमा पार्न सकेकी !कति धेरै रंग–रुप देखाउन सकेकी !कति धेरै छलछाम गर्न सकेकी !
राजादेखि रंकसम्मलोभीदेखि दानीसम्मभोगीदेखि जोगीसम्मब्रम्हचारीदेखि गृहस्थसम्मचरित्रवानदेखि पातकीसम्मसबै तिम्रो जालमा छन्सबै तिम्रो ‘काल’मा छन् ।
कति सधैँ परीक्षा लिन्छ्यौ ?सधैँ कति अविश्वास गर्छ्यौ ?कहिले सडकमा पछार्छ्यौ,कहिले भिरबाट खसाल्छ्यौ,कहिले बगाएर खोलाको तीरमा फाल्छ्यौ,तर तिमीलाई छोड्न सकिन्न,तिम्रो माया मार्न सकिन्न ।
देशको सीमाना रक्षा गर्नअरुलाई मार्न या मर्नतयार भएर हिँडेको सैनिक होस्याक्रान्तिवीर होस् हिँडेको जमाना फेर्नसबै तिमीलाई उत्तिकै मायाँ गर्छन्सबै तिमीलाई, मात्र तिमीलाई चाहन्छन् ।
जन्मदिने आमा–बाबाभन्दा पनि प्यारी तिमीछोराछोरीकी आमाभन्दा पनि प्यारी तिमीइष्ट–मित्र, साथी–भाइ सबैलाई त्याग्न सकिन्छतिम्रो साथ छोड्नै मन लाग्दैन !
सम्झिराख प्रियसीमेरी प्राणप्यारी,तिमीलाई त्यसले मात्रै हेला गर्न सक्छ,जो तिमीबाटै डराएर,तिमीले सधैँ लिने परीक्षाबाट भागेरकायर बनेर, आत्महत्या गर्छ !
तिमीलाई छोड्नु भनेकोकालगतिले मर्नु होजिन्दगी ओ प्रिया !नमरिन्जेल तिमीलाई माया गरिरहन्छु !!!