आज सन् २०१८ अगस्ट ६ । अर्थात् दोस्रो विश्वयुद्धक्रममा अमेरिकाले जापानको शहर हिरोसिमामा आणविक बम बिस्फोट गराएर गरेको नरसंहारको ७३ औँ वर्ष । अमेरिकाले खसालेको ‘लिटल ब्वाइ’ नामक आणविक बमले १ लाख ४० हजारको ज्यान लियो । ३ दिनपछि नागासाकीमा अर्को आणविक बम ‘फ्याट म्यान’ खसालियो र ७३ हजारको हत्या भयो । र, जापानको आत्मसमर्पणसँगै दोस्रो विश्युद्ध समाप्त पनि भयो ।
आज विश्वभर हिरोसिमा शहरमा भएको आततायी हमलाको सम्झनामा विविध कार्यक्रम हुँदैछन् । दोस्रो विश्वयुद्धबा जुरुक्क उठेर जापानले गरेको प्रगतिको पनि समीक्षा हुँदैन ।
संसार सिध्याउने आणविक बमविश्वयुद्धमा क्षति गरायो न्युक्लियर बमले । दोसो विश्वयुद्धको अन्त्य पनि गरायो न्युक्लियर बमले । हिरोसिमा आक्रमणपछि विश्वयुद्धको अन्त्य होला भनेर धेरै पत्याएका थिएनन् । विश्वयुद्ध अन्त्य नभएको भए संसार कस्तो हुन्थ्यो होला ? अल्बर्ट आइन्सटाइनले भनेका छन्, ‘थाहा छैन कि तेस्रो विश्वयुद्धमा कुन हतियार प्रयोग हुन्छ ।’ उनैले थपेका छन्, ‘न्युक्लियर हतियार होडबाजीले सिंगो विश्व सखाप पार्नेछ ।’
भयको बादल मडारिएको बिहानसन १९४५ अगस्ट ६ मा बिहान ७ः१५ बजे जापानी आकाशमा कालो बादल मडारिएको थियो । त्यो भयको बादल मडारिने पारिरहेका थिए अमेरिकी विमानहरुले । जापानको दक्षिण भागतिर अमेरिकी विमान बढिरहेको जापानी सुरक्षा राडारले सावधानी गरिसकेको थियो । ८ बजेतिर हिरोसिमामा रहेको राडर अपरेटरले प्लेनको संख्या सानो भएको र उच्च खतरा टरेको जनाए पनि नागरिकलाई सतर्क हुन भनिरहेको थियो ।
बिहान ८ बजेर १५ मिनेट जाँदा हिरोसिमा शहरमा मानिस उही दैनन्दिनीमा थिए । एकाएक आकाशमा अन्धकार छायो, हावा बेजोडले चल्न थाल्यो, केही पड्केको आवाज आयो, बिष्फोटको आवाज केही माइलसम्म सुनियो । लगतै भवनहरु लड्न थाले । क्षणभरमा एक्कासी गर्मी बढ्यो र शहरभरी अन्धकार फैलियो । कोही रुन थाले, कोही भाग्न थाले । कोही बचाऊ, पानी देऊ भन्दै कराउन थाले । प्रत्यक्षदर्शीका अनुसार, हिरोसियाको आकाश सूर्यभन्दा दशौँ गुणा उज्यालो थियो । हिरोसिया धूवाँ र ज्वालाको मुस्लोमा हरायो । दोस्रो विश्वयुद्धको अन्त्यले नयाँ न्युक्लियर प्रतिस्पर्धा र होडबाजीलाई जन्म दियो ।
अमेरिकाले खसालेको एउटा एटम बमले डेढलाख मानिसको मृत्यु भयो । लाखौँ नागरिक घाइते भए । हिरोसिमामा सन १९४५ सम्म बनेका लगभग सबै संरचना ध्वस्त भए । तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्र्यूमनले जापानलाई युद्ध रोक्न आदेश दिँदै भने, ‘हाम्रो आदेश नमाने कयौँ शहर हिरोसिमा जस्तै हुने छ ।’
नभन्दै सन् १९४५ अगस्ट ९ मा अर्को एटम बम प्रहार गरेर ८० हजार जापानी नागरिकको हत्या गरियो । लाखौँ परिवार घरबारबिहीन बने । तत्कालीन जापानी सम्राट हिरोहितोले आत्मसर्मपण गरे । त्यतिखेरको एटमबमका विकिरणले अहिलेसम्म पनि हिरोसिमा र नागासाकीका नागरिक प्रताडित छन् । एटमबमका विकिरणले छाला, रगत र आँखासम्बन्धी क्यान्सरपीडित छन् जापानी नागरिक ।
के थियो जापानको दबदबादोस्रो विश्वयुद्धताका जापानको शक्ति विस्तार भइरहेको थियो । सन् १९४१ डिसेम्बरमा प्रशान्त महासागरको पर्ल हार्बरस्थित अमेरिकी नौसैनिक अखडामा आक्रमण गरी क्षति पु¥याएपछि अमेरिका जापानलाई तह लगाउने मनस्थितिमा थियो । तत्कालीन अमेरिकी राष्ट्रपति फ्राङ्कलिन रुजभेल्टले जापानविरुद्द युद्ध घोषणा गसिकेका थिए । जापान र जापानका सहयोगीहरुको शक्ति झनै बढिरहेको थियो । सन् १९४५ अप्रिलमा अमेरिकामा नयाँ राष्ट्रपति ह्यारी ट्र्युमन आए । उनका सल्लाहकारले जापानलाई नरोके अमेरिकाले ठूलो क्षति बेहोर्ने सल्लाहसहित एटमबम प्रयोगको सुझाव दिए । राष्ट्रपतिको आदेशमै जापानको हिरोसिमा र नागासाकीमा एटमबम प्रहार गरियो । जापानको आत्मसमर्पणसँगै युद्ध समाप्त भयो ।
को थिए त्यो एटम बम बनाउने ?अमेरिकाले जापानमा प्रहार गरेको बलशाली एटम बम निर्माण गरेका थिए भौतिकशास्त्री जे रोबेर्ट ओपनहाइमरले । उनी एटमबमका पिता भनेर चिनिन्छन् । पहिलोपटक एटमबमको परिक्षण १९४५ जुलाइमा गरिएको थियो । ओपनहाइमरले भनेका थिए, ‘यो क्षण म भागवतगीताको पंक्तिहरु याद गरिरहेको छु जसमा भनिएको छ ‘म नै मृत्यु हुँ, म नै यो संसारको संहारकर्ता हुँ ।’ ‘यो अणु ऊर्जा त मानव हितका लागि खोज अनुसन्धान र परीक्षण गरिएको हो तर युद्धका नाइकेहरुले मानव संहारका लागि पो प्रयोग गर्दै छन्, यो निकै दुर्भाग्यपूर्ण स्थिति सुरुवातसँगै म पनि जिम्मेवार छु ।’ ओपनहाइमरको जीवनीमा आधारित पुस्तक ‘अमेरिकन प्रमिथस’ पुलित्जर पुरस्कार बिजेता काइ बर्ड र मार्टिन जे सेर्बिनले लेखेका हुन् । ओपनहाइमर जर्मनीबाट अमेरिका बसाईं सरेका यहुदीका छोरा थिए । सन् १९०४ अप्रिल २२ मा अमेरिको न्यु योर्कमा जन्मेका उनी बीसौं शताब्दीका प्रतिष्ठित भौतिकशास्त्री थिए ।
के थियो एटम बमको नामअमेरिकाले हिरोसिमामा प्रहार गरेको एटम बमको नाम लिटिल ब्वाइ थियो । यस्तै, नागासाकीमा प्रहार गरेको एटम बमको नाम ‘फ्याट म्यान’ थियो । ‘फ्याट म्यान’को तौल ४ हजार ६ सय ३३ किलो, लम्बाइ ३ दशमलव ३ मिटर र गोलाइ एक दशमलव पाँच मिटर थियो ।
कसरी बन्यो परमाणु बमसन् १९३८ मा जर्मनीकी भौतिकशास्त्री मिध्नरले परमाणिक फिसन जस्तो नयाँ प्रतिक्रिया पत्ता लगाइन । जर्मनीमै काम गर्दा मिथ्नरले युरानियम–२३५ लाई न्यूट्रोनले हिर्काएर नयाँ कणहरूमा छुटाइन् र यस प्रक्रियामा अपार मात्रामा शक्ति निस्कियो । सामान्य रासायनिक प्रतिक्रिया गर्दाको तुलनामा यसरी निस्केको शक्ति लाखौँ गुणबढी थियो । सन् १९३९ मा मिथ्नरका भतिज भौतिकशास्त्रीले यस्तो प्रतिक्रियाबाट निस्कने शक्ति हिसाब गरे र यस प्रतिक्रियालाई न्यूक्लियर फिसन भन्ने नाम दिए । ‘फिसन’को शाब्दिक अर्थ टुक्रने भन्ने हो । तत्पश्चात् डेनमार्कका भौतिकशास्त्री निल बोहर तुरून्तै अमेरिका पुगेर यस नयाँ अनुसन्धानलाई सार्वजनिक गरे । पछि फर्मी भन्ने भौतिकशास्त्रीले न्यूक्लिय फिसन हुँदा चक्रिय प्रतिक्रिया हुन्छ र यस्तो प्रतिक्रिया ज्यामितीय श्रेणीमा हुन्छ भन्ने कुरा पत्ता लगाए । यी सबै तथ्यहरू समेटेर न्यूक्लियर वैज्ञानिकहरूले अमेरिकी राष्ट्रपतिलाई चिठी लेख्न भौतक शास्त्री अल्वर्ट आइन्सटाइनलाई अनुरोध गरे । आइन्सटाइनले तत्कालीन अमेरिकी राष्ट्रपति रूजवेल्टलाई सन् १९३९ अगस्ट २ गते एउटा चिठी लेखे । न्यूक्लियर फिसनबाट शक्तिशाली बम बनाउन सकिने कुरा उल्लेख गर ।
जर्मनी सरकारले पनि सन् १९३९ को सेप्टेम्बरबाट बम बनाउन नोबेल पुरस्कार विजेता हाइसेनवर्गको सहयोगमा काम शुरू ग¥यो भने अमेरिकाले फर्मी भन्ने भौतिकशास्त्रीको नेतृत्वमा बम बनाउने कार्य शुरू ग¥यो । तर अन्त्यमा विभिन्न वैज्ञानिक र राजनीतिक शंकाबीच अमेरिकी बम निर्माण कार्य सफल भयो भने जर्मनी बम निर्माण कार्य असफल भयो ।
सन् १९४५ जुलाइ १६ गते बिहान ठीक ५ः३० मा अमेरिकी अधिकारीहरू र वैज्ञानिकहरूले संसारकै पहिलो बम विस्फोट प्रत्यक्ष देखे । यो घटना कस्तो थियो भनेर उनीहरूले पछिसम्म बयान गरेका थिए । मेक्सिकोको एउटा मरूभूमिमा बम परीक्षण गरिएको थियो । बमबाट निस्केको शक्ति हजारौँ टन डेटोनेटर बराबर थियो र बम विस्फोट हुँदा मेक्सिकोको आकाश थुप्रै सूर्यहरू भन्दा पनि उज्यालो थियो । न्यूयोर्क टाइम्सले यस विस्फोटलाई ‘नयाँ विश्वको प्रथम चित्कार’ भनेको थियो । अमेरिकी वैज्ञानिकहरु बम जर्मनीविरूद्ध प्रयोग होस् भन्ने चाहन्थे ।
भेटियो पानी जहाजदोस्रो विश्व युद्धका बेला डुबेको ठूलो अमेरिकी पानीजहाज ‘युएसएस इन्डियानापोलिस’ ७२ वर्षपछि प्रशान्त महासागरमा भेटिएको छ । १८ हजार फिट तल समुन्द्री सतहमा फेला परेको युद्धक पानीजहाजको इतिहास रोचक र स्मरणीय छ । दोस्रो विश्वयुद्धबेला इन्डियानापोलिस गोप्य मिसनमा काम गरिरहेको थियो । उसको काम एक ठाउँबाट अर्को ठाउँसम्म परमाणु बम र्पुयाउनु थियो।
सन् १९४५ जुलाई ३० मा टिनियनबाट उत्तरी मरियाना टापूसम्म इन्डियानापोलिसले आफ्नो अन्तिम मिसन पूरा गरेको थियो । गोप्य मिसनमा परमाणु बम पु¥याएर आएको थियो, जसमा ‘फ्याट म्यान र लिटिल ब्वाइ’ पनि थिए । मिसन सकेर फर्किरहेको इन्डियानापोलिसको त्यो नै अन्तिम यात्रा भयो । फिलिपिन्सको समुन्द्र नजिकै गुआम र लायतेको बीचमा इन्डियानापोलिस सदाको निम्ति रोकियो । जापानका दुई शहर ध्वस्त बनाउने अस्त्र सुम्पेर आएको इन्डियानापोलिस जापानकै आक्रमणमा परेर ध्वस्त भएको थियो । जापानी पनडुब्बीले समुन्द्रमा बगिरहेको इन्डियानापोलिसमाथि राति हमला गरेका थिए, मात्र १२ मिनेटमा यो डुबेको थियो । यसमा १, १९६ मान्छे भए पनि ३१६ मात्र बचे । अमेरिकी जलसैन्य इतिहासमै यो सबैभन्दा ठूलो दुर्घटना थियो । ७२ वर्षपछि सन् २०१७ अगस्ट १८ मा बाँकी पार्टपूर्जा समुन्द्री सतहमा फेला परेको हो ।
आक्रमणबारे जीवन्त पुस्तकजोन हर्सीको पुस्तक ‘हिरोसिमाम’ सन् १९४६ अगस्टमा प्रकाशित भएको थियो । पुस्तक हिरोसिमा र नागासाकिमा गरिएको एटम बम आक्रमणको जीवन्त पुस्तक मानिन्छ । पुस्तकमा भनिएको छ, ‘बम प्रहारपछि हिरोसिमा र नागासाकिको दृश्य नरक जस्तो थियो ।’ पुस्तक बम आक्रमणबाट बाँच्न सफल भएका जापानीका अनुभवका आधारमा तयार पारिएको थियो । दोश्रो विश्वयुद्धका बेला अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा एटम बम प्रहार गरेर जापानलाई घुँडा टेकाउँदै युद्धको अमिट छाप छाड्यो । हिरोसिमामा अणुबम खसेको बेला कस्तो अवस्था थियो र पछि कस्तो असर ह्यो भन्ने वर्णन पुस्तकमा गरेका जोन हर्सी पुलित्जर पुरस्कार बिजेता पनि हुन् । (एजेन्सीहरुको सहयोगमा)