खेम बमकाठमाडौं । ‘गरे के हुँदैन, सबै सम्भव छ ब्रम्हान्डमा,’ लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले भन्नुभयो, ‘विकट क्षेत्रको मान्छे हुँ, जहाँ जनता सिटामोल नपाएर अकालमै ज्यान गुमाउँछन्, अध्याँरोमा बस्न बाध्य छन् र, त्यही हामीले गरिरहेको काम सफल हुँदैछ ।’
शालिन, भद्र र ज्यानसुहाउँदो पहिरनमा मुस्कानसहित वाकपटु ढंगले बोल्ने खड्काको बान्की नै हो । रामछापको विकट क्षेत्रमा जन्मिएका खड्का सम्झन्छन्, ‘हाम्रो भूगोल नै यस्तै छ कि, प्राकृतिक होस् या कृतिम प्रकोपले नोक्सानी पु¥याइरहेको हुन्छ । जाजरकोटमा फैलिएको झाडापखाला होस् या सवारी दुर्घटना । भौगोलिक विकटतामा नागरिकले पाएको सास्ती कम गर्न गरिएको पहल नै जीवनको उपलब्धी हो ।’
एउटा उदाहरणीय पात्रमुलुक संघीयतामा गइसकेपछि प्रदेश, स्थानीय र संघीय तहको निर्वाचन भयो । जनताले आफूले रोजेका र विकास र समृद्धि यात्रामा अगाडि बढेका जनप्रतिनिधि पाए । कतिपय ठाउँमा समस्या सिर्जना भए पनि धेरै स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि विकासको महसुस गर्न पाएका छन् र खबरदारी गरिरहेका छन् ।
तर, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का फरक देखिए । फराकिलो सोच, समान व्यवहार र नैतिक जिम्मेवारीमा कटिवद्ध खड्का ‘उज्यालो लिखु’ अवधारणा अघि सारेर सक्रिय छन् । लिखु तामाकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि जनताले विकासको अनुभुति गर्न पाएका छन् खड्काबाट ।
दुःखी, गरिब, असहायको पीडामा मल्हम र सान्त्वना बन्न चाहने खड्काले कतिपय समय आफ्नै लगानीमा सामाजिक कार्य समेत गरिरहनु भएको छ । खड्काको दूरगामी सोच र लक्ष्यले धेरैलाई चकितसमेत तुल्याउँछ । गाउँपालिका अध्यक्षले यति धेरै काम गर्न सक्छ ? भन्नेहरुका लागि खड्का उदाहरणीय पात्र बन्नुभएको छ । ‘उज्यालो लिखु’ विद्युत् सेवा विस्तार मात्र नभएर सबै क्षेत्रमा उज्यालो बनाउने प्रयत्नमा खड्का अभ्यासरत छन् ।
विकास र समृद्धिप्रधानमन्त्री केपी ओलीले अगाडि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई आत्मसात गर्दै अगाडि बढेका खड्का निर्वाचनताका गरेका बाचा पूरा गर्न तल्लीन हुनुहुन्छ । उहाँले लिखु–तामाकोशी गाँउपालिकालाई उज्यालो बनाउन विद्युत् सेवा विस्तारदेखि सडक निर्माणका योजना अगाडि सार्नुभएको छ । ९५ प्रतिशत काम भइसकेको छ । निकट भविष्यमै ३ वडामा विद्युत् सेवा पुग्नेछ । सडक विस्तार पनि तीव्र गतिमा भइरहेको छ ।
अलि खरो स्वभावका खड्का बनावटी र अपुष्ट कुरामा विश्वास राख्दैनन् । खड्काकै शब्द सापटी लिने हो भने निर्माण भएका योजनाका काम भन्दा बढी बिल पेश गर्नेलाई कारबाहीको दायरामा ल्याउन र कामअनुसार भुक्तानी दिन सफल हुनुभएको छ । विकास निर्माणका सवालमा उहाँ विभिन्न समय विवादमा समेत पर्नुभयो । आफ्नै निकटस्थहरुको गलत बुझाई र असहयोगले उहाँलाई समस्यामा समेत पा¥यो ।
अध्यक्ष र उपाध्यक्षको विवाद के थियो ?लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का र उपाध्यक्षबीच केही मतभेद भएका समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आए । तर, त्यो समाचारमा भनिएजस्तो टकराव थिएन । सामान्य बैठकका बिषयलाई उपाध्यक्षले आफूलाई जानकारी नै नदिएको आरोप लगाउनु भयो । मिडियामा चर्चा भयो ।
अचम्मको त के छ भने, रामेछापको हलेदी–सिरिसे सडक निर्माणमा अध्यक्ष खड्काले राखेको मागप्रति उपाध्यक्ष नै असन्तुष्ट बन्नु भयो । खड्काले सडकको मापदण्डअनुसार बीच भागबाट ११ मिटर दाँया–बाँया बनाउने प्रस्ताव गर्नुभयो तर उपाध्यक्षको टोलीले सडकबाट ७ मिटर दाँया–बाँया बनाउने प्रस्ताव ग¥यो । यसमा समेत विवाद भयो । सडक छेउमा घर नबाउने गाउँपालिकाको आग्रह र जानकारी परवाह नै नगरी एक स्थानीयले सडक छेउमै घर बनाउँदा नक्सा पास नहुनेस्थिति सिर्जना भयो ।
ती स्थानीयले गाउँपालिकाका अध्यक्षले मनपरी गरेभन्दै झुठो आरोपमा मन्थली अदालतमा मुद्दा दायर गरे । खड्काले पनि सास्ती खेप्नुप¥यो । र, अदालतले खड्काको निर्णय सदर गरिदियो । राम्रो काम गरे कानुनको नजरमा राम्रो नै हुन्छ, भन्ने उदाहरणका पात्र बन्नु भयो खड्का ।
प्रण र मानवतानिर्वाचनताका खड्काले भन्नुभएको थियो, ‘आफूले राज्यबाट पाउने सेवा सुविधा जनताका नाममा खर्च गर्नेछु ।’ सोहीअनुरुप हालसम्म पाएको करिब ४ लाख रुपैयाँ सामाजिक क्षेत्रमा लगाउने र दुःखी जनतालाई अप्ठ्यारोमा सहायता गर्ने प्रण लिनुभएको छ ।
लिखु तामाकोशीका जनताले यसअघि यातायात असुविधा र स्वास्थ्यको पहुँच नहुँदा धेरै दुःख खेप्नुपरेको थियो । अध्यक्ष खड्काको पहलमा गाउँपालिकामा दुई वटा एम्बुलेन्स थपिएको छ । त्यति मात्रै होइन, बिरामी भएकालाई स्वःस्फूर्त रुपमा एम्बुलेन्स सेवाका लागि व्यक्तिगततर्फबाट करिब ३० हजारसम्म मासिक सहयोग गर्ने खड्काको प्रण छ ।
गाउँका स्कुले बालबालिकालाई लक्षित गरी निकट भविष्यमै बस सेवा सञ्चालन गर्ने उहाँको योजना छ । अबको चारवर्षमा लिखु तामाकोशीका जनतालाई सुखी र आत्मनिर्भर बनाउन क्रियाशील रहने खड्कासँग पत्रकार खेम बमले गरेको कुराकानी
भिडियोमा हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=Vif3hei2K-w