नारायण थापा
भक्तपुर । सिन्धुपाल्चोक, मेलम्चीका गणेश खड्का परिवारको लालनपालनको लागि मलेसियामा श्रम गरिहेका छन् । यता पारिवारिक खर्चबाट केही रकम बचाउने उद्देेेेश्यले पत्नी पनि पेप्सिकाेला टाउन प्लानिङमा चिया पसल चलाउँछिन् ।
बाबु र आमाको उध्देश्य हो: आफ्ना बच्चालाई खुशी पार्ने, उनीहरुलाई राम्रो स्कूलमा पढाउने । गणेश र उनकी पत्नीले त्यही लक्ष्यअनुसार छोरा निशानलाई टाउन प्लानिङकै मेरिल्याण्ड स्कुलमा भर्ना गरे ।
११ वर्षीय निशान ६ कक्षामा पढ्दै थिए । परिवारमा खुशीयाली थियाे । भविष्य सुखीमय पार्ने याेजना बनाइरहेका थिए तर यही बेला खड्का परिवारमा आइतबार ब्रजपात भयो । निशान आइतबार साँझ आफैँ चियापसलबाट अपहरणमा परे । सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङले उनकाे अपहरण गरे ।
अपहरणकारीले निशानलाई भक्तपुर पुर्याए, अनि आमालाई फोन गरेर फिरौती मागे । एककरोड रुपैयाँबाट शुरु भएको फिरौती बार्गेनिङ ४० लाखमा झर्यो ।
भिडियो हेर्नुहोस्ः–
https://youtu.be/6-12EKKl678
ज्याला मजदुरीमै जीवन निर्वाह गर्दै आएका खड्का परिवार बुढेसकालको 'सहारा' जोगाउन ४० लाख रुपैयाँ दिन राजी भए । पैसा बुझाउने ठाउँ र समय तोकियो । खड्का परिवार अपहरणकारीले बाेलाएको ठाउँ पुगे । पीडित परिवार तथा टोलछिमेकीले घटनाबारे प्रहरीलाई खबर गरिसकेका थिए ।
सुरक्षाकर्मीसहितको टोली अपहरणकारीले दिएकाे लाेकेसनमा पुग्यो, सुरक्षाकर्मीसहितको टोलीलाई निशान सकुशल उद्धार हुने विश्वास थियो तर उनीहरुको आशा त्यतिबेला निरासा भयो, उनीहरु पुग्दा निशानको हत्या भइसकेको थियो ।
निशानको हत्या भएको जानकारी पाएपछि प्रहरीले अपहरणकारीलाई पनि इन्काउन्टर गरेको छ ।
भिडियो हेर्नुहोस्ः–
https://youtu.be/6-12EKKl678