संगीत र संस्कृतिमा चैनपुरे ‘चैन’तत्कालीन राजा वीरेन्द्रबाट शुभ राज्याभिषेक सम्मान क्यानाडा, चीन, स्पेनलगायतका देश भ्रमणसँगै सम्मान र पदक २००८ मा युनिभर्सल पिस फेडेरेसनका तर्फबाट युवा शान्तिदूत चयन
रामजीप्रसाद लम्सालपोखरा । नेपाली लोकबाजा आफैँमा अमूल्य निधि । वाद्यउपकरणमा बजारीकरण अनि बजाउने अनेक कला सिकाउने काम । ४० वर्ष काठमाडौंस्थित ठमेल बसाइलाई समापन गरिदियो र २०६२ वैशाखको भूकम्पले पोखरा पु¥यायो ।
हुन जीवनमा पोखरा धेरैपटक आए–गए । मन परेको पोखरा मुटुमै कसेको थियो । तर यतिखेरको पोखरा बसाइ फरक छ । फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन उनी नेपाली बाजा र संस्कृति संरक्षणमा गम्भीरताका साथ पोखराको चिनारी बढाउने धूनमा रागिइरहेका छन् ।
कालो चश्मा लगाइरहने उमेरले ६ दशक काट्नै लागेका यिनको संंस्कृतिमोह लोभलाग्दो छ । पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरबाट १६ वर्षे जवानीमा काठमाडौं पसे । सानैदेखि संगीतका धुनमा लठ्ठिन रुचाउने उनले संघर्षका धेरै आरोहअवरोह पार गदै ४० वर्ष ठमेलमा वाद्यबाधनका साधनसहित अनेकन धुनहरूमा आफूलाई हराए ।
२०७२ वैशाख १२ को भूकम्पले भने मनमा बेचैनी ल्यायो । पोखराको सुन्दरतामा लोभिएका उनलाई भूकम्प नै बहाना बनिदियो पोखरा आउन । लेकसाइड गौरीघाटमा पञ्चेबाजा, मादल, ढोलक, डम्फु लगायत ४ दर्जनभन्दा बढी बाजा संग्रहित गरेर बिक्रीवितरणबाट आएको मुनाफामा जीवनको गुजारा धकेलिइरहेका छन् ।
संग्रह र बिक्रय मात्र होइन, आउने ग्राहकलाई विभिन्न तालका धुन सुनाएर मोहित बनाउँछन् । एकैचोटी १८ वटा बाजासमेत बजाउन पारंगत उनी सिक्न चाहनेहरूका लागि पनि बजाउने कला सिकाइदिन्छन् । आमा माया लक्ष्मी र पिता श्यामलाल श्रेष्ठका माइला छोरा अर्थात् सबैले भन्ने चैनपुरे र उनको खास नाम अर्जुन चैनपुरे । साधारण किसान परिवारमा जन्मेका चैनपुरेको बाल्यकाल अभावबीच गुज्रियो नै । काठमाडौं छिरेपछिका दिन पनि सहज रहेनन् । चैनपुरे संगीतमा र यो क्षेत्रमा लाग्दा आफूलाई ‘चैन’ भए पनि बुबा र परिवारले ‘चैन’ लिन नसकेको बताउँछन् ।
‘समाज गरिब छ, पैसा खोज्ने वातावरणमा हुर्केको भए पनि आत्मसन्तुष्टिलाई पहिलो प्राथमिकता बनाएको छु,’ चैनपुरेले भने, ‘पैसा चोरेर, ठगेर, इमान बेचेर पनि कमाउन सकिन्छ तर आत्मसन्तुष्टि, इज्जत कमाउन सकिँदैन । कमाएको इज्जत र नाम अमूल्य छन्, पैसामा किनबेच हुँदैन ।’ मेहनत, क्षमता र पेशामा गर्व छ उनलाई । सुनाए, ‘आखिर दुई छाक टार्ने न हो, एकसरो लाउने हो, चलेकै छ ।’
संगीतमा भारतको इलाहाबादबाट स्नाकोत्तर गरेका चैनपुरेले हाल खहरेमा ‘म्युजिक बोल हाउस’ लोक बाजाहरूको संग्रहसहितको पसल सञ्चालन गरेका छन् । सस्कृति सम्वद्र्धनक्रममा बेलायत, फ्रान्स, स्पेन, क्यानडालगायतका दुई दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेका उनी संगीतमा लाग्न ईश्वरीय देनले नै प्रेरणा दिएको बताउँछन् । संगीत संसारको साझा भाषा भएका कारण उनी गौरव महसुस भएको सुनाउँछन् ।लेकसाइड, खहरेमै उनले विभिन्न १२ भन्दा बढी परम्परागत बाजाको प्रयोग गरी ध्यान र मसाज सेवासमेत दिने गरेका छन् ।
तत्कालीन राजा वीरेन्द्रले शुभराज्याभिषेक सम्मानबाट उनको योगादानको कदर गरेका थिए । वैंश छँदा गीत पनि राम्रो गाउने उनको गला राम्रो नखुले पनि गुनगुनाउन छाडेका छैनन् । २०३० सालमा रेडियो नेपालबाट स्वर परीक्षा समेत पास गरेका उनी पूर्णकालीन गायक हुनेतिर लागेनन् । काठमाडौं बसाइले उनलाई सांस्कृतिक संस्थानको पेरिफेरीमा पनि पु¥यायो । त्यहाँ उनी १४ वर्ष वाद्यबाधकको जागिरे बने । चैनपुरे भन्छन्, ‘सांस्कृतिक विविधा अमूल्य सम्पत्ति भएकाले भावीपुस्तालाई हस्तान्तरण गर्न चाहन्छु ।’