रामजी प्रसाद लम्साल
कास्की। व्यास नगरपालिका वडा नं ५ चापाघाट, तनहुँ स्थायी घर भएका दलाल सुवासले कैयौँ युवाहरूलाई विभिन्न प्रलोभनमा पारि क्यानडा पठाउने भन्दै लाखौँ रकम उठाएर फरार भएका छन् ।
उनले विभिन्न ठाउँका विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाउने भन्दै झन्डै ४५ लाख कुम्ल्याएर एक महिनाबाट सम्पर्क विहीन भएका हुन । दलाल मगरले व्यास नगरपालिका वडा नं ४ दमौली, तनहुँका राम प्रसाद खरेलको १५ लाख ५० हजार, भक्तपुर–५ घर भएका सम्झना तामाङको १८ लाख ५० हजार, पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का राजकुमार गुरुङको १ लाख ५० हजार, र शैलेङ्गेश्वरी वडा नं २ दोलखाका रमेश श्रेष्ठको १२ लाख रुपैयाँ लिएर असार देखि सम्पर्कमा नआएको पीडित रामप्रसाद खरेलले बताए ।
खरेलले भने “दक्षिण अफ्रिकामा थिए, एउटै ठाउँको चिनजानका आधारमा फेसबुक मार्फत कुरा भयो, क्यानडामा गएर महिनाको लाखौँ कमाउन सक्ने भन्दै दलालले मलाई नेपाल बोलायो ।” दलाल मगरले क्यानडा पठाउने शत प्रतिशत ग्यारेन्टी दिएर आफूलाई नेपाल फिर्ता बोलाएको खरेलले बताए ।
स्रोतका अनुसार सोझा मतवाल युवाहरूलाई म्यासेन्जर तथा ईमोको प्रयोग मार्फत क्यानडा र टर्की पठाउन आफू अब्बल रहेको बताउँदै महिनामा मोटो रकम कमाउन सकिने भन्दै प्रलोभनमा पार्ने गरेको पाइएको छ ।
दलाल मगरले जेठमा मात्र काठमाडौँमा भेटेरै राम प्रसाद खरेल र सम्झना तामाङले नगद उनकै हातमा थमाएका थिए । त्यसको केही समय पछि पासपोर्टमा क्यानडाको नक्कली भिजा हानेर प्यासेन्जर मार्फत खरेल र तामाङलाई फोटो पठाएर क्यानडा जाने भन्दै भारत बोलाएको तामाङले बताइन ।
उनले भनिन“हप्ता दिन सम्म भारतको होटेलमै बितायौ, तर पनि उड्नेको ठेगान नभएपछि दलाललाई कुरा गर्दा हुन्छ हुन्छ भन्दै आलटाल गरेर हामीलाई नेपालमै फर्कायो ।”
नामुद दलाल सुवास थापामगरले हामीलाई मात्र होइन कैयौँ युवाहरूलाई ठगिसकेको उल्लेख गर्दै अन्य दाजुभाइहरू सतर्क रह नपर्ने बताए ।अर्का पीडित राजकुमार गुरुङले पनि क्यानडा जान भन्दै सुवासलाई आईएमई मार्फत १ लाख ५० हजारमा भारत पठाएको बताए ।
उनले भने“लाखौँ नकमाए त के विदेश जानु, क्यानडा पु¥याएन भने तपाईँकाे पैसा पुरै फिर्ता गरिदिन्छु भनेर वचन दिएको थियो आखिरमा फरार भयो । “यसले आफ्नो मात्र होइन सिङ्गो मगर समुदायको प्रतिष्ठा माथि आँच पु¥याएको छ ।”
टर्कीमा मासिक ३ लाख भन्दा बढी रकम कमाउन सकिन्छ भनी आफूलाई टर्की पठाएको दोलखाका रमेश श्रेष्ठले बताए । उनका अनुसार १२ लाख तिरेर अवैधानिक तवरले टर्की पु¥याईएको रहेछ । तर सम्झौता भए अनुसार केही काम नपाइएको श्रेष्ठले बताए । उनले भने“भोक भोकै डेढ महिना बिताए, अन्तमा नेपाली राजदूतावासको सहयोगमा बल्लतल्ल नेपाल फर्किन सफल भए ।”
दमौलीका धन बहादुर थापामगर उर्फ “सुवास” दलालका एक उदाहरण हुन, यस्ता दलालको दलदलमा फस्नुपुर्व युवाहरू आफै सचेत हुन जरुरी देखिन्छ भने सम्बन्धित निकायले यस्ता दलाल तथा बिचौलियाहरुलाई मौलाउनबाट रोक्नको लागी पहलकदमी थाल्नुपर्ने आवश्यक देखिन्छ ।
सामान्य जीवनयापन बिताई रहेका नेपालीहरूको ड्रम कन्ट्रोल भनेकै अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अस्ट्रेलिया तथा क्यानडा जस्ता विकसित मुलुक नै हुन् । नेपाल सरकारले स्वदेशमै समयापेक्ष रोजगारीको सिर्जना गर्न नसक्नुको कारण युवाहरू आर्थिक रूपमा सबल हुन विदेशिने बाहेक विकल्प देख्दैनन् ।
पछिल्लो समय खाडी मुलुक भन्दा युरोपका विकसित राष्ट्रतिर नेपाली युवाहरूको नजर बढिरहेको छ । शैक्षिक योग्यता पुगेकाले विद्यार्थी भिजामा र आधारभूत शिक्षा भएकाले मोटै रकम तिरेरै भए पनि विकसित मुलुक हानिने गरेको पाइन्छ । तर कतिपय व्यक्तिहरूको ड्रम कन्ट्रोल पुग्ने सपना भने विचौलियको जालोमै तुहिन्छ ।