मनोरञ्जन डेस्क
काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको चार वर्ष पूरा भएको छ । श्रेष्ठको २०७१ साउन २४ गते भारतको नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको चौथो वार्षिकीमा उनकी पत्नी तथा अभिनेत्री श्वेता खड्काले निकै भावुक शैलीमा स्मरण गरेकी छिन् ।
आफूद्धारा निर्मित तथा अभिनित पछिल्लो फिल्म कान्छीको प्रदर्शनका क्रममा हाल अमेरिकामा रहेकी श्वेता खड्काले पति श्रीकृष्ण श्रेष्ठको चौथो वार्षिकीको सन्दर्भमा निकै भावुक शैलीमा स्मरण गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा कविता पोष्ट गर्दै उनले लेखेकी छिन्–
सम्झँदा’नी मुटु बिझ्छ,आजको यो दिनपरेली यो उसै भिज्छ, आजको यो दिनतिलहरीसंगै सारा, खुशी चुँडिएथ्योबियोगको बेदनामा मुटु कुँडिएथ्योमैले पुज्ने देउताबाट,हाँसो लुटिएथ्योजिन्दगीको एउटा साथ,आजै छुट्टिएथ्योमेरो कालो आतित बोल्छ ,आजको यो दिनभतभत्ती मुटु पोल्छ, आजको यो दिन
रोदनमा बिते मेरा ,कैयौ पलहरुछट्पट्टिमा बिते मेरा, सयाैँ पलहरुलाखौं चोट मुटुभित्र,पालेकी छु मैलेतर पनि आशाको दीप, बालेकी छु मैलेदिक्कलाग्दो गीत गाउँछ ,आजको यो दिनघुमिफिरी किन आउँछ ,आजको यो दिन ?
कवितासँगै श्वेताले श्रीकृष्णमा समर्पित श्रद्दान्जलीकालागि थप केही कुराहरु पनि लेखेकी छिन् । उनी लेख्छिन्–
चार बर्षको बियोगले शिथिल बनेको यो आत्माबाट पिडाको शब्दबाहेक खुशीका शब्दहरु प्रस्फुटित हुन सकेनन् । हजुरमा समर्पित यिनै शब्दहरु मार्फत श्रद्दान्जली अर्पण गर्न चाहन्छु । क्षितिज पारिबाटनै मलाई हेरिराख्नु र मभित्र आँट, साहस र उत्साह प्रदान गरिरहनु है !
निमोनियासँगै फोक्सोमा पानी जमेपछि उपचारकालागि नयाँ दिल्ली लगिएका श्रेष्ठको उपचारकै क्रममा निधन भएको थियो । २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले नाता फिल्मबाट पूर्ण नायकको भूमिका निर्वाह गर्न थालेका थिए । श्रेष्ठले अभिनय गरेका ‘आफन्त’ ‘आफ्नो मान्छे’ ‘हामी तीनभाइ’ ‘दुखसुख’ ‘कहाँ भेटिएला’ ‘कोहिनूर’ लगायत दर्जनौं चर्चित फिल्म रहेका छन् ।
नेपाली चलचित्र क्षेत्रकै शालीन र प्रतिभाशाली अभिनेताका रुपमा लोकप्रिय रहेका श्रीकृष्णको अन्तिम अन्त्येष्टिमा उनका प्रशंसक र फिल्मकर्मीसहितको मानव सागर ओर्लिएको थियो ।