इच्छा गुरुङ/मनोरञ्जन डेस्क
कपिलवस्तुकी रुपा रौतारले ७ वर्षको उमेरमै दुवै हात गुमाइन् । त्यो दुर्घट्नापछिको एक वर्ष उनको उपचारमै वित्यो–काठमाडौंस्थित कान्ति बाल अस्पतालमा । उपचारपछि उनी केही तांग्रिइन् र झण्डै झण्डै बादल लागिसकेको भविष्यकालागि थप उज्यालोको जोहोकालागि उनी रोकिएको पढाइलाई निरन्तरता दिन मानसिक र शारीरिक दुवै रुपमा तयार भइन् ।
उनकी आमाले धेरै आशा बोकेर छोरीलाई पढाउन पहिले पढिरहेकै स्कूलमा लिएर गइन् तर उनको शारीरिक अवस्थालाई लिएर आफ्नै विद्यार्थीलाई पुनः भर्ना लिन स्कूलले आनाकानी गर्यो । त्यसपछि आमा इन्द्रकलाले छोरीलाई पढाउन कपिलबस्तु, बुटवल हुदै काठमाडौसम्म धाइन् । तर सबै स्कूलले अपाङ्गता भएकैले केही न केही बाहना बनाउदै भर्ना लिन मानेनन् । तैपनि रुपा र उनकी आमाले हिम्मत हारिनन् । नभन्दै अन्ततः बुटवलको एउटा विद्यालयले रुपा र उनकी आमाको हिम्मतलाई चिनेर भर्ना लियो ।
उनकी आमाले धेरै आशा बोकेर छोरीलाई पढाउन पहिले पढिरहेकै स्कूलमा लिएर गइन् तर उनको शारीरिक अवस्थालाई लिएर आफ्नै विद्यार्थीलाई पुनः भर्ना लिन स्कूलले आनाकानी गर्यो ।
त्यही स्कुलमा पढ्दै गर्दा रुपाले गायन कलालाई पनि प्रष्फुटन गर्दै जाने अवसर पाइन् । स्कुलकै पहलमा संगीत गुरु सुरेश सेञ्चुरीसँग उनले झण्डै ६ वर्षसम्म संगीतको प्रशिक्षण लिइन् ।
उनै रुपाले अहिले गायिकाका रुपमा नेपाली संगीत क्षेत्रमा डेब्यू गरेकी छिन् । उनले आफूले गर्नुपरेको संघर्ष र त्यसले नडग्मगाएको आफ्नो हिम्मतको विम्वस्वरुप उनले आफ्नो पहिलो एल्वमको शीर्षक नै हिम्मत भाकी छोरी राखेकी छिन् । पहिलो एल्वम सार्वजनिकीसँगै छोरी ठूलो र नामी गायिका बनेको हेर्ने चाहाना र सपना आमा इन्द्रकलामा पलाएको छ ।
प्रतिभावान किशोर गायिका रुपा रौतारको डेब्यु एल्बम हिम्मतभाकी छोरीमा कुल ६ गीत संग्रहित छन् । जसमा सुरेस सेञ्चुरीको एकल संगीत रहेको छ । ती गीतहरुलाई डा.कृष्णहरी बराल, सरला गहा, तेजप्रसाद पान्डे, दिनेश खड्का र सुरेश सेञ्चुरी आफैंले लेखेका हुन् ।
सोमवार काठमाडौंमा आयोजित एल्वम लोकार्पण समारोहमा निकै उत्साहित देखिएकी रुपाले थुप्रै सहयोगी हातहरुको साथ र आफ्नो कडा मिहिनेतले बल्ल फल दिन थालेकोमा खुशी व्यक्त गरिन् ।
एल्वम लोकार्पण समारोहमा निकै उत्साहित देखिएकी रुपाले थुप्रै सहयोगी हातहरुको साथ र आफ्नो कडा मिहिनेतले बल्ल फल दिन थालेकोमा खुशी व्यक्त गरिन् ।
सो अवसरमा रुपा जत्तिकै खुशी हुने अर्का एक व्यक्ति पनि थिए । उनी अरु कोही नभएर रुपाकी संगीत गुरु सुरेश सेञ्चुरी थिए । एल्वमका सबै गीतहरुमा पनि उनकै एकल संगीत रहेको छ । गुरु सेञ्चुरीले प्रतिभावान गायिका रुपाको सानैदेखिको गीत संगीतमा रुचि र लगावलाई चिनेर संगीत सिकाउदै उनलाई सांगीतिक दुनियाँमा चिनाउन पाएकोमा गर्व लागेको बताए ।
एल्वम सार्वजनिक समारोहमा गाायिका रुपा रौतारले आफूभित्र हिम्मतको पर्खाल निर्माण गर्न सधैं अभिप्रेरित गरिरहने आमा इन्द्रकलामा समर्पित मेरी आमा बोलको गीत प्रत्यक्ष गाउदा माहोल निकै भावुक बनेको थियो । एल्बमको टाइटल गीत हिम्मत भाकी छोरी र लेख्दैछु बोलको दुई गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।
७ वर्षको उमेरमा दुघर्टना गराएर उनलाई समय र भाग्यले परीक्षा लिएको थियो । रुपाले त्यसलाई पनि पार गरिन् र अघि बढ्न चाहिन् । त्यसपछि उनलाई आफू वरिपरिको समाज र तिनको संकीर्ण सोचाइहरुले पटक पटक परीक्षा लिइरहे तर हरेक पटक उनी पास भइरहिन् । त्यसैक्रममा उनी अहिले आफ्नो सुरिलो आवाज र निकै लामो मिहिनेतको फल पहिलो एकल एल्वम लिएर श्रोता दर्शकको मनमा स्थान पाउछु कि पाउदिन भनेर अर्को परीक्षा दिन आइपुगेकी छिन् । उनी अवश्य पास हुनेछिन् । किनकी उनी त हिम्मत भाकी छोरी पो हुन् !
https://www.youtube.com/watch?v=h_xnjA39IA8