शिव अधिकारी यदुवंशी/ विद्यानन्द राम
“सखी फूल लोढ़य चलू फूलबरिया सीताके सँग सहेलिया,सखी फूल लोढ़य चलू फूलबरिया सीताके सँग सहेलिया
किओ आगा चलल किओ पाछा चलल, किओ आगा चलल किओ पाछा चललचले बीचमे जनक दुलरिया, सीताके सँग सहेलिया
सखी फूल लोढ़य चलू फूलबरिया सीताके सँग सहेलिया किओ बेलि लोढ़ल किओ गेन्दा लोढ़ल, किओ बेलि लोढ़ल किओ गेन्दा लोढ़ल
सिया लोढ़लेलनि अरहुलके कलिया, सीताके सँग सहेलिया सखी फूल लोढ़य चलू फूलबरिया सीताके सँग सहेलिया
किओ ब्रह्मा पूजल किओ बिष्णु, किओ ब्रह्मा पूजल किओ बिष्णुगौरी पूजलनि जनक दुलरिया, सीताके सँग सहेलिया
सखी फूल लोढ़य चलू फूलबरिया सीताके सँग सहेलिया ”
मधुश्रावणी पर्व मिथिलाञ्चलमा श्रावण कृष्णपक्ष पञ्चमीदेखि शुरु हुन्छ । मधुश्रावणी तिथि साइत अनुसार कम्तीमा दुई साता मनाइन्छ । तर यस वर्ष तेह्र दिनमा सकिएको छ । पर्व अवधिभर चारैतिर मनमोहकले तारिका गुञने गरिन्छ ।
मधुश्रावणी मिथिला नारीको जीवन पद्धतिसँग जोडिएको छ । पर्वमा भगवान महादेव,गौरी, विषहरा आदिलाई पूजा गर्ने गरिन्छ । मधुश्रावणीमा आफ्नो साथी–बहिनहरुसँग मिलेर फूललोढी गर्ने गरिन्छ, जसलाई दापत्य जीवनलाई स्थापितको अनुष्ठानको रुपमा लिइन्छ ।
मैथिली संस्कृतिविद्को धीरेन्द्र प्रेमर्षि मधुश्रावणी मिथिलाको बिशेष पर्व भएको बताउनु हुन्छ । उहाँका अनुसार मधुमय मौसममा विशेष अनुष्ठानको रुपमा लिइन्छ । मधुश्रावणीलाई मिथिला परम्परागत हनिमुनको संज्ञा दिने गरिएको छ । ‘मधुश्रावणी महादेव–पार्वती प्रणय प्रंसगको वर्णन गर्दै प्रतिकात्मक रुपमा यौन शिक्षा दिने पर्व हो’ उहाँ भन्नुहुन्छ ।
मधुश्रावणी मिथिलाञ्चलका ब्राह्मण, कायस्थ, सोनार र देव जातिका नवविवाहिता महिलाप्रति लक्षित बिशेष पर्व हो । तर पछिल्लो समय मैथलानीहरूले राजधानी काठमाडाैँमा पनि मनाउन थालेका छन् ।
पर्व अवधिभर नवविवाहिताले ‘पतिप्रेम बढोस्’ र ‘पतिप्रति आदरभाव जागोस्’ भन्ने कामना गर्छन् । मधुश्रावणीमा शिव–गौरी, नागपञ्चमी, शिवलीला, श्रवणकुमारको कथा सुनाउने चलन छ ।